May 5, 2009

प्रचण्डपथ भनेको जनगणतन्त्रपथ नै हो

मैले पटक पटक ब्लगमा लेख्दै आएको थिएँ, माओबादी जती गुलियो भएर आए पनि उनीहरुको चाहाना भनेको कमिनियुजम नै हो। केही बर्ष पहिले एक माओबादी मित्रबाट उनीहरुको प्लान बारम्बार बु्झ्न मौका मिलेको थियो। उनीहरु मिल्ने, अर्काको ठाँउ ओगट्ने अनि फुट्ने यो माओबादीकको निती हो। घरी गिरीजा परम शत्रु, घरी गिरीजा नेपालकै नायक, घरी भारत मुख्य शत्रू घरी भारत मुख्य नायक, घरी बुलेट घरी ब्यालेट यि सबै प्रचण्डपथ कै कला कौशल हुन। कमिन्युजम भनेर लागेका एमाले कार्यकर्ता तथा बिदेशी शुभचिन्तक एमाले प्रजातान्त्रीक भयो भनेर माओबादीको पूछार समातेका छन। त्यो माओबादीलाइ ठुलो फाइदा हुन गयो। युद्दकालबाट खुला रुपमा आउदा आंट नभएका माओबादी शुभचिन्तक पनि आरामसंग माओबादीमा आबद्द हुन पाए। माओबादी सानो पार्टीबाट अहिलेको पार्टीमा आउनु र पटक पटक बार्ता गर्दै फुटाउनु सबै प्रचण्डपथ अन्तर्गत हो।

अहिले खुला रुपमा आएर अरु पार्टीका कार्यकर्ता समेल्नु पनि उनीहरुकै निती हो। अहिलेको सेनापती काण्ड जती जसरी हेरे पनि बाकि रहेको सेनाको धुधुकी खत्तम पारेर सत्ता कब्जा गर्ने माओबादी दाउ हो भनेर नै आफु खत्तम हुने डरले पार्टीहरुले सेनापती काण्ड समर्थन नगरेका हुन । सबैलाइ लाग्यो होला किन नेपालमा अहिले सरकारमा बसेर पनि माओबादीले गाइजात्रे ताल गरीरहेको छ। उनीहरुको निती हो सरकारबाट गाइजात्रा गर्दै प्रजातान्त्रीक प्रक्रिया फेल गराउने, यता आफ्नो पकड झन बलियो बनाउने। सेना, अर्धसेना र कार्यकर्ताको बलले चारैतिरबाट थिचेर कमिन्युजम ल्याउने। तपाइहरु माओबादीलाइ सहयोग गरेर जती सजिलो अबतरण गराउने सोच्नुहोस, कुकुर आचीतीर दोडिए जस्तै माओबादीका आंखा कमिन्युजम तिर नै हुनेछन। ल हेर्नुहोस त तलको नागरिक पत्रीकाले निकालेको भिडियो, एक देशका प्रधान मन्त्रीले कसरी छापामार शैलीमा कुरा गरेका छन। के साच्चै उनीहरुले नया संबिधान बनाउन चुनाब गरेका रहेछन त?, के माओबादी प्रजातन्त्रसंग आबद्द रहेछन त? , नभन्नुहोस नि यो भिडियो नक्कली हो भनेर।




12 Comments:

पीजी said...

आफ्नो जागिरको लागि अनमिन नामक संयुक्त राष्ट्र संघको शाखाले माओबादिले जे भने पनि हस हजुर भनेको रहेछ र यो काण्डले अनमिनको निरिहता र क्षमता माथि पक्कै प्रश्न उठाउने छ । हुन त संयुक्त राष्ट्र संघ गरीब देशहरुको लागि मात्र हाइ हाइ हो र विकसित देशहरुको लागि एउटा "दान" खाने निरिह संस्था हो ।

यदि प्रचण्डले सत्य कुरा गरेको रहेछन भने देशलाई र दुनियालाई ढांटेका रहेछन, यदि उनले झुठो बोलेका रहेछन भने आफ्ना "छापामार" हरुलाई ढांटेका रहेछन । र ढांट्नु, छलछाम र उपयोग गर र फाल भन्ने सिध्दान्त भनेको नै प्रचण्डपथ रहेछ भन्ने अहिले सम्म देखे भोगेका कुराले प्रष्ट पार्छ।

नारायण गैर्हे said...

कसैको आग्रह, पूर्वाग्रहमा नलागी मैले भर्खर मात्रै भिडियो हेरें:

१) शहिद खेतीमा प्रचण्डलाई गौरब छ, भलै १ लाख नै कन नहोस पैसा आउँछ भने बाँकी ९ लाखको सपना देखाएर अरु शहिद तयार गर्न उनि अग्रसर छन।

२) अर्कोतर्फ फेरी 'ट्रकमा आउने' कुराको पनि चर्चा छ । देशकै ढूकुटी देशबासीलाई शहिद बनाएर आफ्नो अभिष्ट सिद्ध गर्न लगाउने कुरा प्रष्ट देखें ।

३) सम्बिधान सभा हुन नदिने कुरा यसरी गर्देछन मानौं त्यो ने उनिहरुको 'उपलब्धि' हो ।

४) 'भाले' हुने बित्तीकै 'त्यो जाबो' भनेर देशको कानून र सबै सम्झ्यौताहरुलाई भद्दा मजाक बनाएर खिल्ली उडाएका छन ।

५) न पुराना शहिद( जसको तर्फको होस, आखिर नेपालीकै छोरा छोरी हुन) प्रति कुनै आदर छ न कुनै सम्मान, यस्तो कुरामा पनि 'जोकर' को मुद्रामा प्रफुल्लीत भएर कुरा गर्दैछन ।

अन्तिम आफ्नै बारेमा, हुन त म विदेशमा छु, तर पनि माओबादी सरकारमा आए देशमा केहि हुन्छ कि भन्ने आशमा नैतिक समर्थन प्रचण्ड सरकारमा थियो ।

आफ्नै कार्यकर्ता र नेपाली जनताको मृत्यलाई समेत मजाक बनाएर लासको भर्‍याङ चढेर सत्ताकब्जा गर्ने उनको नियत देखेपछि अब आँखा खुलेको छ भन्दा मलाइ ग्लानी भएको छैन। होश खुलेकोमा खुशि लागेको छ।
धन्यवाद्

पोस्तक श्रेष्ठ said...

मैले पनि राजनैतिक सहमति बिमति जे सुकै होस्, यिनलाई एक जना हिम्मतिला नेता ठानेको थिंए तर यिनी त लुटेरा मण्डलीका नाईके जसरी पो बोल्दा रहेछन्।

Rajan said...

राजनीति बुझ्दिन,
लामो कुरा गर्न आँउदैन तर भिडियो हेरेपछि भन्दै छु:

यो त साह्रै नकचरो रै छ ।

पुष्प said...

मज्जाले हँसाउनुभो, माओवादीको चाहना भनेको कम्यूनिज्म हो रे ! दल नै कम्यूनिष्ट भएपछि अरु आशा गरेर हुन्छ ? देशका प्रधानमन्त्रीले छापामार शैलीका कुरा गर्यो रे ! यो भिडियो प्रचण्ड प्रधानमन्त्री हुनुअघिको हो भन्ने कुरा देख्नुभएन ? भिडियोमा प्रष्टरूपमा ०६४ पौष १८ लेख्या छ । अनि प्रचण्डको कुरा सुन्दा पनि यो संविधान सभाअघिको भिडियो हो ।

तर जुनसुकै व्यवस्था आए/ल्याए पनि जनताका पक्षमा काम गरे भइहाल्यो नि ! प्रजातन्त्रको आलाप गरेर देशलाई भ्रष्टाचारको अखाडा बनाउने गिरिजा मण्डली होस् वा माइलाको चाकडी बचाउन खप्पीस माकुनेमण्डली होस् वा राजाको गुलमी गरेर नेपाली जनतालाई चुस्नसम्म चुसेका सूबथामण्डली गतिलो कि त देशको राजश्य वृद्धि गरेर देखाएको प्रचण्डले हाँकेको सरकार ?

अनि अर्को कुरा प्रचण्डपथ भन्ने शब्द माओवादीले समेत परित्याग गरिसकेको अवस्थामा यसबारे चर्चा गर्नुको कुनै तुकजस्तो त लाग्दैन ।

Anonymous said...

राजश्वको कुरा:

हिजो माओवादी लूटेराका कारण देश सन्त्रासमा थियो, तिनैले गर्दा मुलुक हत्या , आतंक, लूट , बिनाश र अराजकता बीच चौपट थियो अनि कसरी उद्योग धन्दा र कलकारखाना चल्न सक्थे र राजश्व उठ्न सक्थ्यो ? जब चोर र डांकाहरू नै सरकारमा आए, तब बस्न खान अलिक सजिलो हुनाले र काम गर्ने वातावरणमा सुधार हुनाले राजश्व उठेको हो । तर, स्वयं आम्दानी घोषणा र कालो धनलाई सेतो बनाउन अनुमति दिएर गरिएको घोषणाले पि राजश्व बढाएको हो । यसमा माओवादी सरकारको खासै योगदान भएको भने हैन ।

अब राजश्वको कुरा गर्दा उठेर मात्र के हुन्छ र ? जब यो उठेको राजश्वबाट २० औँ अरब छापामार, कार्यकर्ता र आफ्ना पार्टी समर्थक लूटेराहरू पोस्न प्रधानमन्त्रीको अध्यक्षतामा आयोग बनाएर लुटाइँदैछ भने राजश्व वृद्दिमा हर्ष कि विस्मात के मान्ने ? जनताले त माओवादी कुशासनको उपहार महंगी, अराजकता, भ्रष्टाचार , आतंक र हिंसा नै त पाएका छन त ।

जहाँसम्म माइलाको चाकडीको कुरा छ, माइलाले सत्ता हडप्दा अब दरबारको चिठी आउने भो आशाले रमाएको त त्यही छविलाल कामरेड त हो नि ।

माओवादीले बने जस्तो मुलुकलाई उत्तरकोरिया बनाउने एजेण्डामा ताली पिट्ने 'पुष्प' जस्ता छापामार दस्तावाल हरूले त यो भिडियोमा खुसी नै हुनेछन् किनभने यो त्यस्तै मान्छेलाई सम्बोधन गरिएर बनेको हो । आफ्नो सक्कली अनुहार देखिएर माओवादी स्वयं किन पो दु:खी होलान र ? यसले दु:खी बनाउने भनेको स्वतन्त्र विचार बोकेका सभ्य नागरिक जसले देशमा लोकतन्त्र र शान्ति चाहन्छन् तिनलाई मात्र हो ।
अत: पुष्पको कुरा उचित छ 'पुष्पकमल' भएर सोच्दा ।

अनाम

Anonymous said...

Anaam g,khu kangreshi paaraamaa gaf didai hunuhnchha ni katai kangresko sarakaar chhadaa chakadi garera thau ma ta pugnu bhako thiana ni.

je hos maobaadi kasto ra kangres amaale kasto ta agaami dinamaa nepali janataale faisalaa garihalchhan ni.- Sanu

पोस्तक श्रेष्ठ said...

....आगामी दिनमा नेपाली जनताले फैसला गरिहाल्छन नि।

धेरै कुरो अघिल्लो वक्ताले भनिसक्नु भयो, बांकी कुरो पछी बोल्नेले भन्नु हुनेछ। मेरो दुई शब्द यती नै बिदा पाउ भने जस्तो नगर्नु न सानु मित्र। तर्कको कुरो तर्कले काट्नुस् न। किन कोही कांग्रेस हो कि एमाले हो कि भनेर प्रिष्ठभूमी खोज्न पर्‍यो र।

Anonymous said...

पोस्तक जि, बेकारमा के को तर्क गरेर बस्नु, यही कहिले कङ्रेसी कहिले माओवादी, कहिले एमाले भएर तर्क गर्दा गर्दा के नै भा को छ र । प्रजातन्त्रबादी भन्ने अरुको कुरो सुन्न सम्म पनि नखोज्ने, जनवादी भन्ने जनताको ढाड भाँच्ने खै के भन्नु यो भन्दा बढी । देश तर्कले नचल्ने बनिसकेको छ, यहाँ जती नै कानुनको पालना गराउन खोजे पनि केही हुने वाला छैन, उहि अहिले केही राम्रो गर्न सके तपाईंहाम्रो छोरा छोरी राम्रो हुन्थेकी भन्ने मात्र हो, तपाईं हामीमा भने सुधार गर्छु आफुलाई भने पनि नराम्रो छाप परिसकेको छ । देशमा अब कुरा होइन काम चाँहीएको छ, सुख होइन शान्ति चाँहीएको छ,भोक होइन गास चाँहीएको छ ,बिदेशिको नयाँ धोती होइन फाटेको दौरा सुरुवालमा रमाउने मान्छे देशले खोजेको छ ।यि सब नेपाली जनतालाइ दिउन अरु जे सुकै गरुन हामीलाइ के को खसखस । सुनेको भरमा गफ दिने र कागले कान लाग्यो भने पछि आफ्नो कान नछामि कागको पछि दौडने हाम्रो बानिमा परिवर्तन आबश्यक छ जवसम्म हामी आँफै परिवर्तन हुँदैनौ अनि अरुको criticized गर्नु अनुचित हुन्छ -------Sanu

पोस्तक श्रेष्ठ said...

ल ल सानुजी ले अहिले चाँहि जोडका धडका धिरेसे दिनु भयो। हाम्रो तर्क बितर्कले खासै केही लछारपाटो लगाउने त होईन, तर घाँटीमा खस खस चाँहि लाग्दो रहेछ नि। जनताले तिरेको करको पैसा, बिदेशी ऋण र अनुदानको पैसाले खाओबादीहरुले चाँहि महल खडा गर्ने, माओबादीहरुले चाँहि ट्रकमा हतियार ल्याउन खर्च गर्न खोज्ने। कुट्न जान सकिन्न, यसो तिनीहरुलाई गाली गरेर भए पनि मनको सन्तोष लिने कुरो मात्र हो।

पीजी said...

पोस्तकजी एकदम ठीक कुरा भन्नु भो । तर हरेश नखानुस् हाम्रा कुराहरु पनि कुनै दिन सुनिने स्तरमा आउनेछ न । कहाँ हो पढेको थिए, नियत बाङो नभए मान्छेको कुराहरु पनि कुनै दिन सुनिने आउछ रे , त्यसैले ढिलो भए प्नी देश ले त सुन्ला कि जनता र नेता ले नसुने पनि !

नेपालियन said...

तर्क बितर्क सहि तरिका बाट गरे सहि कुरा निस्कन्छ भनेको साच्चै रहेछ। माथीबाट कमेन्ट पढ्दै जादा पुछारमा आउदा त सबैको कुरो एउटै पो रहेछ। भन्दा फरक परेर कमेन्ट आदान प्रदान भए पनि आखिर हामीले खोजेको नेपाल न त कसैले मोजमस्ती गर्नेखालको हो न त कसैलाइ मनपरी तन्त्र लाद्नको लागी हो।
दुइ खास खान र एक अन्जुली पानी नै नेपाली काफी हुन्छ तर यो पनि हर्नलागेको ले हामी सबै अत्तालिएका हौ। फाटेकै टोपी किन नहोस हाम्रो सिरमा सधै शोभा दिइरहोस।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !