May 11, 2009

ब्लग गफ गाफ ब्लगर दिलिप आचार्य संग


ब्लगर दिलिप आचार्य आफ्नो ब्लगलाइ साझा चौतारी मान्नुहुन्छ। उहां करिब २ बर्षबाट ब्लगिगं गर्दै आउनु भएको छ। प्रस्तुत गर्दैछु उहां संगको ब्लग गफ गाफ यस पटकको ब्लग भित्र ब्लगको स्तम्भमा।

१) http://dacharya.blogspot.com कसरी साझा चौतारी बनाउदै हुनुहुन्छ?

ब्लग लेख्‍न थालेको करिव २ बर्ष हुन लाग्यो र यो मेरो बिचार र अभिव्यक्ति बिसाउने चौतारी हो। कुनै पनि बिचारमा राखेपछि त्यसमा समहमती वा असहमती त भै हाल्छन । त्यसपछि सो बिचारमा अरु सहयात्री ब्लगर र पाठक साथिहरु संग मिलेर विचार आदान-प्रदान गरीन्छ । बिचार आदान-प्रदान भए पछि मेरो ब्लग व्यक्तिगत बिचार संप्रेषण गर्ने थलो मात्रै रहंदैन र साझा चौतारी बन्छ ।

२) तपाइको ब्लग बास्तुको साधनमा के के मिल्यो बताइदिनुहुन्छ?

हुन त, फाट्ट फुट्ट लेख्‍ने बानी पहिलै देखि नै थियो तर ब्लग संचालन पश्‍चात बिचार मंथन गर्ने र आफ्नो बिचार प्रति आएका नकारातम्क धारणलाई पनि ‘सकारात्मक’ अर्थमा लिन सकिने सोचको बिकास भएको छ । कुनै पनि घटना वा स्थितिलाई एक-दुई कोणबाट मात्रै नहेरी लंगुर-बुर्जाको गोट्टी जस्तै, छ नै वटा कोण वा सतहबाट हेर्न ब्लग भन्दा अर्को उत्तम माध्यम नै छैन जस्तो लाग्छ मलाई ।

३) तपाइको ब्लग स्पष्ट रुपमा भन्नुपर्दा के मा केन्द्रित छ ?

कुनै एक बिषयलाई मात्रै केन्द्रीत गरेर लेख्दा, लेख्‍न पनि सजिलो हुँदैन र पढ्नेलाई पनि एक तमासको लाग्न सक्छ । यस अर्थमा मेरो ब्लगलाई सकेसम्म विविधता दिने कोशिष गर्छु म । संख्याकै हिसाबले हेर्दा सायद लघुकथा बढी होलान तर कम्प्युटर र ब्लगिङ टिप्स देखी आफूले जानेको अन्य कुरा सेयर गर्ने र देशको समसामयीक घटनाका बारेमा पनि लेख्‍ने गर्छु । त्यसैले ब्लगको सब टाईटल वा Description मा मैले ‘Anything..., Everything...’ पनि लेखेको छु ।

४) ब्लगमा काम गर्दा जिबनमा के फरक भेट्टाउनु भयो ?

नढाँटीकन र ईमान्दार भएर भन्नु पर्दा ब्लगीङ शुरु गरेपछि धेरै कुराहरु सिक्ने र जान्ने मौका पाएको छु । आफ्नो बिचारमा विमति आएपछि त्यसलाई स्विकार्ने र मुख्‍य कुरा भनेको अरुको बिचारको सम्मान गर्ने सोचको बिकास भएको छ। कोहि पनि मानिस आफैंमा पूर्ण हुँदैन तर हरेक मानिसमा आ‍-आफ्नै बिशेषता हुन्छन । यस हिसाबमा धेरै सहयात्री साथीहरुबाट विविध क्षेत्रसंग सम्बन्धित निकै कुरा सिक्न पाएको छु ।

५) तपाइका छिमेकी ब्लगका रमाइला नरमाइला कुरा के के छन ?

मैले माथि भने जस्तै मेरो छिमेकी ब्लगमा सबैको आ-आफ्नै सोच, बिचार र आफ्नोपन छन। सबैमा मेरो सहमती नहुन सक्छ तर मेरो बिचारसंग सहमत नहुँदैमा त्यसलाई नरामाईलो रुपमा म लिन्न। समष्टीमा सबै नै रमाईला छन (नरमाईला केहि छैनन्) ।

६) तपाइको ब्लग मध्य सबैभन्दा मन पराइएको कुन हो?

यो कुरामा मैले पनि कहिल्यै ध्यान दिएको थीईन, तपाईको प्रश्‍न आएपछि एकचोटी Google Analytics हेरें । कमेण्ट बढि आएको हिसाबमा हेर्दा त अरुनै पोष्ट आउँछन तर बढि ‘क्लिक’ गरीएको तीनवटा पोष्ट चाहिँ केहि उटपट्याङ मुक्तकहरु, ब्लगोमेनीया-कारण, लक्षण र निदानHarmless Hacks. रहेछन ।

७) तपाइको ब्लगमा लघुकथा निकै रहेछन, एउटा २ मिनेटको लघुकथा सुनाउनुहोस न त हामीलाइ?

लघुकथा मलाई मनपर्ने बिधा हो, सायद अरु भन्दा संख्यात्मक हिसाबले लघुकथा नै बढि होलान मेरो ब्लगमा। यहाँ कथा राख्दा कुराकानी लामो हुन्छ, त्यसैले आधा मिनेटको लघुकथा चाहि यो राखौं है त:

“यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।”

८) ब्लग लेखन र प्रतिक्रिया लेखनमा कत्तिको सहमती असमती ब्यहोर्नु गर्नुभएको छ?

सहमती र असहमती त आउँछन नै, तर सायद एकदमै बिबादित बिषयमा त्यत्ती धेरै नलेखेकोले होला खासै ‘कडा’ असहमतीहरु भने धेरै आउँदैनन् भन्दा पनि हुन्छ ।

९) तपाइको ब्लगमा अरुको ब्लगमा भन्दा नितान्त फरक पाइने कुरा के होला ?

खासै त्यस्तो अहम भिन्नता त छैन होला, तर सकेसम्म विविधता दिने प्रयास भने जारी छ। (तपाहरुले केहि देख्‍नु भएको छ की :))

१०) 浅谈汉语里的梵语词语 पढ्न त यस्तो गार्हो लेख्न कती गार्हो भयो? बुझ्न त झनै गार्हो भयो कसो गर्ने होला?

हा हा हा, म चिनियाँ भाषा-संस्कृतिको बिद्यार्थी रहेको र एउटा सानो अध्ययनको क्रममा संसारको सबैभन्दा गाह्रो भनेर मानीएको भाषाभित्र पनि धेरैको संख्यामा संस्कृत शब्द भेटेपछि कसैको आग्रहमा मैले त्यो लेख तयार गरेको थीएँ । पछि त्यसको नेपालीकरण पनि मेरै ब्लगमा चिनियाँ भाषा भित्रका संस्कृत शव्द को नाममा राखेको छु । के गर्ने आजकल त जनवादी शिक्षाको नारा छ, र बुझ्दै नबुझी संस्कृत भाषालाई मृत भाषा भन्छन् ।

११) ब्लगिगं ट्याम्पेलेटमा निकै दक्षता हासिल गर्नुभएछ दौतरीको झ्याल ढोकाको लिपपोतमा के गर्दा राम्रो होला?

यो क्षेत्रमा म पनि सिक्ने क्रममा नै छु । हुन त, सबैको आ-आफ्नै पहिचान हुन्छ तैपनि म भने उपलब्ध स्रोत, साधनको (समस्या उत्पन्न नहुने हदसम्ममा) अधिकतम उपयोग लिने कुरामा विश्‍वास गर्छु । दौंतरीको कुरा गर्दा, पेज खोल्ने बित्तिक्कै अधिकतम जानकारी मिल्ने हिसाबले जान ३ कोलममा जाँदा यसका ‘कम्पाउण्डमा रहेका खाली जग्गा’ त्यत्तीकै खेर जाँदैनन् जस्तो लाग्छ । साथै पाठकहरुसंगको अन्तरक्रिया अझ सशक्त गर्न सिधा संबादका केहि अनुप्रयोगहरु पनि राख्दा राम्रै होला ।

१२) अहिलेको नेपाल भोलि कता पुग्ला?

सोधि हाल्नु भयो, मनकै कुरा गर्ने हो भने, अहिलेको नेपाल भोली कता पुग्ला भन्दा पनि यीनै नेताहरुको नेतृत्व र यहि भाँडभैलोको स्थिति रह्‍यो भने भोली नेपाल पनि हुन्छ कि हुँदैन भन्ने चिन्ता लाग्न थालेको छ ।

१३) अहिलेका प्रचण्ड तपाइका कुन कथाका पात्रसंग मिल्दा जुल्दा छन?

व्यक्तिलाई बिषय बनाएर लेख्दीन, तर प्रचण्ड मात्रै हैन नेपालका हुत्तिहारा, भातमारा र नालयक नेताहरुको झलक मेरो धेरै कथामा भेटिन सक्छन।

१४) तपाइले दौंतरीलाइ के सुझाब दिनुहुन्छ?

दौंतरी धेरै अघि देखी पछ्‍याउँदै आएको छु । सायद नेपाली भाषामा यसरी धेरैजना मिलेर लेखीने ‘टिम ब्लग’मा यो नै एउटा गतीलो र स्वतन्त्र ब्लगको रुपमा उदियमान र उदाहरण भएको जस्तो लाग्छ । सुझाव भन्दा पनि निरन्तरता र उत्तरोत्तर प्रगतीकोलागी शुभकामना दिन चाहन्छु।

१५) तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

नेपाली ब्लगहरु अझै पनि स्वतन्त्रताको उपभोग मात्रै गर्ने तर जिम्मेबारी चाहि नलिने हिसाबमा चलेका देखीन्छन् । यसलाई बाहिरबाट आएर कसैले सुधार्ने हैन, त्यसैले यसलाई हामीले नै व्यबस्थित गर्नुपर्छ। यस मानेमा दौंतरीका लेखहरु सन्तुलीत लाग्छन आशा गरौं सबैले यसको अनुशरण गर्नेछन ।

ब्लगहरु सशक्त भएमा यसले मूलधारका पत्र-पत्रिकालाई पनि प्रतिस्पर्धि र जिम्मेबार बनाउन मद्दत गर्छ, त्यसैले बढि भन्दा बढि ब्लगहरु सञ्चालनमा आउनु पर्छ र ब्लगरहरु बिच पनि बैचारीक आदान-प्रदान र भिन्न मतका बीचमा पनि सामुहिक एकता हुनु पर्छ जस्तो लाग्छ। मलाई आफ्नो कुरा राख्‍ने र मौका दिनु भएकोमा धन्यवाद्।



19 Comments:

Prabesh Paudel said...

एकदमै राम्रो !! नयाँ ब्लगरलाई प्रोत्साहन गर्ने अनि आफ्ना अमुल्य सुझा,विचार राख्‍न कहिल्यै पनि लोभ नगर्ने दाजु दिलीप आचार्यलाई पढ्न पाउनु निकै नै खुसीको कुरा हो !!!

Luna said...

very interesting conversation !
thanks to Dautari .

Aakar said...

हाहाहा, लघुकथा ले यहाँ पनि छोडेन है, निकै सटिक छ, त्यो आधा मिनेट को लघुकथा ! अनि दौँतरीले दिलिप जी को अन्तरकुन्तर जान्ने अवसर जुराइदे'को मा धन्यवाद ।

Basanta said...

दिलिप दाइसंगको कुराकानीलाई राखेकोमा दौंतरीलाई धन्यबाद! म दिलिप दाइको धेरै पुरानो 'फ्यान' हुँ। विविधताले पूर्ण उहाँको ब्लग साह्रै मन पर्छ मलाई।

कृष्णपक्ष said...

बसन्तजीले भने जस्तै दिलीपजीको बिचार र अभिव्यक्तिको साझा चौतारी मलाई खूब मन पर्छ र म पनि फुर्सद हुने बित्तिकै उहाँको ब्लग चियाउन जाने गर्छु, र दौतरीमा पनि अब उहाँको चौतारीको सेरोफेरो राख्न लाग्नु भएकोमा धेरै धन्यवाद !

HAWA said...

जोर्नी (लिन्क्) पछ्याउदै दिलिप जी को को अनुसन्धानअत्मक लेख चिनियाँ भाषा भित्रका संस्कृत शव्द पढदा रमाइलो लाग्यो...छोटो लघुकथा पनि नेपालमा थ्यक्कै मिलेको छ...अचेल को ब्यस्त जिबन्सैली मा यस्तै छोटो तर झक झक्याउने कथा चुत्कीला अनी टुक्का हरु प्रभाव्कारी हुन्छन जस्तो लाग्छ...

प्रबिण थापा said...

दिलिप जि को ब्लगमा कम्प्युटर सम्बन्धी बिभिन्न जानाकारि पाइने हुदा म पनि समयले भ्यायसम्म उहाको ब्लगमा पुग्ने गर्छु । आज दौतरिले उहासगको यो भलाकुसारी प्रस्तुत गरिदिएर झन उहालाइ नजिकैबाट चिन्ने मौका दिएको छ यसको लागि दौतरी परिवारलाइ धन्याबाद! र दिलिप दाइको प्रगतिको कामना!

Unknown said...

Thank You Dautari,
For inviting Dilipg and good conversation.
Good Luck Dilipg.

दूर्जेय चेतना said...

Interesting obersavation !!!!!!!
thanks Dautari for this wonderful job. Personally i am his great fan. The way how is write and express the matter is ...... dazzling. Reading: not just a bunch of words: holds good for dilip je and always give good combination with excellent bunch of words in his articals. He is very kind and helpful writer too.
Thaks for your wonderful view dilip je and all the best for you...

नेपालियन said...

ब्लग भित्र ब्लगमा प्रश्न तयार पार्न कहिले काहीं हम्मे हम्मे पर्छ। तर उत्तर पढ्न पाउदा निकै दंग हुन्छु। उत्तरको पहिलो पाठक भएकोले अरु पाठकहरुले कसरी लेलान त्यो थाहा पाउन सधै रामान्चित हुन्छु।
हुन त दिलीप जि ब्लग भेट्रान नै हुनुहुन्छ तर पनि दौंतरीको बारेमा केही भन्न मन लाग्यो। दौंतरीलाइ ३ कोलममा लाने की भनेर सधै सल्लाह रहिरह्यों। पटक पटक लान जमर्को पनि गरियो। दौंतरी संचालनहुंदा यसलाइ सरल राख्न र सजिलो पेज खुल्ने बनाउन कुरो उठेको थियो। त्यसलाइ अनुसरण गरेर हो या किन हो दौंतरी अझै २ कोलममा नै रहिरह्यो।
दिलीप जी को सुझाव भन्दा पनि निरन्तरता तिर जोड दिनु भएको छ, निकै घत लाग्यो। समुहमा रहेर ब्लग चलाउन सामाग्री उत्तीकै चाहीने र पाठकले रुचाउन खालका सामाग्री पस्कन निकै कठिन हुदो रहेछ। फेरी समाचार भन्दा पनि बिचारमुलक ब्लग भएको ले नेपाली पाठकको मास लाइ आकर्षीत गर्नु निकै चुनौती हुनजान्छ। तर दौतरीका लेखक र पाठकले यांहा सम्म ल्याउनुभएको छ अझ दौंतरीलाइ धेरै माथी पुर्याउनुहुने आशा गरेको छु। बिभिन्न ब्लगरका कुरा समय मिलाएर ल्याउदै गर्नेछु।
नेपालियन

Anonymous said...

The best and the shortest short story!
- Rajiv Pant

Anonymous said...

kati lamo padnai alchhi lagyo.he he

डीआर न्यौपाने'सूर्य' said...

दिलिप दाई संगको मिठो गफगाफ बाडँनु भएकोमा दौतरीलाई धन्यबाद । अनि ब्लगरको दुनियामा म पनि दिलिप दाई प्रति आभार ब्यक्त गर्न चाहन्छु किनकि मैले पनि धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको छु उहाँ बाट ।

Rajan said...

दौंतरीकै माध्यमबाट मैले पनि आचार्यजीको ब्लगको जानकारी पाँए। धेरै विषयमा एकसाथ कलम चलाउनु हुँदो रहेछ । रोचक लगा्यो, कुराकानी र वहाको ब्लग पनि ।

Anonymous said...

दिलिप जि को ब्ल्ग को ठेगाना मैले केही महिन अघि मात्र पाएको हो, तर एक चोटि त्यसमा पसे पछी उहांको ब्लग मैले regularly जसो पढ्ने गरेको छु । उहांको Mature र consistent लेखन शैली ले मलाई उहांको ब्ल्ग पढ्न आकर्षित गरिरहन्छ । बेला बेला मा उहांको ब्लगबाट पाइने Techno खुराकहरुबाट अरु धेरै सहयात्रि ब्लगरहरुले पनि फाइदा लिएको हुनु पर्छ ।

जोतारे धाइबा (Jotare dhaiba) said...

सधैँ 'साझा चौतारी'मा आफ्नो घरखेत सम्हाल्दै आउनुभएका दाइ आज पाहुना बनेर दौँतरीको सभामाझ देखिएको पनि उत्तिकै रूचिकर लाग्यो । हाम्रो ब्लग सर्कलमा रहेका थोरै अभिभावक-आभासाथ आँखामा रहनेमध्ये एक दिलीप दाइको कुरा आशिष्‌सरह थापिरहने यात्राको यो एउटा कोसेढुङ्गा नै मानेँ मेले ।
दाइसँग त आत्मीयता साटिएकै हो साटिँदै गइन्छ, दौँतरीलाई यस्तो शुभ लाभ गराएकोमा आभार !

Anonymous said...

I am a regular visitor of Dilipji's blog. I admire his writing skill (which is on a wide range of subjects). I particularly like his short stories! My best wishes to him for a successful and fulfilling career & thanks to Dautari for posting this interview.

Dilip Acharya said...

आ-आफनो महत्वपुर्ण समय खर्चेर यो बल्ग-गफ झर्को नामनी पढी, मलाई हौसला, सल्लाह र सुझाव दिनुहुने सबैलाई म ह्रदय देखी नै धन्यवाद दिन चाहन्छु ।
आगामी दिनमा पनि यसैगरी यहाँहरुको सल्लाह सुझाब पाउने आशा गर्दै आफ्नो ब्लगलाई पनि आफ्नो बुताले भ्याएसम्म परिमार्जन गर्न नै छु।

अन्तमा यो अबसर जुटाउने कार्यको लागी नेपालियनजी र दौंतरी परिवारमा पून एक पटक हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

Yumesh Pulami said...

रसीलो ब्यक्तित्व को चोटिलो स्वाद चाख्ने मौका मिलाईदियो दौतरी ले - त्यसको लागी मुरी मुरी धन्यब्द |

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !