June 25, 2009

दौंतरीमा नया आयाम - दौंतरी उखान टुक्का

अपडेट: मैले करिब एक हप्ता पहिला दौंतरीको नया आयाम बारेमा कुरा राखेको थिए। प्राय साथीहरुले अनुमान लगाइसक्नु भयो। हरेक हप्ता जस्तो गाउं खाने कथाको प्रस्तुती पछी अब हरेक दिन दौंतरीको छेउमा नया उखान देख्न सक्नुहुनेछ। आफैंले संकलन गरेर दौंतरीकै लागी तयार पारिएको यो उखान टुक्का करिब ४-५ बर्ष सम्म हरेक दिन नया उखान टुक्का पाउनुहुनेछ। तपाइहरु कुनै उखानको माने थाहा नभए च्याट बक्समा सोध्नुहोला। म त्यसको उत्तर दिने प्रयास गर्नेछु या अन्य पाठकको सहयोग माग्नेछु।

उखान टुक्काको आगमन पछि तपाइले पनि नया उखान सिक्ने मौका पाउनुहुनेछ भने आफ्ना केटा केटी लाइ पनि सिकाउन सक्नुहुनेछ। यो प्रस्तुतीले हराउदै गएको नेपाली भाषाका उखानलाइ केही हद सम्म भए पनि जोगाउने छ।

हरेक शुक्रबार गाउं खाने कथालाइ निरन्तरता दिंदै अब देखी हरेक शुक्रबार दौंतरीको ब्यानरमा नेपालको झन्डा पनि पाउनुहुनेछ। आशा छ यस्ले हामी सबैलाइ हरेक शुक्रबार नेपाललाइ माया गर्ने बहाना मिल्नेछ।

------------------------------------------------------------------------------
हिजो बाट दौंतरीमा नौलो तथा नितान्त नया हांगा थपिएको छ। केही नया र केही अमूल्य सामग्री दिने सोच अनुरूप नै यो हांगा थपिएको हो। तपाइहरुले याद गर्नुभएको छ त त्यो कुन हांगा हो? के हो त्यो नया चिज?



8 Comments:

बिप्लब said...

नया आयाम भनेको च्याट बक्स हो? रमाइलो छ च्याट बक्स । तर म आउने समयामा कोही हुदैन जस्तो छ।

Unknown said...

नयाँ आयाम दौतरी ऊखान टुक्का हो ।

sumansudha said...

dautari aagan

sumansudha said...

ukhan tukka po rahechha

प्रबिण थापा said...

ukhan tukka nai ho.
mathi dekhi sakiyo.

Jotare Dhaiba said...

धेरै राम्रो थालनी भएछ । उखान-टुक्काकै सन्दर्भ होला । यसले हाम्रो जनजिब्रोबाट सुक्दै गएको लोकसाहित्य र ग्रामीण विम्बलाई जनसाधारण, र् त्यसमा पनि हामी युवाहरूमाझ उजिल्याएर ताजा बनाइरहनेछ । यो सत्प्रयासलाई सलाम !

ठरकि दादा said...

तपाईको मेहनत र लगलनलाई मेरो सलाम!।

मलाई अहिले तुरुन्तै नेपाली उखान सुनाउनु पर्‍यो भने १० वटा पनि खर्रर याद आउदैन होला (होला हैन आउँदैन नै)। तपाईले ४-५ बर्ष नदोहरीने गरी आउने व्यबस्था गर्नु भएको छ भने पछि, पक्कै पनि दुई हजारको हाराहारीमा उखान संकलन गर्नु भएको छ । जदौ !!!!

शुक्रवार नेपाली झण्डा राख्‍ने बारेमा भने एउटा सानो झण्डा बरु सधैं फर्फराउने गरेरै राख्‍ने कि? ।

म सानो झण्डा खोज्दै छु, नपाए कुनै ठुलोलाई 'सानो' बनाउँला।

Anonymous said...

malai jimmewaree, rajya bebasta , bhagyabad , aatanka adee sita sambandhit ukhan tukka haru chhan bhane email garera padaee dinu bhaye aabharee hune thiye.mero email address: [email protected]

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !