June 29, 2009

दौंतरी यात्रा र एक हजारौं पोष्ट

अपडेट: दौंतरीमा १००० औं पोष्ट छापियो ।

यस पटक केहि कुरा दौंतरीकै बारेमा लेख्‍न मन लाग्यो ।

२००७ को अक्टोबर महिनाको कुरा हो, साझामा विविध विषयमा छलफल हुँदा-हुँदै, अचानक केहि दौंतरीहरुलाई, यो अरुले लेखेको कुरामा नकारात्मक कमेण्ट गरेर र यसो भएन वा त्यसो भएन भनेर दोष दिनु भन्दा आफैंले पनि सकारात्मक शुरुवात लिएर केहि गरौं भन्ने जोस आयो । हुन पनि हो, गलत कार्यको विरोध गर्नेमै सेलाउने उर्जालाई आफैं सहि कार्यमा खर्चनु भन्दा रचनात्मक कुरा अरु कुनै थिएन र छैन पनि ।

अनी त्यो सकारत्मक शुरुवातकोलागि जोस्याउने र जोस्सीनेमा आफू पनि परेकोले करिव करिव शुरु देखी नै दौंतरीमा जानी-नजानी आफ्नो कलम चलाउँदै आएको छु ।

रमाईलो कुरा के भने, ब्लग शुरु गरेपछि भने साझामा भेटीने साथीहरु को कता हुनुहुन्छ र के कस्तो क्षेत्रमा सामेल हुनुहुन्छ भन्ने एक-आपसमा पनि कसैलाई थाह नभएकोले शुरुका केहि समय सर-सल्लाह र विचार आदान-प्रदान गर्न अलिकता अलमल पनि भयो । त्यत्तिकैमा नेपालियनजीले अक्टोबर ७ मा Welcome शीर्षकको पहिलो टाँसो टाँसेर दौंतरीको शुरुवात गरिदिनु भयो र म लगाएत साझामा वहसमा सामेल हुने सबै साथिहरुलाई दौंतरीमा लेख्‍न निम्तो पनि पठाउनु भयो । मेरो व्यक्तिगत कुरा गर्ने हो भने दौंतरी जन्मेको दोश्रो दिन अर्थात अक्टोबर ८ मा मेरो पहिलो पोष्ट स्वतन्त्रता र स्वछन्दता दौंतरीमा टाँसीएको थियो ।

गएको सप्ताहअन्तमा चाहिने भन्दा बढि फुर्सद भएकोले करिब २ बर्ष पहिला छापिएका शुरुवातका केहि पोष्टहरु पढें, पुराना यादहरु ताजा भए र निक्कै रमाईलो पनि लाग्यो। अचानक मेरो ध्यान पोष्टको संख्यामा गयो, त्यतिबेला दौंतरीमा छापीई सकेका पोष्टको संख्या ९५० भन्दा बढि भैसकेका थिए । हुन त संख्या मात्रै प्रगतीको सूचक हैन, तर यो विचार आदान- प्रदानको श्रृखंला, यो पोष्ट छापीदाँसम्मको हिसाब गर्ने हो भने ९६९ हुनेछ, जुन आशलाग्दो कुरा भने पक्कै पनि हो नै ।

संसारभरी छरिएर रहेका र देशलाई माया गर्ने नेपालीहरुको साझा अभिव्यक्तिको स्थल बनाउने सोचका साथ शुरु गरिएको यो ब्लगले गर्नु पर्ने धेरै बाँकि छ र यसका अगाडि चुनौतीहरु पनि छन। तर कुनै वाद विशेष वा गुटको लागि नलेख्‍ने र समष्टीमा नेपालीहरुको साझा अभिव्यक्तिको थलो बन्ने हिसाबमा प्रतेक दिन ५०० जना भन्दा बढि आगन्तुको आगमन हुनुलाई पनि मैले भने शुरुवाती शुभ सूचककै रुपमा लिएको छु ।

पोष्ट लेखीने र छापिने औसत दरलाई हेर्ने हो भने आजको करिव तीन हप्ताको अबधिमा दौंतरीले १००० पोष्ट नाघ्ने छ । सो को गन्ती गर्न आजैबाट मैले साईडबारमा एउटा सानो ‘दौंतरी कोसे ढुङगा’ भन्ने सूचकांङ्क राखेको छु, हेर्दै गर्नुहोला । अन्य दौतरी साथीहरु र कमेण्ट मात्रै लेख्‍ने वा पढ्ने मात्रै साथीहरुलाई पनि आफ्नो बिचार र रचना दौंतरीमा प्रेषीत गर्न म स्वागतका साथ आह्वान गर्छु । शुरुकै पोष्टमा नेपालियनजीले लेख्‍नु भए जस्तै दौंतरी लेख्‍ने र पढ्नेको समुह भएकोले कोहि पनि यसमा संलग्न हुन र बिचार राख्‍न सक्छन ।

दौंतरी १००० पोष्टको संघारमा पुगेको यस घडीमा, यसका सबै सहयात्री साथिहरु र विशेषगरी नेपालियनजीलाई वहाँको अथक परिश्रम र लगनकोलागि म हामी सबैको तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

सम्पूर्ण लेखकवर्ग, सल्लाह सुझाव र कमेण्ट मार्फत मार्ग दर्शन गर्नुहुने पाठकहरुलाई पून एक पटक धन्यवाद भन्दै १००० औं पोष्ट ‘आफ्नो पोष्ट’ बनाउने मौका छोप्न समेत समयमै सूचीत गर्दैछु :)। हेर्दै गर्नुहोस, कसको पोष्ट ‘एक हजारौं पोष्ट’ हुन्छ !!!।



15 Comments:

Prajwol said...

Good job!!!

मलाई त दौंतरी साथी भाई संग बसी चिया पसलमा interaction गरेको झैं लाग्छ । चिया पसलमा बोलेर गरिन्थ्यो यहाँ लेखेर गरिन्छ । शायद दौंतरी मात्र एउटा "for the people,by the people" नेपाली ब्लग होला । सबै बिचारधाराका ले स्वच्छन्द र शिष्ट रुपमा लेख्न पाउने दौंतरीको आभुतपुर्ण model ले संधै सफलता चुम्दै रहोस भन्ने मेरो कामना ।

Aakar said...

बधाई तथा शुभकामना छ है, यसो फुर्सद मिलेको बेला म नि चिहाइरहेको हुन्छु, दौँतरीलाई !

Aakar said...

आफ्नो पोष्टलाई १००० औँ बनाउन झगडा पर्ने हो की ?

ठरकि दादा said...

प्रज्वलजी
सकारात्मक टिप्पणीको लागि धन्यवाद, तपाई हाम्रो प्रयास यहि नै हुनुपर्छ । सबै बिचारधाराले यसमा स्थान पाउन र यो ब्लग सधैं 'क्लिन' रहोस।

आकारजी
१०००औं पोष्ट मेरो, प्रज्वलजीको, तपाईको वा अरु कुनै साथिको भन्दा पनि त्यो १००० औं पोष्ट 'दौंतरी' को हुनेछ र त्यसमा हामी सबैलाई खुशी र गर्व हुनेछ । बरु यहि मौकामा तपाई नै लेख्‍ने कि एउटा पोष्ट :)

सपनासंसार said...

प्रतक्ष्य रुपमा दौतरी चौतारी मा सहभागी हुन नसके पनि म दौतरी चौतारी को सितलता बाट अछुतो चाहीं छैन ! सम्पुर्ण नेपाली जनता को मलम पट्टी बन्न दौंतरी सफल रहोस , यहि शुभकामना !
~सपनासंसार

Anonymous said...

ल बधाई छ... तपाईंको निकटतम प्रतिद्वन्दी म नै हुँ जस्तो लाग्छ...

सन् २१०५ सम्ममा मेरो ब्लगमा नि १००० पोष्ट पुर्याउने लक्ष्य छ ...

HAWA said...

हैन दौतरी मा त अचेल म सधैं जसो नै चिया खान निस्कन्छु दु:खमा न आत्तिनु सुखमा न मात्तिनु

हिमाल _ पारी said...

लु, 1000ओ लेख जस्को हुन्छ वहाँ लाइ अहिले देखि नै शुभकामना र बधाई छ है मेरो ।

नेपालियन said...

पोस्टिगं टास्दै जांदा १००० पुग्न लागेको महशुस गरेको थिए। तर ठरकी दादाले निकै मर्मर्शी पाराले यो लेख लेख्दा निकै भाबुक बन्न पुगें।
बिष मन्थन गर्दा अम्रित निस्कन्छ भन्ने उदाहरण दौतरीले देखाउछ।
दौतरी जन्मदा पैदा भएका उर्जा कती त खेर गए तर दौतरी यात्रामा अन्य मित्रहरुले हातेमालो गरेर उर्जाको कमीहुन दिनुभएन। यात्रा त क्षितज पारी सम्म छ, त्यसैले हातेमालो कायम राख्नु त उत्तीकै महत्वपूर्ण छ ; खुल्ला बिचार र उत्रक्रिष्ठ प्रश्तुतीको लागी दौतरी थप मित्रहरुको सधै पर्खाइमा हुनेछ। for the people,by the people भन्न भावना कायम राख्दै दौतरीको ब्लग चौतारी सधै कायम राख्नुपर्छ तथा निस्पक्ष र खुला बिचार राख्ने स्थान दौतरीमा सुनिश्चित राख्नुपर्छ।
पूराना तथा नया मित्रहरुबाट दौतरीको बारेमा केही सुझाब दिन आग्रह गर्दछु।

Luna said...

i love " Dautari " .
wish u all the best .

Basanta said...

Congratulations Dautari!

प्रबिण थापा said...

love you dautari n all dautari team. congratulation!

Jotare Dhaiba said...

अग्रीम बधाई !
साथै नेपालियनजी लगायत समस्त दौँतरी टिम, दौँतरी लेखक र सहयात्री ब्लगर र पाठक तथा शुभेच्छुक मित्रमा यति गौरवशाली यात्रामा खेलेको भूमिकाको लागि हार्दिक अर्पण गर्दछु मेरो तर्फबाट । बाँकी निरन्तर साथ, सरसल्लाह र सहयात्रा फेरि आगामीद दिनमा पनि पूर्ववत् रहने नै छ ।

वाद, सीमा, क्षेत्र र खास धार्मिक सम्प्रदायबाट मुक्त 'जनताको ब्लग' कायम भइरहने दिशामा दौँतरी लम्किरहन सकोस् । शुभ कामना यसका माउते दाइहरूलाई !

नेपालियन said...

यसमा बधाइका पात्र त हामी सबै हौं नि। साच्चै भन्नु पर्दा दौतरी यांहा सम्म पुर्याउनेको सहयोगीको संख्या सयमा होइन हजारमा छन।
समयले साथ दिए त्यो संख्या लाख पुग्नेछ।

Unknown said...

Dautari, Congratulations !!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !