June 12, 2009

तीन लघुकथा - पार्टी र लोकतन्त्र

आँफ्नै पार्टीको विचार र व्यवहारमा मर्न मार्न कसम खाएका आफ्ना प्राइभेट सेनाको सुरक्षित घेरामा एउटा मुठीलाई उर्ध्वगामी आकाशतर्फ जोडदार रूपमा प्रहार गर्दै शक्तिखोर कामरेडले आदेश भावमा भन्नुभो, नागरिक सर्वोच्चता लागि छापामारले बिद्रोहको नेतृत्व गर्नुपर्छ ।

***********************************************************************

लोकतन्त्रको पर्याय आँफ्नो दलमात्र रहेको दावा गर्ने एउटा खलिपाक ( भेटेरान) नेताले खल्तिबाट पुत्रीको नाम लेखिएको कागत देखाउँदै केन्द्रीय समीतिका सदस्यहरू सामू भन्नुभो , ' यसको बिरोध गर्नेहरू लोकतन्त्रको कलिलो मुनामा एसिड खन्याउनेहरू हुन' ।

***********************************************************************

लोकतन्त्रको आधार निर्वाचन भएता पनि , आँफू निर्वाचनमा खडा भएका सबै स्थानबाट पराजित एकजना पाका मध्यमार्गी नेताको नेतृत्वमा सरकार गठन गर्दै मुलुकको भीडन्त उन्मुख लोकतन्त्रको उद्दार गर्नु पर्ने निर्णय गरियो । लोकतन्त्रमा कसैले हार्दैन !

************************************************************************

6 Comments:

सेरोफेरो said...

Good one! Lets talk about others too!

Dilip Acharya said...

वाह!!एकदमै सटिक । चार लाईनमा देशै दर्शाईदिनु भयो । (यो भन्दा लामो कमेण्ट नलेखौं क्यार --फेरी कथा भन्दा लामो हुन्छ :)

प्रबिण थापा said...

nice!

Unknown said...

अहा ! क्या धारिलो छोटो कथा ।

Basanta said...

सटीक! ठ्याक्कै मर्ममै प्रहार गर्ने!

नेपालियन said...

लोकतन्त्रमा कसैले हार्दैन !
हो क्यारे। अनी त सबैले बाडचूड पाइन्छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !