June 3, 2009

सत्य

शेखर ढुङेल
०६-०२-२००९
आबरण मात्र राम्रो हो
भित्र भद्रगोल छ
कतै आक्रोस कतै बिद्रोह
त्यो होइन
जो देखिन्छ
मनमा उ छैन
जो दिमाग ले बोल्छ
आबरण मात्र राम्रो हो
हाँसो क्रितिम
छाती कुढिएको छ
दु:ख छैन आशुमा
ठट्टा भरिएको छ
कठोर बोली भित्र
मन पगाल्ने
आशु लुकेको छ
लामो सुस्केरा
सपना छ रहर छ
दिन र रात यहाँ
फरक भन्न मुस्किल छ
आबरण मात्र राम्रो हो
कतै उन्मान्द
कतै बित्रिष्णा छ
बिचित्र चमत्कार
लक्ष्य अन्धकार छ
लोभ्याउने लेबल भित्र
तितो ओखती भरे झै
आबरण मात्र राम्रो हो
अगाडि बढ्ने सपना भित्र
बिबेक बन्धकि परेको छ
ठेल मठेल तमासा मात्र
देख्दा र भोग्दा को
मानिश बिलकुल फरक छ


2 Comments:

Luna said...

बुझ्न् चै निक्कै गार्हो भो
तापनी
शब्द शब्द प्यारो भो ----
( लेखिरहनुहोस् ! निरन्तरताको शुभ कामना हिर्दय देखी नै । )

प्रबिण थापा said...

nice poem

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !