May 28, 2009

कवि लेखक आँफै पागल बन्नु पर्छ

आचार्य प्रभा
(अमेरिका )
खोइ !कुन गन्तव्य रोजूँ म
जताततै इर्ष्या र डाहाको प्रतिष्पर्धात्मक बारहरुले
सांघुरिएका छन मेरा बाटाहरु
खोइ ! श्रृजनाको परकाष्ठमा पुगूँ कसरी ?
यहाँ सिर्जिएका सबै श्रृजनाहरु
मुल्यहिन भै पलायनतामा बिलीन भै रहेछन
मेरा आकांक्षाहरु अँध्यारोको कालरात्री
बनेर आँफैलाई डस्न लालयित् छन
त्यसैले ... अब पागलको उपाधी नै
रोज्न आतुर छन मेरा अनन्त इच्छाहरू ............,
यहाँ उदेश्यहीन गन्तव्यमा पाइला चालेमा
रमाउने हुन्छन सबै ,
समयलाई ब्यर्थै हातबाट मिल्काएमा
खुशी हुन्छन सबै ,
यहाँ अश्लील,असभय्ताको बाटो हिंडेमा
बाटो फराकिलो बनाइदिन्छन सबै ,
त र........ त्यही समयलाई
श्रृजनात्मक कार्यमा
बाँध्न खोजेमा टाढा भैदिन्छन् सबै ,
अनि...... बेअर्थको मानसिक पीडामा
डुबाउन खोज्छन सबै ।
त्यसैले........ आजकल त कसैले पनि
सही सदूपयोगको फल
कसैलाई देखाएमा खिशिको पात्र बनाउँछन सबै
अनि..... त बिवशता ,बाध्यताको चपेटामा परी
गन्तव्यहीन बाटोमा लाग्नु पर्छ आँफै
यो अनौठो कु संस्कारको दासी बनी
''कवि'' ''लेखक''
पागल बन्नु पर्छ आँफै ।


9 Comments:

HAWA said...

हाहाहा...हैन प्रभा जी, यो ता प्रत्रीक्रिया को जवाफ पो भयो...म पनि एउटा सुझाव भानुम है...लेखक भएर सार्वजनिक भएपछि अनेक थरि टिप्पणी आउछन...प्रसंसा मात्र पनि खोज्नु भयेन प्रभा जी...नत्र आफै लाइ पीडा हुन्छ... देवकोटा को पागल कबिता उत्क्रिस्ट होला...तर उनमा पानी धेरै प्रसंसा मात्र सुनने आदत भएको जस्तो लाग्छा मलाई त...

Anonymous said...

This is article or comment or advertise ?? You gonna see this post on all of the online magazines after few hours or within a day. I hate when so called writter paste same thing in different places. please try to be professinal and polite. this messege for all who do multiple paste everywhere.

नेपालियन said...

कबिता राम्रो लाग्यो। यथार्त परक भएर हो कि कबिता चोटीलो पनि लाग्यो। धन्यबाद प्रभा जी।
एकल काटेले भनेको पनि ठिकै हो। कतै देवकोटाको पागल कबिता कै छाया त होइन यो कबिता? यो जिम्म हाम्रा साहित्यबिदको जिम्मामा।
नाम नखुलाउने मित्र तपाइको भनाइ बिना भेदभाद खोतल्दा यो कबिता दौंतरीमा आएको एक दिन पछि मुलबाटोमा आएको रहेछ। मुलबाटोले प्रभा जी बाटै प्राप्त भएर राख्यो होला। तर तपाइले त सबै बेब साइटमा यो कबिता आएको छ भन्नुभयो। बिस्कुन झै छर्ने पर्चे साहित्यमा त म पनि सहमत हुदिन तर तपाइको भनाइ नै एक प्रकारले नितान्त एक पक्षिय भएको ले बिस्वास गर्ने केही आधार देख्दिन।
यो त भयो एक पाठकको भोट, अरु पाठकहरुले के भन्नुहुन्छ कुन्नी?

Anonymous said...

yo ta website kholne harukai saba comment ho ki kya ho?

acharya prabha said...

malai yo kabita kina rachna man laagyo bhane jaba maile websiteharuma rachanaharu prakashit garna thaale comment yatti naramro paaye ki jasma naramro pakchhya laai aulaayera haushala dinu parnema ulto hattotsahait gareko aabhaas hunchha,kami kamjori awashya hunchha ta ra tyaslai pani kasari sahi sujhau dine?yo sochai ko kami paaye.baru internetko jamana nahuda nai mera pathakharule haatle lekhera nai malai sahi sujhau ,gaali,taali duwai dinthe,yasaile ek trafi man ma khushi chhuacha aadhunik prakriyale bhane arko tara nirasaa chhauchha lekhna laai,ani mera jasta euatai rachna aruka pani sabaima prakashit chhan,

नेपालियन said...

नाम लुकाउने मित्र कमेन्ट त जस्ले गर्दा पनि हुन्छ हैन र? तपाइले भने जस्तो दौतरी पसल होइन।
तपाइ प्रभा जी कै छिमेकी भएको ले होला उहां माथी ब्यक्तीगत रुपमा खनिएको।

Luna said...

nice poem with reality ---
keep it up !

Luna said...

You are the good artist .
we can feel it .
never mind who say what ----
( some time myself i dont commente on ur poem but i always read and i find u r truth . i love to read ur write always )

yanmaneee said...
This comment has been removed by a blog administrator.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !