May 22, 2009

अनौठो रहेछ प्रेम विमान


अमेरिका - गुरु केदार बराल

अनौठो रहेछ प्रेम विमान
उड्नलाई टिकट नचाहिने
कसैको मनको प्रेम टिकट लिए पछि
कल्पनाको संसार भरि डुल्न पाइने
तर दूरि पार गर्नु नपर्ने !!
मैले आफै चालक भएर उडाउँदा
मेरो यात्री उनी मात्रै थिइन
हामीले धेरै ठाउँ डुल्यौं
उनी अझै उडौ भन्थिन
तर आँखा खोल्दा त उनी
घ्वार घ्वार घुर्दै थिइन ॥
प्रेमको वायुयान उड्न थालेपिछ
आवाज पनि नदिँदो रहेछ
एकै पल्ट चन्द्रमा पुगि
मंगल ग्रहमा ओर्लदो रहेछ
उनलाई साथ नछुटाई
फेरी धर्तीमा फर्किदो रहेछ ॥
तर मेरो प्रेम थान
आज नराम्ररी थन्केको छ
यात्रु नै विमान देखि विराक्तिएपिछ



3 Comments:

Rajan said...

This comment is not about the poem; but as a regular reader I'd like to suggest Dautari and Dautari writers to publish the posts/articles in only one media.

I don't know the author and also do not want to hurt his feelings, but I have seen this poem in different 3-4 sites.

yeutai kabita 3-4 thauma yekai choti chapda padhne lai rag huncha.

Please do not take my comment otherwise.

Anonymous said...

I agree with Rajan.
The taste really fades off when you see the same thing in various web site. Yele ta sabaiko weight ghataucha .
This is again my suggestion.
Thanks
A

ठरकि दादा said...

केहि समय यता देखी एउटै रचना, एकै समयमा दौंतरी लगाएत अन्य विभिन्न साईटहरुमा पोष्ट गरीएको बारेमा म पनि केहि लेख्‍न सोच्दै थिए ।

हुन त आफुले लेखेको कुरा बढि भन्दा बढी पाठकहरु समक्ष पुगोस भन्ने भावना सबै सर्जकमा हुन्छ र यसलाई नकारात्मक रुपमा लिन मिल्दैन पनि होला, तर नेपाली साहित्य र त्यो पनि अनलाईन साहित्यको एकदमै नगन्य पाठक वा प्रशंसक रहेको बर्तमान अबस्थामा जुनसुकै साईटमा रचना पोष्ट गरे पनि हेर्ने पाठकहरु त्यहि सिमीत पाठकहरु मात्रै रहेकोले यसरी एउटै रचना ४-५ ठाँउमा पोष्ट गर्नुको म पनि कुनै अर्थ देख्दीन ।

दौंतरी कै पाठक अरु साईटमा पनि पुग्ने र अरु साईटका उनै पाठकहरु दौंतरीमा पनि आईपुग्ने भएकोले, म सबै सर्जकहरुलाई एउटै रचना एकै पटक सबैतिर पोष्ट नगर्नुहुन अनुरोध गर्दछु । कमसेकम पनि केहि हप्ताको अन्तराल मात्रै भए पनि राख्दा माथी राजनजी र अर्का नाम नखुलाउनु भएका शुभचिन्तक साथीहरुले भन्नु भएजस्तै सर्जकलाई नै राम्रो होला जस्तो लाग्छ ।

यो कमेण्टलाई व्यक्तिगत रुपमा लिनुहुने छैन र सबै सर्जकहरुको पूर्वबत सहयोग जारी रहने छ भन्नेमा हामी विश्वस्त छौं ।

धन्यवाद ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !