June 1, 2009

बिन्ती

आचार्य प्रभा
(अमेरिका )

बिन्ती छ है मेरो साथी तिम्रो सामु आइन
खुशी,हर्ष सङाल्नलाइ तिमी कँहा धाइन ...

मनले खोज्छ तिमीलाई सम्झनामा तिमी नै
झुठो बाचा दिनलाई मैले माया लाइन ...

त्रिषित छन नयन मेरा सुकेको छ आँत पनि
तिम्रो जस्तो त्रिष्णा मेट्ने अन्त साथ पाइन ...

तड्पिएरै बाँच्न पर्‍यो ,लेखनी नै यस्तै रैछ
तिम्रो साथ छाड्न लाई कसम मैले खाइन ...



5 Comments:

life in lines said...

कस्तो कस्तो लाग्यो । राम्रो छ तर है ।

Anonymous said...

sadhai advertise jasto, arule padhos napadhos, futta halideko chha, tatto na chaaroko ..ha ha ..
nepali
bhairahawa, nepal

acharya prabha said...

naam nai bhana na babu............kina daraayeko?
timi jasto baristha lekhak hunalaai koshish gareki ni,kahi timile ta padechhau ta ?tyasaile ta hawa jasto laagechha ta napadeko bhaye kasari hawa hunthyo ni?taatto na chharo ta kaane gorulaai aushi na purne haina?

Samyak said...

प्रभाजी ,

तपाईँको कविता। गीत राम्रो छ । माथिका अशुद्दिलाई तलता शुद्द शव्दहरूले परिमार्जन गर्नु होला । मान्यता छ , साहित्य लेख्नेले भाषिक परिष्कृतिलाई अंगिकार गर्नै पर्छ । साहित्यकार बन्ने चाहनालाई भाषिक परिष्कारको जलप मिलेन भने , भावना मात्र बोकेको गाइने गीतमा रूपान्तरण हुन्छ । गाइने गीतको आफ्ने विशिष्ट स्थान छ तर हामी फजूलका सस्ता भावना बोकेका प्रेमिका-संवादका बजारू भावक हुने कि , गाइने गीतकार हुने वा साहित्यकार, कवि , गीतकार, गायक वा गजलकार हुने त्यो छनोट हाम्रो आफ्नो कृतित्व मार्फत हुनुपर्छ । दौँतरी मार्फत प्रकाशित कवि, कविता वा साहित्यानुरागी वा साहित्यकारहरूलाई मेरो विनम्र यही अनुरोध छ । हामीले साहित्यलाई परिष्कृत शुद्द भाषा र भावनाको ताजपोशी प्रदान गर्नु पर्छ । साहित्य त्यति सस्तो र टेबलमा बसेर डिनरसंगै शुरू र अन्त गर्न सकिने हल्का वस्तु बन्नु हुन्न । यहाँ प्रकाशित साहित्यहरू थोरै किन नहुन तर गुणात्मक हुन सकून भन्ने मेरो कामना छ ।

उदाहरणका लागि माथिको ८ लाइनमा , देखिएका ८ वटा सामान्य अशुद्दि निम्न छन् । तर, यहाँ तपाईँले जत्तिको पनि भाषिकतालाई ख्याल गर्ने साहित्यकारहरू यहाँ प्रशस्त छन् । तपाईँ राम्रो कोटिमा नै हुनुहुन्छ ।

विन्ति , सामू ,तृषित, संगाल्न, कहाँ, झूटो,वाचा,तृष्णा


- सम्यक

acharya prabha said...

dhanyabaad sujhauko laagi yastai sujhau ra sallhako apkechhama acharya prabha pratikchhit chha hernu hos na katti kura ta thaha bhayera pani
samayaabhaawle garda tyatikai chhadna baadhya hunu parchha .malai pani yasto kurama jydai sensetive huna man laagchha.ta ra praawidhik kurama pani ma kamjor chhu.ani jahilayai hattar,dar,traasle pani malai ajha kamjor banayeko chha.kaam,kartabya,samaya ra paristhitile pani malai baadheko chha yasaile pani ma aafno kamjorilai kam garna asafal chhu.herau samayko taartamya milauna sake bhane ma awshya aafno galtilaai suljhaaunechhu,dhanyabaad pheri

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !