June 29, 2009

हामीमा क्रुरता पुगेन रे

हाम्रो प्यारो नेपाल,सुन्दर शान्त बिशाल त अब पूस्तकमा पनि पढ्न पाइन्न की? अब जस्लाइ शनक चल्यो त्यही गर्ने चलन छ, साच्चै भन्नु पर्दा भोली के हुन्छ नेपालमा पशुपतीनाथलाइ पनि थाहा छैन,मैले किटेर नै भने। नेपाली समाचार साइट चाहारेर समाचार सुन्दा एकादेशमा भएको घटना जस्तो लाग्छ। दिन दुगुना रात चौगुनाको दरले घटनाक्रमले फट्को मार्छन। एउटा हुल भेला हुन्छन,तिनीहरुको माग तिनीहरुलाइ नै थाहा हुन्न। अनी तिनीहरुको लिडर कसैलाइ पत्तो हुन्न। कोही बिदेशीको हात भन्छन कोही प्रतीगमनको हात भन्छन,हुन त को हो तर हात चाही बलियो नै रहेछ। त्यो बलियो हातले बदमासहरुलाइ २,४ थप्पड लगाएर केही सबक सिकाय कस्तो हुन्थ्यो होला?

हुल र जमात कै कुरा गर्दा हाल सालै समाचार छापामा छाएको कुरा गर्न मन लाग्यो। नेपालमा म्रित्युदण्ड चाहियो रे। शुरुमा मृत्युदण्डको कुरा साझामा देखें। लाग्यो कुन चाही बियरले मातेर साझामा हौवा फिजाउदै छ। त्यस पछि केही ब्लगहरुमा देखे। लाग्यो हावा त लागेकै रहैछ र पो पात हल्दिंदै छ। तर सोचें कुन नया नेपालका ठेकदार रहेछन मृत्युदण्डको वकालत गर्ने। साच्चै भन्नु पर्दा आजकाल आफुलाइ नया नेपालको गोठालो जस्तो लाग्छ। नया नेपाल मेरो लागी कालो अक्षर भैसी बराबर छ। कांग्रेस एमालेले २०४७ मा संबिधान बनाए। अहिले संबिधान सभाको चुनाव गराएर तिनै पून नया संबिधान बनाउन कस्सिएका छन। धरोधर्म यो किस्ताबन्दी रुपमा संबिधान किन बनाइन्छ मैले बुझेको भए मार्दिउं। तर यो किस्ता बन्दी संबिधान कुनै बेलाका बम्पर योजना जस्तै भएको छ। बम्पर उपाहारको टिकेट बेचेर चिठ्ठा नै नखोली फरार भए जस्तै नेताहरु संबिधान नै नबनाइ हराउलान जस्तो छ। अब यो म्रत्युदण्डको वकालत गर्ने हुलले चाही के गर्ने हो कुन्नी ?


गएको आइतबार एक जना मित्रको बिहेमा जन्ती जाने मौका मिल्यो। बेहुला बेहुली जगिएमा ब्यस्त भए पछि एउटा कुनामा सानो जमात बनाएर हामीलाइ गफमा ब्यस्त तुलायौं। गफ के १० मिनेट अगाडी बढेको थियो, मेरै छेउका मित्र कुर्लिए नेपालमा मृत्युदण्ड चाहिन्छ। भगवानको क्रिपा पनि ठुलै रहेछ। नेपालमा म्रित्युदण्डको मागलाइ हौवा मान्ने म मेरै अगाडी मृत्युदण्ड माग गर्ने नया नेपालका एक मिस्त्रीको दर्शन मिल्यो। तिनी मिस्त्रीलाइ शिर देखी पाउसम्म हेरें। खेरौ छला भएका लिखुरे अनि पेट पूक्क बहिर निक्लेको नेपाली नभए पनि नेपाली नै देखिने ५ फुट ५ इन्चका मर्द खडा थिए। लाग्छ मृत्युदण्ड माग्ने जुलुशबाट टपक्क टिपेर कसैले जन्त पठाए जस्तो।

मेरै सामिप्यमा भएका मित्रको बेकुफ दर्शन सुन्दा मैले सिधै भने,नो नो नो नो नो। तपाइ मान्छे भएर अमान्छे कुरा गर्दै हुनुहुन्छ। कसैको जिबन लिने तपाइसंग केही अधिकार छैन। उनीले मेरो बोली काटे,ख्याती जस्तो एउटा निर्दोष बिध्धार्थीलाइ क्रुरतापूर्बक मार्नेलाइ मृत्युदण्ड चाहिन्छ। प्रजातन्त्रको नं एक देश अमेरिका मै हेरौं न। उनले सिधै आफ्नो बिचारको बलियो दलिन तेर्साय। मेरो छेउको अर्का मित्रे भने ओबामाले २३ वटा गलत मृत्युदण्ड सच्चाएको तपाइला थाहा छ? ति नया नेपालका मिस्त्री चुप लागे। मैले तिनीलाइ सिधै भने उपेन्द्र महतोको बाउ राम आशिस महतोले १५ बर्षकी नानीलाइ हातपात गर्दा प्रहरी प्रशासनले बचाएर लुकाउंदा केही नबोल्ने अनि ख्याती श्रेष्ठलाइ मार्दा मृत्युदण्ड चाहिने? भएको कानुन लागु गर्नुछैन तपाइ कसरी नया कानुन पालनाको ग्यारेन्टी गर्नुहुन्छ? कहीं एउटा मान्छेको लागी नया कानुन बनाउने पनि काइदा हो? तपाइको घरमा खाना छैन चामलको बन्दोबस्त गर्नुहोस मासुखाने सपना त्यागीदिनुहोस,मैले यसरी नै भने।

यिनी नया नेपालका पक्का मिस्त्री रहेछन,उनीले मृत्युदण्डको बलियो आब्श्यक्ता त भनेनन तर अब नेपालमा मृत्युदण्ड चाहिन्छ चाहिन्छ भनेर दो्र्हाए। नया नेपालको एक गोठालो म अबाक भएं। के गर्न,उनको पनि एकै भोट हो मेरो पनि एकै भोट हो। उनीले नया बिचार दिए मैले दिइन। नया नेपालमा सुनुवाइ उनकै बढ्ता हुन्छ किनकी उनकै बोलीमा नयापन छ।

आमजनताले के भन्छन कुन्नी। तर आमजनताको चाहानाको त मतलब कांहा छ र? पार्टीका टाउकेले जे चाह्यो त्यो नै आमजनताको चाहना हुन्छ। हेरौं यो मृत्युदण्डको माग कता पुग्छ?यदी नेपालमा मृत्युदण्डको शुरुवात गरे त्यो केबल आफ्नो बिरोधीको सफाया गर्ने माध्यम बन्नेछ।



2 Comments:

पीजी said...

ती सज्जनलाई थाहा हुनु पर्ने सभ्य समाज तर्फ उन्मुख मान्छेहरु मृत्यदण्डको संसारबाट अपराध मुक्त संसार तर्फ उन्मुख हुन्छन । तर उनी हामीलाई अपराध मुक्त संसारबाट मृत्यदण्ड सहितको अपराधी संसार तिर डोर्याउंदै छन । ख्यातिलाई मार्नेलाई मृत्यदण्ड दिंदा कसैले पनि हुदैन भनेर भन्ने छैन । तर जनकारवाही र सफाया गर्नेहरुको हातमा कानुन पुग्यो भने मृत्यदण्ड पाउनेहरुको चयन कसले र कसरी गर्ने? भ्रष्ट पुलिस र नेताहरुको हालीमुहाली चल्दा चोर सजायमुक्त बनेर बाहिर हिड्ने र सोझा व्यक्ति समेत न्याय किन्न नसक्ने अवस्था र प्रमाणको अभावमा दोषी बनेर झुण्डिनु पर्ने अवस्था आयो भने? मृत्यदण्ड हैन अपराधमुक्त समाज बनाऔं जो १०-१५ वर्ष अगाडि हाम्रै देशमा थियो ।

ठरकि दादा said...

क्षणीक आवेसमा आउँदा गरीने कुरा र सोचेर गरीने कुरा सधैं फरक हुन्छन र हुनुपर्छ पनि ।

तर जे जसो गरे पनि 'दीन नसकीने कुरा' लिनु पनि हुँदैन । तपाईको अन्तीम लाईनले यसको सम्भाबी खतरनाक औचित्यलाई संकेत गरीसकेको छ:

यदी नेपालमा मृत्युदण्डको शुरुवात गरे त्यो केबल आफ्नो बिरोधीको सफाया गर्ने माध्यम बन्नेछ ।

अनि पाण्डाजीको तर्क पनि एकदमै सहि छ। न्याय किन बेच हुने ठाँउमा यस्तो कानून बन्यो भने के हुन्छ ?। एउटै मुद्दामा परेका मतियार थुनीई रहदाँ हाम्रा देशका एकजना पहुँचवाला पत्रकार खुल्ला हावामा घुमीरहेको त हामी सबैले देखेकै हो । भोली यस्तै ताल रहे, अपराधि खर्च गरेर उम्कीन्छ भने सोझो मान्छे भने कसैको बलीको बोको बनेर झुण्डीनु नपर्ला भन्न सकिन्न ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !