July 24, 2009

गाउँखाने कथा - २५ (Nepali Gau Khane Katha)

सधै जसो सप्ताहअन्तमा नेपाली लोकचलनमा चर्चित गाउँखाने कथा लिएर हाजिर भएको छु।

मलाई काटे दुख्छ,तंलाई काटे दख्तैन।

यो गाउंखाने कथाको उत्तर पत्ता लगाएर गाउ माग्नुहोस।


4 Comments:

Dilip Acharya said...

नङ काटेको !

नेपालियन said...

ल दिलीप जी आइपुग्नू भएछ गाउं नै खाने कथामा। बिहान बिहान चिया सित गाउं पनि खाने सुर छ जस्तो छ नि ;)

Dilip Acharya said...

नेपालियन जी,

भनेपछि मिल्यो कि क्या हो :)

चिया खाने हैन मेरो त अब झोली तुम्बा भिरेर तपाईले भने जस्तै 'टारे भिर' लाग्ने बेला भैसक्यो ।

नेपालियन said...

ल ल राम्रो संग जोत्नुहोला।
आज सांझ घर फर्कने बेलामा भिपी संग केही बेर भलाकुसारी गर्ने मेसो मिलेको थियो। के छ भन्थ्यो। मैले भने हाम्रा गाम तिर असारमा यस्तो लुते आत्तुरी हुन्छ कि सु गर्ने पनि समय हुदैन, हाम्रो काममा बारै मासा यस्तो हुन्छ भनेको हास्दै के भन्छ "सो द्याट मस्ट बि लाइक मेकिगं फ्यान" पो भन्छ। मलाइ सारै घत लाग्यो। अब भन्नुहोला के फ्यानको कुरा गर्छ भनेर। मेरो काम नै फ्यान डिजाइन गर्ने हो के।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !