July 8, 2009

नियमित छ सधैं अनियमितता

शिव प्रकाश

नियमित छ सधैं
अनियमितता
अनियमित छ सधैं
नियमितता,
अनियमितताभित्रै
नियमित चलेको छ
त्यो मेरो देशको
शासन व्यवस्था !

राष्ट्रिय खेलको
नियम हो एउटा
अनियमितता
त्यो मेरो देशको,
प्रिय खेल हो त्यो
दौरा सुरुवाल लाउने
त्यो मेरो देशका
खेलाडीहरुको !

सौभाग्य हो
सधैं अपराजित हुनु
ति हाम्रा खेलाडीहरुको,
दूर्भाग्य हो
सधैं आफैंसँग
आफैं पराजित हुनु
त्यो मेरो देशको !
(अश्रृंगार कविता अभियान‌‌‌ ‌‌‌‌‌‌‌..........)


5 Comments:

एकलव्य ( Eklavya) said...

'दौरा सुरुवाल लाउने
त्यो मेरो देशका
खेलाडीहरुको !'

किन, दौरा सुरुवाल बहिस्कार गरेकाहरूलाई त बियोण्ड द डाउट बनाउन खोज्यो नि कविताले !

शच्दहरूको गोलचक्करमा कविता बनेको रहेछ । राम्रो लाग्यो । अश्रृङ्गार कविता 'शैलि' वा 'सार' मध्ये कताबाट कसरी हुन पुगेको होला ? यो नया काव्यिक आन्दोलन नै हो कि !

तर, अक्सर कविता भन्दा माथिल्लो कोटिको योगदानका लागि धन्यवाद !

प्रबिण थापा said...

nice keep on continue.
lau naya aandolan ta hunai paryo ni harek kshetrama suruwat garnu bhayachha saghaune aihalchhan aghi pachhi hehe!

नेपालियन said...

पहिलो हरफ छ नि, त्यो त पक्का हाम्रै देशको ब्याख्या गर्छ।
नियमित छ सधैं
अनियमितता
अनियमित छ सधैं
नियमितता,
अनियमितताभित्रै
नियमित चलेको छ
त्यो मेरो देशको
शासन व्यवस्था !
यो डेमोक्रेजी भर्सन २ पर्यो। भर्सन २ चाही झोकतन्त्र हो क्यार।

Anonymous said...

nice veri nise keep on shiva dai .
ashok

Shiva Prakash said...

नमस्ते मित्रहरू,
एकलव्यजी, छोटकरीमा भन्नुपर्दा कवितामा श्रृंगारका नाउँमा पिँधमा लिपिष्टिक घसेजस्तो जथाभावी र अनावश्यक रूपमा थोपरिन थालेका शव्दका बोझबाट कवितालाइ बचाएर, कविताको भावलाइ मर्न नदिइ कवितालाइ शुद्द कविताका रूपमा प्रस्तुत गर्ने प्रयास हो मेरो यो अश्रृंगार अभियानको ।
ए प्रविणजी,
तपाइँले पनि सधाउनु परो नि हैन र !
नेपोलियनजी,
तपाइँको उत्तरआधुनिक प्रतिकृयाका साधुवाद है मित्र !
Anonymous भाइलाइ पनि साधुवादमा सहभागी गराएको छु ।
धन्यवाद है मित्रहरू फेरी एकपटक ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !