June 9, 2009

म भूल हुँ

आचार्य प्रभा
(अमेरिका )
म भूल हुँ सुधार्न सक्छौ
पुरानो गल्बन्दिको धागो हुँ
उधारेर नयाँ स्वरूप दिन सक्छौ ....,
कहाँ मैले भनेकी छु र ?
म सदाबहार छु भनेर
कहाँ मैले हठ गरेकी छु र ?
म सदा सर्वदा जायज छु भनेर ,
म फूल हुँ बास्ना लिन सक्छौ
म... पत्कर पनि हुँ
कुल्चेर हिँड्न पनि सक्छौ /
कहाँ म गर्वित छु र ?
केवल फूल्नुको अर्थमा,
कहाँ म रमेकी छु र ?
बास्ना छर्नुको औचित्यमा ........./
म शूल हुँ ,
पंछाएर हिँड्न पनि सक्छौ
म पुरानो घाउको खाटा हुँ
उप्काएर फाल्न पनि सक्छौ /
कहाँ मैले सोचेकि छु र ?
म कोमलताको प्रतीक मात्र हुँ भनेर
कहाँ म निश्चिन्त छु र ?
सधैं तिम्रो अभीष्ट्मा अटाउछु भनेर
समग्रमा मेरो ........
इेक्षा,आशा, हार्दिकता यही हो
म भूल हुँ ,
सुधार्न सक्छौ ,
म.......जे हुँ,जस्तो हुँ
नयाँ आकार दिन सक्छौ /




6 Comments:

HAWA said...

प्रभा जी, तपाईं को कविता पढेपछि एउटा पुरानो गीत सम्झे:

म माहुरी हू राधा तिमी आप मन्जरी हौ
तर हैन म निसाना तिमी धारि खान्जरी हौ

acharya prabha said...

ho yastai yaad ra samjhanaa batulnako laagi nai kehi lekhinchha ni.

Anonymous said...

waiyaat, sab copy ani paste...waiyatko ad...
nepali
nepal

Anonymous said...

Are you the same person who wrote 'Yatru' (a poem in Sardulabikridita chhanda, published by Student Union, Bharatpur, Chitwan for about 15-16 years ago?

Sharad
Hawaii

Shiva Prakash said...

प्रभाजी
"मान्छेमात्र हैन, फूल पनि भूल हो !"

acharya prabha said...

shiva prakash ji,dautarima tapailaai pauda khushi laagyo,yo bisauni hamro ho yaha hamro sadhai bhet hunu parchha hai?jasle je bhanos.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !