June 26, 2009

के हामी भ्यागुता नै हौ ?, भेडा नै हौ ?

हामी नेपालीहरुको खुट्टा तान्ने प्रबृतीको एउटा सानो कथा नै बनेको छ कि भ्यागुता को उपमा , धेरै लाई थाहा पनि भएको त्यो कथा साच्चीकै चोटिलो सत्य साबित भएको छ । हाम्रो खोटो नियतले प्रत्यक ब्यक्ती प्रभाबित भएको छ । तर उधाहरण बनेर सच्चिएको कोही छैन ।

कथा को सस्मरण 'अमेरिका ले बिशेष उदेश्यका लागि नेपाल लगायत भारत , बगलादेश बाट भ्यागुता आयात गर्दो रहेछ । अन्य देश बाट टोकरी लाई जालीले टम्म मुख बढी पठाउदा पनि दुई चार जहिले पनि कमी हुने तर नेपाल बाट भने बिना जाली ले बाधि पठाउदा पनि एक भ्यागुता तल माथि नपर्ने । अमेरिकिहरु छक्कै परे रे, ह्वाट्स फनि ..... जब खोजी निती गरेछन पत्ता लागेछ कि ' बङाली , भारतीय भ्यागुताहरु जो टोकरी को तल्लो भागमा परेका हुन्थे, भन्दा रहेछन जा उम्की ज्यान बच्चा भन्दै तल बाट घचेट्दै जाली बाट उम्काइ दिदा रहेछन '' नेपाली भ्यागुता भने ए हामी चाँही मर्ने त भने ज्यान बचाउन भागेर मोज गर्ने ? भाग्लास भनी एक ले अर्का को खुट्टा समातेर अमेरिका पुग्दा रहेछन ''

ल हेर्नुस यो भ्यागुता को किस्सा सत्य हो कि होइन ? , कहिल्यै हामीले अरुको भलो चितायौं ? , यो मेरो हक नलाग्ने चिज मा दावा गर्दिन भन्यौं ?, हामी कहिल्यै सकारात्मक बन्यौ ?, हामी ले कहिल्यै सार्वजनिक जीवन मा आफ्नो गल्ती स्वुकार्यौ ?, हामीले आफ्नो उत्तर दायित्व प्रती सजग भै जिम्मीवारि निभायौ ?, आफु सित सम्बन्ध नभएको कुरामा टाढा बस्ने बानी बसायौ ?, अरुको हक खोस्न हुन्न भन्ने सोच बनायौ ? , अरु लाई अनाहक मा दु:ख दिनु हुन्न भन्ने बिबेक प्रयोग गर्यौ ?, अरु को बिस्वासिलो कसरी बन्ने भन्ने सोच्यौ ? मेरो कारण ले अरु ले दु:ख नपाउन भन्ने व्यबहार गर्यौ ?

दिन प्रती दिन नेपाल मा बढ्दै गएको अकल्पनिय त्रास , हत्या , लुट पाट , हिसा , असान्ती र अब्यबस्था को जिम्मेवार हामी सबै हौ कि नेता मात्र ?, अरु लाई दोष दिन छाडेर आफ्नो उत्तर दायित्व महसुस गर्ने कहिले ?, अरु ले लुटे लुट्नै पर्ने ?, अरु ले काटे काट्नै पर्ने ?, अरु ले बन्द गरे बन्द गर्नै पर्ने ?, कसै ले लडाए उस्लाई लडाउन नै पर्ने ? ,नराम्रो को सिको गर्ने राम्रो को सिको गर्न नै नपर्ने ?, यो भ्यागुता र भेडा को प्रबृति बाट नेपाली समाजले मुक्ती पाउने कहिले ?



2 Comments:

ठरकि दादा said...

भ्यागुताको कथा त गज्जब रहेछ, होला-होला जस्तै !
तपाईको "के हामी भ्यागुता नै हौ ?, भेडा नै हौ ?" भन्ने प्रश्नको जबाफ 'होईन'भन्दा ठाडो झूठ बोल्नु पर्छ, 'हो' भन्न पनि मनले मानेन बढो जटिल प्रश्‍न गर्नु भयो त !

Anonymous said...

नेपालीहरु भ्यागुता चाँही होईनन् तर भेडा चाँहि अवश्य नै हुन है । भ्यागुता जसरी सधैं एकै ठाउँमा बसि नराखेर आ-आफ्ना बुद्धि चाँहि तिखारेका छन् तर तिखारेको बुद्धिलाई काहि लगानी नगरेर अर्काले जे भन्यो त्यै गरेर भेडा चाँहि बनेका छन् । राम्रो काम गर्न पाँच जना अघि सरे भने ति पाँच जना बाहेक अरु कसैले साथ दिदैनन् तर बन्द हडताल आदि गर्न पाँच जना अघि सरे भने तिनीहरुको पछाडि पाँच सय जना अरु विना काम लाग्छन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !