July 4, 2009

दौंतरीमा ब्लगर भेला

दुइढुंगा भित्रको चारकुने तरुलका छाउरा छाउरी ढुंगा बिचमा मात्रै नच्याप्पी संसारै भरी छरपस्ट भएर बसेका छन। शिक्षा र संसारको बिकाससंगै उनीहरु पनि आफ्नो बारेमा,देशको बारेमा र संसारकै बारेमा बोल्न, आफ्ना भावना प्रश्तुत गर्न ब्लगर भएर उदाएका छन। ब्लगरहरु आफ्ना रोजाइ,भोगाइ र आफ्नै समयको कठघरामा समेटीएका बिचारहरु बिध्धुतिय अन्तरजालोमा निस्वार्थ बांड्दै हुनुहुन्छ। यसरी हरेक कुनामा रहनु भएका ब्लगरहरुलाइ दौंतरीमा ब्लग भित्र ब्लग स्तम्भमा बोलाएर परिचय गराउने जमर्को गर्दै आएका छौं। यो त केबल एउटा सानो पाइला मात्र हो्। सानो पाइलाले उचित सरहाना पाए पक्कै पनि त्यसले ठुलो यात्राको सुनिश्चिता प्रदान गर्दछ।

समय मिल्दा बिशेष गरी सप्ताहअन्तमा दौतरी जिमेल च्याट,दौतरी फेसबुक र दौतरी साउट बक्समा समय बिताउने गर्दछु। आज ब्लगर दिलीप आचार्यसंग भेट भयो। कुरै कुरामा उहांले सोध्नु भयो दौतरीमा के नया आउदै छ? उखान टुक्का पछि त्यस्तो केही नया छैन भने। आफुलाइ अलि असजिलो महशुस भयो। केही नया पन दिन पाए त हुन्थ्यो। अनि साउट बक्सको कुरा गर्यों। साउट बक्स धेरै ब्लगरले मन पराएको कुरा पनि उठ्यो। मैले तुरुन्तै भने यही साउट बक्समा महिनाको एक पटक सबै ब्लगर मिलेर गफ गरे कसो होला? उहांले यो कुरा निकै मन पराउनुभयो। मलाइ पनि यसो गर्दा दौंतरी साउट बक्समा संसारका हरेक कुनामा बस्ने ब्लगरहरुले आपसमा कुरा राख्ने गज्जबको ठाउं होला जस्तो लाग्यो। यस प्रकारको ब्लगर भेलाले पक्कै पनि केही नया कुरा सिक्ने सिकाउने अबसर प्रदान गर्नेछ। मिती र समय त एकिन गरेको छैन तर अंग्रेजी महिनाको हरेक अन्तिम अमेरीकी शुक्रबार राती ११ बाट १ ( नेपालको शनिबार बिहान ११ बाट १ - समय रिफ्रेसन्स चाही नेपालको समय राखौं है) राख्दा उचित होला जस्तो लागेको छ।

साउट बक्स तल राखिए जस्तै तर दौतरीको मुख्य पृष्ठमा ब्लगर भेलाको समयमा अली ठुलो हुनेछ जुन पटक पटक आफै रिफ्रेस हुनेछ। अब यो बिचार कस्तो लाग्यो ब्लगर मित्रहरु जानकारी गराउनुहोस है?




8 Comments:

नेपालियन said...

दिलीप जी ले भनेको कुरा सही हो। त्यसैले उक्त समयमा दौतरीको पेज भरी नै आउने गरे चाट बक्स रहनेछ। त्यसो गर्दा पढ्न नभ्याइला जस्तो लाग्दैन।
सबै एकै समयमा दौतरीमा भेला हुने र यो च्याट बक्समा कुरा गर्ने। त्यो बेलामा च्याट बक्सको साइज पनि अली ठुलो पार्ने जस्ले गर्दा धेरैले टाइप गर्न र पढ्न मिलोस।

कृष्णपक्ष said...

ब्लगरहरुलाइ नजिक ल्याउने यो पक्कै नया शुरुवात हो, मलाइ पनि यो बिचार खुब मन पर्यो। ल मेरो पनि सहभागिता रहने भो ब्लगर भेलामा।

हुन त भेला मै पनि बिषयहरु उठ्न सक्छन, तैपनि शुरुमै यो महिना यो बिषयमा छलफल गरिने भनेर टपिक राखे प्रस्तुत हुन सजिलो हुने थियो होला।

Yumesh Pulami said...

लौ शुभ समाचार ! गजबको इडिया !! छलफल गरिने बिसय बस्तु र समय मिलाउन चाहि अलिक गाह्रो पर्ला की?

नेपालियन said...

सहि भन्नुभयो। समय एउटै,सरिकहुने संसारभरी बाट। तर समय त एउटै रोज्नुपर्यो। त्यसैले नेपाली टाइम रिफ्रेन्स राखेको हुं। लेखमा भने जस्तै अंग्रेजी महिनाको हरेक अन्तिम अमेरीकी शुक्रबार राती ११ बाट १ ( नेपालको शनिबार बिहान ११ बाट १ - समय रिफ्रेसन्स चाही नेपालको समय राखौं है) ।
भने पछी अब आने भेला शुक्रबार जुलाइ ३१ राती ११ बाट १ अमेरीकी सेन्ट्रल टाइम,नेपाली समय अगस्ट १ शनिबार बिहान १०बाट १२ पर्नेभयो।

archana said...

ma pani chhu hai.

दूर्जेय चेतना said...

गजब तरिका ल। म पनि आउने छु सके सम्म।

पीजी said...

लौ आउंछु भन्ने कि आउंदिन भन्ने ! आफ्नो त झण्डै झण्डै ओछ्यानमा हुने समय परेछ । एकदम राम्रो बिचार हो है keep it up!

Unknown said...

कैलेकाहिँ त मौका पक्कै मिल्छ होला भेलामा सामेल हुने ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !