अरुले झै आकाशको तारा गन्न सकिन
सँगै जिउछु भनेपनी सँगै मर्छु भन्न सकिन
तिमीलाई चोट लाग्द मलाई दुख्छ भनी
एेया भन्दै नाटक गरी कन्न सकिन
सत्यताको पछी पछी यथार्थमा दौडिरहे
तिमीले जस्तै झुट बोल्न धन्न सकिन
रुखो सार्हो बोल्ने म त छुच्चो मान्छे
त्यही हुनाले तिम्रो राम्रो बन्न सकिन
सम्झिएर पुराना घाऊ आक्रोसले जलेपनी
बैगुनिलाई पुर्ने खाडल खन्न सकिन



3 Comments:
सत्यताको पछी पछी यथार्थमा दौडिरहे
तिमीले जस्तै झुट बोल्न धन्न सकिन
wow prabin heart touch one .
keep it up
सुरुमै खोटको लगाम लगाएर तपाईँलाई तान्ने भएँ प्रवीण जी । गजलमा संरचनाको साँगुरो 'महला'बाहेक गेयात्मकता यसको प्राण हो भन्ने त हामीलाई थाहा नै छ । तर यस गजलमा पहिलो सेर (मतला) मै ढुङ्गा बिझ्यो । मात्रा अथवा अक्षरगन्तीमा रहेको ठूलो खाडल वाचन गर्दा नै महसुस गर्न सकिन्छ । कहिलेकाहीँ मात्रामा एकाध बढीघटीको अवस्था हुँदा पनि नपचाइने होइन, त्यस बेला गजलको सहज वहाब, शब्दछनोटमा सटीकताले त्यस्तो खाडल पुर्ने गर्छ, तर सधैँ भने होइन । अरू ठाउँमा पनि यस गजललाई चिरिच्याट्ट गर्ने ठाउँ निकै छन्, शब्द संयोजन तथा अदलबदल र किफायती मुख्य कुरा हो ।
"सत्यताको पछि पछि यथार्थमा दौडिरहेँ
तिमीले जस्तै झुट बोल्न धन्न सकिनँ ।"
यो सेरले भने मोहनी लगायो । काफियाको मीठो प्रयोग छ । शालीनताको जगमा उभिएर मजाले चाबुक हान्नुभएको छ ।
"सम्झिएर पुराना घाउ आक्रोशले जले पनि
बैगुनीलाई पुर्ने खाडल खन्न सकिनँ ।"
यो चाहिँ अलि भयङ्कर सुनियो है !
अन्यथा लिनुहुनेछैन प्रवीणजी । तपाईँको गजल-यात्राको सुखद् भविष्यको लागि कामना !
धाइबा जी! तपाईंहरुको सल्लाहा सुझाब ले त मेरो बिरामी गजलको औषधी उपचार गर्छ, मलाइ शितलताको अनुभुति दिन्छ, अझै राम्रो सिर्जनाम समर्पित हुने उर्जा दिन्छ त्यसैले अन्यथा लिने कुरै भएन बरु तपाई प्रति आभारि छु।
यो पहिलो शेर, शब्द चयन मा पक्कै नमिलेकै हो मलाई पनि अप्ठ्यारो लागि लागि पोस्ट गरेको थिए अब तपाइको सुझबले भने केहि बेर घोत्लेर भएपनि काटछाट गरेर मिलाउनु पर्ला भन्ने लागेको छ र आगामि दिनमा सुधार तर्फ भरमग्दुर प्रयास मेरो तर्फ बाट हुने छ ।
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !