May 6, 2009

देश संकटमा डुबेको बेला

आचार्य प्रभा

भन्छन देश संकटमा डुबेको छ
देश अब शेष हुँदैछ
हरेक पल नयाँ नयाँ खबरका
श्रीजनाहरु भै रहेछन
देश अवन्नतिको बाटोमा
लम्की रहेछ ,
त र... खै ?
यस्को निराकरण ?
खाली सुस्ताएर एकार्कामा
बेदना पोख्नु शिवाय
केवल... अखबारमा
ताजा समाचार बिश्लेषण गर्न बाहेक
अनी हामी... उत्तेजित बनेर
प्रत्एक समाचार पढ्न मात्र
आतुर हुन शिवाय !
त्यसैले म भन्छु हजुर ....
मेरा अघी बड्ने पाइलाहरुमा
फलामका कल्लिहरु बाँधिएका छन आजकल ,
मैले देशको लागि सोँच्ने माथिङलमा
असहज पट्टी बांधिएको छ अचेल
त्यसिले म के सोचौ ?
देशको लागि साथी ?
मलाई सोँच्ने मौका नै
देशका नरभक्षकहरुले कँहा दिएर
त्यती सजिलै ?
(मलाई केही साथीहरुको आरोप छ मैले देश को लागि सोचिन भनेर वहाँहरुलाई समर्पित कबिता )



1 Comments:

prawash said...

जहाँ रहे पनि आँफुले कतै न कतै बाट देश प्रेमको अभिव्यक्ती दिनुमा राष्ट्र प्रेम छल्किन्छ नै। र, यस्ता अभिव्यक्ती
यस्सै हुन्न हामीले कतै न कतै देशलाई माया गरिरहेका हुन्छौं - आँफुले गर्न सक्ने सेवा गरिरहेर। कवितामा यस्तै सुन्दर
भावको आशय छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !