June 5, 2009

शिरबन्दी नअडिने रित्तो केश

सुमन बगाले सुमनसुधा
आँबु खैरेनी तनहुँ
नेफुल्दैमा शेष ठानेछौ
शिर शिरबन्दी नअडिने रित्तो केश ठानेछौ
युद्धकालीन क्षतिग्रस्त नाङगो देश ठानेछौ
खाएका ति कसमहरु पलपलमा बदलियो
तिम्रो स्वार्थ यात्रामा ढुङगे ठेश ठानेछौ
कता कता हराउछु आफैलाइ रित्ताएर
नसुहाउने देश विनाको भेष ठानेछौ
सुकेछ कि हिमनदि भिज्न छाडयो परेली
मबाट टाढिएर दुर रहनु बेश ठानेछौ
मरेतुल्य हुन्छु तिम्रो प्रतिविम्म नआउदामा
शिशिर ॠतुमा नफुल्दैमा शेष ठानेछौ


1 Comments:

प्रबिण थापा said...

सुमन जि ! लौ दरो गयो है कसलाइ हो ? आपत पर्ला जस्तो पो छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !