May 12, 2009

मिसहरु के भन्छन?

भन्दा मिस नेपाल, मिस अमेरीका भनिन्छ, मानौं उ नै त्यो देशको नं १ बुद्दी भएकी सुन्दरी हो। त्यस्ता प्रतियोगितमा जाने सुन्दर त हुन्छन नै तर बुद्दी अथवा ज्ञान नं १ ...., अली हजम भएन है। सधै उनिहरुको ज्ञान भने ५ कक्षामा पढ्नेहरुसंग दाँज्न पनि लाजै मर्दो हुन्छ। केही पहिले मिस साउथ क्यरकोलाइनाले त्यस्तै तमासा गरेकी थिइन। आज भने मिस प्यानामा Miss Giouse Cozzarelli ले चिनका कन्फयुस अर्थ कन्फ्युजनको जन्मादाता भनेर ब्याख्या गरेकी छन तथा जापान र चिनलाइ पनि एउटै देश भन्न खोजेकी छन। खासमा कन्फयुसको अर्थ हो "सोच बिनाको ज्ञान बेकार हो"। साथै केही पहिल मिस सुन्दरीको बारेमा लेखेको कबिता याद आयो।

"दुइ र दुइ जोड्दा औंलाले गन्छे
कांहा पढाउँछे कुन्नी मिसनेपाल भन्छे"

ल यो युटुब क्लीप हेरेर तपाइ आफै उनीको सुन्दरता र बुद्दीमताको ब्याख्या गर्नुहोस।




7 Comments:

Anonymous said...

नेपालमा भने , माओवादीको नया व्यवस्था अनुसार मिस नेपाल आयोजना गर्न नपाइने भएको छ तर, मिस नेवा:, मिस मंगोल, मिस डंगोल, मिस लिम्बु, मिस चन्डोल आदि इत्यादि भने आयोजना भएकै छन् र गर्न पाइन्छ । यसमा माओवादी र खगेन्द्र् संग्रौला दुवैको बिरोध देखिएको छैन ।

पुष्पजीलाई सोध्न मन लाग्यो , यसरी मिस जातजाती त गर्न पाइने तर मिस नेपाल भनेर प्रतियोगिता गर्न नहुने जनवादी लजिक के परेछ कुन्नि , थाहा पाउन सकिन्थ्यो कि ! कि समावेशी-जनवादी लोकतन्त्रको काइदा नै यस्तो हुन्छ !

wordflows said...

yestai ho nepal ma aahile thulyo project lai bhanda sano project lai prathamikta dine bhneko la hola ni

पुष्प said...

अनामजी, यस्ता केही द्वैधचरित्रमा माओवादी फँसेको पक्कै हो । पत्याउनुहुन्छ ? तपाईंलाई जस्तै यो प्रश्नले मलाई पनि बारम्बार घोचिरहेको छ । शायद सबैलाई एकैचोटि रोक्न नसक्ने भएरै होला । शायद विस्तारै नियन्त्रण गर्ने उनीहरूको मनशाय होला । तर मेरो व्यक्गित विचारमा यस्ता प्रतियोगिताको कुनै तुक छैन । शायद यति धेरै प्रतियोगिता हुने देश नेपालमात्रै होला । जनजातीय प्रतियोगिताले मात्र नपुगेर अनेकथरि बाल सुन्दर-सुन्दरी प्रतियोगिता भइरहेका छन् नेपालमा । खै विश्व बालसुन्दरी प्रतियोगिता भनेर आजसम्म सुन्न पाइएको छैन । तर नेपालमा त ओहो, जातैपिच्छे बालसुन्दरी प्रतियोगिता हुन्छन् । नेपालीहरूको अस्तित्वलाई जरैदेखि नै खोक्रो पार्ने प्रयास गरिरहेका छन् जस्तो लाग्छ यसका प्रायोजक अनि आयोजकहरू ।

प्रबिण थापा said...

समाजमा फस्टाउँदै गरेको बिकृति जस्तो लाग्छ मलाई त । हुनत गफै गर्ने हो भने २१ शताब्दी र बिश्वव्यापिकरणको प्रभाव भनेर भनिएला पनि तर किन यस्ता कुरामा मात्र विश्वव्यापिकारण भएको होला, शान्ति, खुशी, बिकास र समानताको पनि विश्वव्यापिकरण भए हुन्थियो नि है ।
राम्रो प्रस्तुति नेपोलिएन जि!

Robin Shrestha said...

It is really interesting. The ladies beauty with Brain can even dont understand what is the question. Do these shows really lift female or humiliate female, I have a big doubt.

सेखर said...

साच्चै विश्वास गर्नै गार्हो ।

बिप्लब said...

हाम्रो नेपाल त गाइजात्रे देश भइहाल्यो नि। अब नेपाललाइ नै मियुजियममा राख्नुपर्छ। देश चलाउन तागत नहुनेहरु किन चुनावमा उठ्नु?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !