June 10, 2009

गाउँखाने कथा - १८ (पुरस्कार स्पेशल ) (Nepali Gau Khane Katha)

अपडेट:
गाउँखाने कथा १८ को उत्तर मिलाउने तथा उत्तर मिलाउन प्रयास गर्ने सबै दौतरीहरुलाइ धेरै धैरै धन्यबाद।

सुजनजी ले जलरी बा अर्ग बाट दूध चढाएको भन्नु भयो भने प्रजवलजी ले बादलबाट पानी बर्सेको भन्नुभयो।
बिप्लबजीले इन्द्रेणी भनेर ठुकुवा गर्नुभयो भने क्षितिज जी ले झरी परेको भन्नुभयो।
गाउँखाने कथा १८ को उत्तर मिलाएर दौतरीका लेखक तथा गितकार शेखर ढुंगेलको गिती सिडी “सम्झना” प्राप्त गर्नुभएको छ प्रज्वल जी ले। उहांलाइ धेरै धेरै बधाइ। प्रज्वल जी चाढै नै दौंतरीको जिमेल ठेगानामा ([email protected] )सम्पर्क गर्नुहोस र पुरसकार हात पार्ने मेसो गर्नुहोला।


बिनापाउको पर्वत चढ्यो, बिनाथुनकी गाइ;
बिनाहातको दूध दियो, बिनामुन्टो च्याई।



यो गाउं खाने कथाको उत्तर पत्ता लगाउने पहिलो पाठक बनेर दौतरीका लेखक तथा गितकार शेखर ढुंगेलको गिती सिडी “सम्झना” प्राप्त गर्नुहोस।


8 Comments:

बिप्लब said...

कती गर्हो उत्तर?

Unknown said...

जलरी वा अर्ग बाट दूध चढाएको !

नेपालियन said...

यस पटक त डबल उपाहार पो भयो। एउटा गाउं त भइहाल्यो अब अर्को शेखरी जी को गिती एल्बम।
गित राम्रा निकै राम्रा छन। मौकामा चौका हानिहालैम है दौतरी मित्रहरु।

Prajwol said...

बादलबाट पानी बर्सेको

BTW, Shipping and handling को कस्तो ब्यबस्था छ नि ;)

बिप्लब said...

पक्का पनि इन्द्रेणी हो। ल सिडी मलाइ पठाउनु पर्यो सर।

क्षितिज said...

झरी परेको

नेपालियन said...

प्रज्वल जी गितको सिडी छिटै हुलाकीले घरमै ल्याइदिनेछन।
जस्को नाम उस्को हात, बिचमा खोले माहापाप रे क्या। यस्तै लेखिन्छ क्यारे नेपाली चिठ्ठीहरुमा।
सिडी दिनुहुने शेखर जी लाइ धेरै धेरै धन्यबाद।

Prajwol said...

धन्यवाद नेपालियन जि र समस्त दौंतरी परिवार :)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !