July 20, 2009

थाहा छ ? सगरमाथा नेपालमा नपर्ने रहेछ नि !


(वायां तर्फको फोटो गुगल अर्थबाट लिएको हो भने दायांतर्फको फोटो गुगल म्यापबाट लिइएको हो । वायांतर्फको फोटोमा पहेंलो रंगको रेखाले सिमाना छुट्याएको छ जसमा सगरमाथाको चुचुरो चीनतर्फ पारेको छ । दायांतर्फको फोटोमा सेतो रेखाले सिमाना छुट्याएको छ जसमा सगरमाथा नेपालतर्फ देखाएको छ । आशा गरौं हाम्रो सगरमाथा नेपालमै छ र रहनेछ । - ZH)

नेपालमा हर्दम बहस चल्ने गरेको छ : सीमा मिचियो अतिक्रमण भयो । बोर्डरका खम्बाहरू सार्ने भारतीय सीमा सुरक्षाबल र भूसर्वेक्षणका नोकरशाहहरूले भारतको सीमालाई नेपालको अन्तर्गर्भमा घुसाउँदै बेलाबखत नेपालमा राष्ट्रवादको सडकनाटक मञ्चनमा सघाउँदै आएका छन् । केही समयको तमासा पछि भलै ती कुरा बिर्सिएकै किन नहोस् । तर मैले अहिले चर्चा गर्न खोजेको विषय भने नेपालको उत्तरी सीमा मिचिएको कुरा हो । त्यसभन्दा ठूलो चिन्ताको कुरो के रह्यो भने , हामीले नेपालको गौरव ठान्ने गरेको विश्वको सबैभन्दा अग्लो हिमाली शीखर सगरमाथा पूरै चीनमा पर्छ भनी गरिएको चीनिया दावाको कुरा हो ।

जर्ज एभरेष्टले भू सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शीखर यही हो भनी पत्ता लगाउञ्जेल यो हिमाल पूरा नेपालमा पर्थ्यो । स्थानीय भाषामा चोमोलोङ्मा भनी चिनिने यो संसारको शीर रूपी टाकुरालाई पछि नेपाली इतिहासकार बाबुराम आचार्यले हामीले अहिले बोल्ने गरेको 'सगरमाथा' नाम दिए । लामो समय नेपालको पूरै स्वामित्वमा रहेको यो सर्वोच्च टाकुरा धर्म गुरू दलाई
लामाको तिब्बतमाथि चीनिया कम्युनिष्ट नेता माओत्सेतुङको नेतृत्वमा रहेको रेड आर्मीको अतिक्रमण संगै विवादास्पद बनाइयो । तिब्बत अधीनस्थ पारेपछि पूरै सगरमाथा आफ्नो हो भन्ने दावा चिनले गरिरह्यो । तर पछि प्रधानमन्त्री वि पी कोईरालाका पालामा वि.सं. २०१६ सालमा नेपाल र चीनले सहमति गरी सगरमाथा सीमामा स्थित शीखर रहेको र यसको दक्षिणी मोहडा नेपाल र उत्तरी मोहडा चीनको हुने गरी सहमति भएको भन्ने कुरा मैले कुनै इतिहासको पुस्तकमा पढेको सम्झना छ । अहिले पर्यन्त पर्वतारोहीहरूलाई सगरमाथा चढ्न दिइने अनुमतिमा उत्तरतिर चीनले र दक्षिण मोहडामा नेपालको जिम्मा हुने गरेको छ । तर बेलाबखत सगरमाथा चढ्न चाहने बिदेशीहरूलाई नेपालले दिने अनुमतिमा चीनले निश्चित आग्रह नराखेको भने हैन । पछिल्लो समयमा तिब्बतमा ओलम्पिक टर्च लैजाने बेलामा , नेपालतिरको मोहडाबाट सगरमाथाआरोहण गर्न पनि चीनीया आग्रहमा नेपालले केही समय प्रतिबन्ध लगाइकै थियो ।

तर विश्वप्रसिद्द गूगल अर्थको पछिल्लो भर्सनको भुउपग्रहीय तस्वीर तथा तल उद्धरण गरिएको उत्तिकै प्रसिद्ध विकिपेडियाको वाक्यांश सारले स्पष्ट रूपमा सगरमाथा माथि नेपाली स्वामित्व नरहेको प्रष्ट पारेको छ । स्मरण रहोस् गूगलले चीनमा सरकारको पूर्ण अनुमतिमा मात्र काम गर्ने गरी कार्यरत रहनुपर्छ । गूगल अर्थले नेपालपट्टि पर्ने सगरमाथा आधार शिविर र खुम्बु ग्लेसियरको केही भाग बाहेक दक्षिणी मोहडाको सम्पूर्ण पहाडसहित सगरमाथाको ९०% भागलाई स्पष्ट रूपमा चीनको सीमा भित्र पारेको छ । कुनै जमानासम्म संसारकै लुप्त मुलुक मानिने तिब्बतको बाटो भएर सगरमाथा चढ्ने पर्वतारोही नहुनाले नेपाली बाटोको प्रचलित रूटका कारण मात्र नेपालतर्फबाट सगरमाथा आरोहीलाई सजिलोको लागि बाटो छोडिदिएर नेपालका लागि अलिकति पर्वतारोहण रोयल्टीको जोहो जुटाइदिन चीनले दया देखाएको अर्थ लाग्छ यो नक्शा हेरेपछि ।

यो कुरा पनि साँचो हो कि चीनिया पाठ्यपुस्तकहरूमा माउण्ट एभरेष्ट पूरै चीनको हो भनेर नै पढाइन्छ । यो कुरालाई सहन सकिन्छ होला किनभने हामीले यो हाम्रो हो भनेर पढेका हुन्छौँ । तर यो कुराको मतलब त चाइनिज नबुझ्ने नेपालीलाई हुने कुरा पनि भएन होला !

तल उद्धृत विकिपेडियाको अनुच्छेदले भने सगरमाथालाई नेपालको सगरमाथा अञ्चल र चीनको तिब्बत बीचको नो म्यान्स ल्याणडतिर पर्ने गरी लेखेको रहेछ । गूगलले सीमा सम्बन्धी कुरामा चीनको अनुमति नपाई म्यापिङ र सीमाङ्कनको कुरा प्रकाशित गर्‍यो होला भन्ने मान्न पनि सकिन्न । कुनै बेला सिंगै रहेको हाम्रो सगरमाथा कालान्तरमा आधा हुँदै पूरै उता गइसकेको हो भने त अब हामीसंग गर्व गर्न पर्ने कुरा नै के रह्यो र ? शक्तिसम्पन्न राष्ट्रले दयामायाले छोडिदिए त ठिकै हो , तर भूउपग्रहीय मापनमा नै उता परेको लेखोट र अरू पनि कृत्रिम अभिलेख सहित चीनियाहरूले भोलि सम्पूर्ण सगरमाथाको स्वामित्वको दावा गरेछन् भने पनि हामीसंग के जवाफ हुने होला र, त्वं शरणं बाहेक ? फेरि हाम्रो विश्वास पनि गजबको छ नि भारतले दु:ख दिँदा हामी सोच्छौँ त्लेयो भारतले नदिए चीनले पेट्रोल र मट्टितेलको धारो हाम्रा घरघरमा ल्याइदिन्छ रे भनेर । वास्तवमा हिमालपारिका ५० औँ हजार हेक्टर हिमाली भूभाग र हिजोका नेपाली चौँरी चरनहरू आज उत्तरी भेगका पशुपालक किसानबाट छिनिँदा पनि हाम्रो राष्ट्रवाद अन्तै एकोरिहेको जस्तो छ । आक्कल झुक्लमा चिनिया सीमा यता उता गर्नु पर्ने नेपालीले चीनिया सुरक्षाबलबाट खेप्नु परेका दुर्दसाका कहानीका लागि यो सन्दर्भ अनुकुल पनि नहोला । दुई देशको बीचको तरूल बढेर ठूलो हुने कता हो कता यहाँ त ढुंगा बढेर तरूल चेप्टिने क्रम बढेको छ र चट्टानको अजस्र थिचाइमा तरूलको अस्तित्व कता हो कता हुने भैसकेको छ ।

नेपाली राष्ट्रवादको कुरामा दक्षिण , पश्चिम , र पूर्वी सीमा मिचिएका क्रन्दनमा हाम्रो अस्मिता र परिचय बोकेको हिमाल र अझ त्यसको गौरव पताका सगरमाथा अर्कै मुलुकमा परेको कुरामा हाम्रो राष्ट्रवादी व्याख्या कस्तो रूपमा आउने हो मलाई थाहा छैन । तर राष्ट्रका प्वाँख यसरी जटायूका सदृश ठुट्टिँदै जाँदा , हामी कतै अतीतको गौरवमा मात्र रमाउने अस्थिकंकाल रूपी नेपाललाई रुँगेर बस्न वाध्य निरिह नेपालीको रूपमा घटुवा हुँदै त छैनौँ ?


एकपटक गूगल अर्थमा सगरमाथा खोजेर हेर्नूस् त । नेपालमा नै रहेछ भने खुशी सहित खबर गर्नुहोला है त ।

विकिपिडियाको यो अग्रलेख पढ्नुहोस् :

http://en.wikipedia.org/wiki/Mt_everest

Mount Everest – also called Sagarmāthā (Nepali: सगरमाथा), Chomolungma or Qomolangma (Tibetan: ཇོ་མོ་གླང་མ) or Zhumulangma (Chinese: 珠穆朗玛峰 Zhūmùlǎngmǎ Fēng) – is the highest mountain on Earth, as measured by the height above sea level of its summit, 8,848 metres (29,029 ft). The mountain, which is part of the Himalaya range in Asia, is located on the border between Sagarmatha Zone, Nepal, and Tibet, China.





21 Comments:

प्रबिण थापा said...

एकलब्य जि! खोइ के भनौ? भारत बुद्ध हाम्रो देशमा जन्मेका हुन भन्छ र लाजै नमानि, कालापानि,सुस्ता हुँदै दाङ सम्म अतिक्रमण गर्न आइपुग्छ, चाइना चौरि चर्न दिनहु जाने माने भञ्ज्याङ् जस्ता नाकाहरुमा काँडेतर लगाएर सगरमाथा सबै हाम्रो भन्ने प्रमाण बटुल्दै छ तपाई हाम्रा हुतिहारा नेता भनाउदाहरु आन्दोलन, सत्ता र भत्तामा लुछाचुडि गरेर बसेका छन, देशको अस्तित्व माथि धावा बोल्नेहरुसग लोलेपोते मिलाउदै सबै बुझेर पनि नबुझे झै गर्दै छन्, राश्ट्रप्रति माया गर्ने नेपालि जनतामा अशिक्षा र अभाबले सहि सुचना उपलब्ध हुन सकिरहेको छैन।
तपाइले भनेजस्तै बढ्नु पर्ने तरुल नबढेर दुई ढुङगा बढ्दै छन तरुल चेप्टिदै छ।देश देश चलाऊने ड्राइभर गतिलो नभएपछि अघी वा पछि सम्भाब्य दुर्घटना निश्चित नै छ, तर आशा गरौ अब नेपाली धर्तिलाइ माया गर्ने नेपाली आमाका सन्तानहरुको हातमा देशको स्टेरिन पर्नेछ र त्यो सम्भबित दुर्घटना बेहोर्नबात नेपल र नेपलि जोगिनेछन।
जय देश !

Biplab said...

It is a good idea to find about our boarder. But do we really have documentations of all of your boarders?
Any expert's idea please!

पीजी said...

बेलाबखतमा यो विकिपेडियाले यस्तै जथाभावी लेख्छ त्यही भएर अनुसन्धानहरुमा (मलाइ थाहा भए सम्म) यसलाई स्रोत र आधार बनाउन पाइदैन । यो विवरण त अझ चपाएर लेखेको रहेछ । पढ्दा प्रष्ट हुन्छ विकिपेडियाले सगरमाथा नेपालमा पर्छ भन्न चाहदैन । होला mountain range बोर्डरमा छ होला तर सगरमाथा चुचुरो नेपालमा छ भन्ने कुरा त अझै पनि आधिकारिक रुपमा सबैले मानिआएकै छन र चीनले पनि हैन भनेको छैन त्यसैले विकिपेडियाले कुरो नचपाइकन सिधै लेखिदिए हुनेथियो ।

अनि गुगल अर्थले चाही अलि बढ्तै गरेछ, हुन त भोलि होइन यो स्केम्याटिक रेखांकन हो भन्ला तर रेखांकन गर्दा पनि सानो देखेर नेपाललाई पेल्ने त भएन नि! अनि यो गुगलमा जथाभावी ठाउंको नाम लेख्ने युजरहरुले पनि सगरमाथालाई १० वटा बनाइदिएछन ।

नेपालियन said...

हाम्रो सिमाना सायद राम्रोसंग लेखिएको छैन होला या हामी खासै वास्ता गर्दैनौं। त्यसैले अहिलेको जमाना पनि हामी यता मिच्चियो र उता मिच्चियो भनेर चिच्चाउदैन बस्नु परेको छ।

हैन अरु देशमा पनि यस्तै हुन्छ कि क्या हो? यत्रो अमेरिका तल मेक्सिको छ मैले त त्यस्तो बिबाद सुनेको छैन। क्यानाडा र अमेरिका पनि त्यस्तरी जोडिएका छन तर केही समाचार आएको छैन।

साच्चै नाप,नक्सा सम्बन्धी ज्ञान हुने साथीहरुलाइ थाहा होला अरुकोमा यस्तो रडाको सुनिदैन किन हाम्रै नेपालमा यस्तो हुने गर्छ?
बिकीपिडिया त जस्ले लेखे पनि हुन्छ । गुगलले के गर्न खोजेको मैले बुझिन। तर बिडम्बना उत्तरी भाग त चिनमा पर्छ चुचुरो पनि मलाइ शंकै लाग्छ नेपालमा पर्छ कि पर्दैन।

ठरकि दादा said...

देशका नेताहरु मस्त छन, उनीहरुलाई त देशको सिमा रेखाका भन्दा पनि आ-आफ्नो "प्रदेश" को बढी चिन्ता छ ।

सीमाविद र यहि कार्यकालागी भत्ता खाएर बस्नेहरु, कहिल्यै 'फ्रन्ट' मा आएर बोल्दैनन्, यस्तो बेलामा बस्ती- बस्ती मिच्ने आँट छिमेकीलाई बढ्दै गएको छ भने यो त "लेखेको" मात्रै न हो !

हुन त माथी जिरो आवरजीले भनि सक्नु भयो यसको जानकारीलाई "अथेन्टिक' रुपमा लिईदैन भनेर, तर यो विकिपिडिया त सबैले सम्पादन गर्न मिल्छ भने हामी आफैले किन सहि सुचना त्यसमा नराख्ने??

केहि सहि तथ्याकं खोजेर आफैं यसलाई ईडिट गर्नु पर्यो अब !

Shiva Prakash said...

एउटा देश छ…
सीमाना हराएको देश …
भित्रभित्रै दुःखिरहेछ
एउटा नागरिक छ,
सीमान खोज्दै आफ्नो देशको
कतै बसेर भित्रभित्रै रोइरहेछ !
(सीमाना हराएको देशबाट)
nepalimanharu.com
अब हुँदाहुँदै भागलपुरे र भोटे हरूले नेपालै थिएन, यो सबै हाम्रो हो भनेर भन्न बेर छैन । त्यसको कसरत गराउँदैछन् नेपालमा केही अपराधी समूह र राजनीतिक पार्टी हैन पाटीका नाउँबाट । देशको विखण्डन गराएर हत्याउँन !

पीजी said...

चिनियाहरुले स्कुलमा सगरमाथाको बारेमा के भनेर पढ्दा रहेछन, के सांच्चै भारतीयहरुले जस्तै आफ्नै हो भनेर पढ्छन होला त भन्ने कौतुहलका साथ आज मैले एकजना चाइनिज मित्रलाई सोधेको थिएं उनलाई सगरमाथाको बारेमा के थाहा छ र स्कुलमा सगरमाथाको बारेमा के पढेका रहेछन भनेर ।

मेरो प्रश्न रउनको उत्तर जस्ताको तस्तै :
प्रश्न : संसारको सबै भन्दा अग्लो चुचुरोको थाहा छ कुन हो ?
उत्तर : एभरेष्ट

प्रश्न : एभरेष्ट कहां छ ?
उत्तर: तिब्बतमा,

प्रश्न : तिमिहरु तिब्बतमा छ भन्ने मान्छौ ?
उत्तर : यो नेपाल र तिब्बतको सिमानामा पर्छ, चीनको दक्षीण र नेपालको उत्तरमा । चीनतर्फबाट चढ्न गार्हो छ र दक्षीणतिरबाट चढ्न सजिल छ ।

प्रश्न : तिमीहरु स्कुलमा एभरेष्ट कहां पर्छ भनेर पढ्छौ ?
उत्तर : तिबत र नेपालो सिमानामा छ भनेर पढ्छौं ।

प्रश्न : चीनको हो भनेर त पढेनौ ?
उत्तर : अहं ।

र उनलाई मेरो कम्पलिमेन्ट थियो : हामी त सगरमाथा नेपालमा छ भनेर पढ्छौं, यसको चुचुरो नेपालमा छ । अनि तिमिलाई थाहा छ भारतीयहरु सगरमाथा भारतमा छ भनेर पढ्छन ।

उनको कमेन्ट : oh...how can they say this...its too far from India.

नेपालियन said...

ल हेर जरो आउरजी संग चिनीयाले नेपालीमै गफ गरेछ। लास्टमा मात्रै oh...how can they say this...its too far from India भनेर अंग्रेजीमा बोलेछ. गफ गर्दा चिनीया त घुसाएन ........

पीजी said...

कुरा अंग्रेजीमै भाको हो है । भाव जस्ताको तस्तै होस भनेर मात्र अन्तिम वाक्य अंग्रेजीमा दिएको ।

नत्र नेपालमा बस्ने चिनियाले त राम्रोसंग नेपाली बोल्दैनन भने उसले कहांबाट बोलोस बिचरा ।

नेपालमा हुंदा एउटा चिनिया थियो ४-५ वर्ष देखि नेपालमा बसेको, उसले भुत, वर्तमान र भविष्य सबैलाई एउटै tense मा बोल्थ्यो । जस्तोकि मैले हिजो त्यो रेष्टुरेन्टमा खाना खाएको थिएं भन्नलाई उसले "मैले हिजो त्यो रेष्टोरेन्टमा खान्छु छ " अहिले खान्छु वा भोलि खानेछु भन्नलाई पनि " अहिले खान्छु छ, भोलि खान्छु छ" भन्थ्यो । अंग्रेजी नआए पनि जान्छु छ, खान्छु छ, गर्छु छ भन्ने सिमित नेपाली भाषा ज्ञान कै भरमा चाइनिज बस, कुलिङ प्लान्ट जस्ता करौंडौको कारोवार गरेको थियो ।

एकलव्य ( Eklavya) said...

नेपालको परराष्ट्र मामिला र चीन प्रति हाम्रो मिथक सोचका बारेमा आजको कान्तिपुरको विचार विश्लेषणमा सौरभले राम्रो लेख लेखेका छन् ,पठनीय छ । सौरभका लेख क्लिष्ट छन् तर तिनको रेफ्रेन्स, एल्यूजनस् र एशोसिएसनलाई बुझ्दा , नेपालीमा कलम चलाउने मध्येका एकजना सबैभन्दा धेरै ज्ञान बोकेका लेखकको रूपमा मैले टानेको छु ।

माथि जिरो आवरजीले भनेको कुरामा सच्चाइ छ । हान जातिका चीनीया मुख्य जातीहरू जो पूर्वी र उत्तर मेनल्याण्नडका तटिय प्रदेशमा घना वसोवास गर्छन् , तिनिहरूका लागि तिब्बत र सिनजियानले त्यति माने राख्दैनन् जति ताइवान, हङकङ, संघाइ वा सिंगापुरले राख्छन् । वर्तमान पुस्ताका चीनीयाहरूलाई आर्थि रूपमा सफल हुन र राष्ट्रवादी बन्न जोड दिएर सिकाइन्छ तर कम्युनिष्ट नै बन्न सिकाइन्न । किनभने १,२ करोड को संख्यामा रहेन कम्युनिष्ट पार्टीका सक्रिय सदस्यहरू जो राज्यको स्थायी सरकार हुन तिनिहरूको छनोट,प्रशिक्षण र जिम्मेवारिको कुरा वाल्यकालदेखिनै पार्टीको मुख्य संयन्त्रले निश्चित गरिराखेको हुन्छ ।

जहाँसम्म सगरमाथाको दावा सम्बन्धको कुरा छ , यो आधा त उहिल्यै उताको भैसकेको भनिएकै छ र नेपालको उत्तरको अष्पष्ट सीमानामा यो उतै हराएको वा परेको देखिएको छ , पछिल्लो समयमा गूगल अर्थले पनि यो देखायो । तर सामरिक रुपले तिब्बतको राजनीतिक तरलता र विवादका कारण अनि उत्तरी मोहडाबाट सगरमाथा चढ्ने कठिनाइ बीच , अधिकांश तल्लो तह नेपाल छिचोलेर चढान गर्नु पर्ने हुनाले सगरमाथाको पपुलर रूट नेपाल तिरै बाट रहनसक्ला , तर यहाँनेर सम्झिनु पर्ने कुरा के हो भने शीखरको चूचूरो मात्र सीमा पारि देखिनुको अभीष्ट के हुन
सक्ला । साथै लेखको सार के पनि हो भने सगरमाथा मात्र हैन , दक्षिणी सीमा मिचिएको कोलहालमा उत्तरको बञ्जर हिमाल उच्च समस्थलि वा हिमाल पारिका पठारहरूको अस्तित्व नदारद बनेको छ ।

जीरो आवरजिले भने जस्तो , चीनिया भाषामा क्रियापदको काल हाम्रो नेपालीमा जस्तो छुट्टिने खालको हुने रहेनछ । त्यसैले उनीहरू समय बताउने क्रियाविशेषण वा समयबोधकको प्रयोग गरी बोल्ने गर्छन् । जस्तै सामन्य चीनीयाहरूले बोल्ने अंग्रेजी यस्तो हुन्छ:

I go there yesterday. म त्यहाँ हिजो गएँ
He give me this already. मलाई उसले यो दिइसक्यो
He never come . ऊ आएन

Biplab said...

I can not stop laughing after reading this.
I go there yesterday. म त्यहाँ हिजो गएँ
He give me this already. मलाई उसले यो दिइसक्यो
He never come . ऊ आएन

No Name Brand said...

http://dandibiyo.blogspot.com/2009/02/mount-everest-in-google-map.html

about google map and everest.

नेपालियन said...

चिनीया ब्याकरण अनौठो रहेछ। व्याकरण सजिलो भए पनि भाषा त निकै अप्ठ्यारो पो हुन्छ। काममा हितेसी एक चिनीया मित्र थिए उनी भएको भए सोध्न हुन्थ्यो।

दिलीप आचार्य जी चिनीया भाषामा दख्खल हुनुहुन्छ, केही बताइदिए हुनेथियो?

खासमा उत्तरी भाग चिनमा पर्ने, टाकुरो र दक्षीणी भाग नेपालमा पर्ने भए नेपाली किताबमा पनि त्यसै गरी लेखिनु पर्छ। माउन्ट एभरेस्ट भारतको उत्तरमा पर्छ भनेर त मैले थुप्रै पटक भारतीय पुस्तकमा पढेको छु। उनीहरुलाइ गौतम बुद्द जन्मेको ठाउं,माउन्ट एभरेस्ट सबै भारतमै पर्छ भनेर पढाइदो रहेछ।

Dilip Acharya said...

यो आलेख पढे देखी नै केहि बिचारहरु आएका थिए (सबै कुरा लेखे, मूल लेख भन्दा कमेण्ट लामो हुने देखेर नलेखेको हो-- अब छोटकरीमा लेख्‍ने प्रयाश गर्दैछु ।

पहिला सगरमाथाको कुरा । हामीहरु चिनमा पढने ताका, चिनमा मेडिसीन वा ईन्जिनियरीङका बिषयहरु पनि चिनिया भाषामै पढाईने हुनाले जेसुकै पढ्न जानेहरुलाई पनि पहिला एक बर्ष भाषा पढाईन्थ्यो ।

ईन्जिनियरीङ पढ्नेहरुको भाषा तयारी पाठ्य सामाग्रीमा एक ठाउँमा "सगरमाथा चिन र नेपालको सिमानामा पर्छ" भन्ने लेखिएकोले हरेक साल नेपाली भएको कक्षामा सो पाठ पढने बेलामा सधैं विवाद भएपछि कलेजमा पछिका बर्षहरुमा नेपाली भएका कक्षामा सो पाठ नै नपढाउने नियम बस्यो ।

त्यो बाहेक चिनमा रहेका अधिकांश नागरिकहरु पनि यसलाई नेपाल र चिनको 'सिमा स्तम्भ' भएको सोच्छन ।

धेरै पहिला कतै पढेको थीएँ, महेन्द्रको पालामा माओले सगरमाथा भन्दा पछाडी पनि नेपालको क्षेत्र रहेको कुरा बोलेको बारेमा । तर आजकल नेपालका ठूला ठूला नेताहरु चिन भ्रमणमा जाँदा समकक्षी चिनीया नेताले "हाम्रा दुई देशको सम्बन्ध हाम्रै सिमामा रहेको हिमाल जस्तै अटल छ" भन्ने गर्छन र हामी सुन्नेको मनमा चिसो पर्दा पनि हाम्रा नेताहरु 'टोष्ट' प्रस्ताबलाई साथ दिएर मग्न देखिन्छन ( यस्तो घटना टेलीभिजनमा मैले नै पनि केहि पटक देखेको छु)
------------------------------------------------

अब थोर‍-बहुत चिनिया भाषाको व्याकरणको कुरा । सबैभन्दा सुरुमा एउटा घटना बाँडौं है !। म दोस्रो बर्षमा प्रवेश गरेपछि एकजना नया शिक्षक हामीललाई पढाउन आएका थीए । उनले पहिलो दिनमा नै कक्षामा प्रवेश गरेपछि " चिनिया भाषामा 'ग्रामर' छैन, तर म तपाईहरुको ग्रामर टिचर हुँ" भनेका थीए । यो एक वाक्यले सायद धेरै कुरा बोल्छ ।

ठट्टाको हिसमाबमा सो कुरा व्यक्त गरीएपनि चिनिया भाषामा ग्रामर नै नभएको भने होईन । तर हाम्रो आफ्नो भाषा वा अंग्रेजीमा जस्तो 'टेन्स' वा कालसंगै भर्ब परिवर्तन हुँदैन र उदाहरणको लागी 'go, went, gone' जे भन्न पनि एउटै शब्द हुन्छ । त्यस्तै 'खानु, खायो, खाएको' वा देख्‍नु देख्यो देखेको लाई पनि एक-एक शब्द मात्रै छन । यो कमेण्टमा सबैकुरा राख्न सम्भव छैन मिलेमा कुनै दिन एउटा सानो पोष्ट नै लेखौंला यो बारेमा . तर चिनिया भाषामा अक्षर लेख्‍नै 'पहाड' भएको अबस्थामा यो व्याकरण पनि त्यस्तै गाह्रो भएको भए त पढ्नेलाई त मुश्कील नै हुन्थ्यो नी ।

सायद अक्षर गाह्रो भएकोले व्यालेन्स गर्न ग्रामर चाही सजिलो राखीएको होला :) !!!

पुष्प said...

यस्तो संवेदनशील विषयमा नेपाल र चीन सरकारको ध्यानाकर्षण गराउन एउटा 'क्याम्पेन' गर्ने हो कि ?

पुष्प said...

प्राविधिक कारणवश गुगल अर्थ त हेर्न सकिनँ । तर गुगल म्यापको यो लिंक मा हेर्नुस्, सगरमाथा नेपालमै छ ।

पीजी said...

पुष्पजीले दिएको लिंकमा हेर्दा त गुगल म्यापले सगरमाथा प्रष्ट रुपमा नेपालतर्फ नै देखाएको रहेछ तर गुगल अर्थमा चाहीं त्यस्तो छैन । कमेन्ट बक्समा म्याप राख्न नमिल्ने भएकोले म्यापलाई माथि एकलव्यजीको लेखको तल राखिदिएको छु ।

Prajwol said...

I don't think Google maps has the survey grade accuracy. The raster satellite images and the vector Country Boundary layer might be slightly off, this is not new in the field of GIS and Remote Sensing. These maps give rough ideas, तर गुगल म्यापकै भर परि क्षेत्रफल को विबाद गर्न मिल्दैन जस्तो लाग्छ ।

सगरमाथा के लाई भन्ने ? चुचुरोलाई कि फेद देखी को पुरै structure लाई । चुचुरोलाई मात्र भन्ने हो भने त यो नेपालमा नै छ भन्ने अन्तराष्ट्रिय मान्यता छ होला, तर फेद देखी कुरा गर्ने भए चांही पुरै नेपालको भनि हाल्न अली मिल्दैन कि?

Anonymous said...

Damn I am not agree with this post how Dare you post this? Never ever say that Mt. EVEREST is not ours Dang post.

Biplab said...

Like or not it is the fact. Mt Everest is along the border and northern part is controlled by China. Don't show your Gorkhe Ego, just use common sense and right knowledge.

HAWA said...

मैले सुनेको हामी ईण्डियनहरु चुतिया हुन्छन भन्ने गर्छौ तर चिनिया हरु झन चुतिया हुन्छन रे

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !