May 5, 2009

प्रचण्डको भिडियो र पद्मरत्नको क्यासेट !!!!

देशमा हाल घटिरहेका अप्रत्याशित घटना क्रमहरुले केही शब्द लेख्न लेख्दै छु । मैले नेपालको राजनीतिबारे टिका टिप्पणी गरें भने एक हूल पूर्वग्रहीहरु मसाने जुलुस निस्कन्थे रे निस्कने छन पनि । साझामा साझा चौतारीमा परदेशी पत्यार लाग्दो जीवनशैलिबाट केही स्वदेशी हावापानी पस्कने क्रममा केही कथा ब्यथाहरु कोर्दै आएको छु। धेरै शुभचिन्तकहरुले राजनीतिमा हात नहाल्नुस् दाई भनेका र धेरै साथी गुमाउनु परेकाले पनि सीमित मात्रमा टिकाटिप्पणी गरेको हुं। यसको अर्थ राजनैतिक यथार्थबाट पर हटेको छुइन।

मैले माओवादी र तिनका कलुषित गुरु योजना बारे धेरै लाई मौखिक वा अन्य फोरम मा भनी सकेको छु । कुनै समय माइ संसार मा समेत पाहुना लेखकको हैसियतले माओवादी कुसंसकारको भण्डाफोर गरेको थिएं र माइ संसारले प्रतिबन्ध समेत लागायो, राहुलभाइ लाई ।

२०५२ सालमा जब तत्कालिन जनमोर्चा जंगल पसे त्यतिबेला देखी नै मैले यी जंगलिहरुको असली नियत बारे ठाउँ ठाउँ मा कुरा राख्दै आएं । धेरैले हावा गफ भने। प्रचन्ड पथ भन्ने नै थिएन । प्रज्ञा पथ मात्र थियो । दौतरी डट ओरजी मा पनि यसबारे लेखिसकेको छु ।

आज इमेज च्यानल मार्फत जुन भिडियो बजार मा आएको छ । त्यसले माओबादी र कामरेड प्रचन्ड प्रती मेरो मनसपलटमा भएको चित्र सचित्र भएको छ । असली कम्यूनिष्ट को रंग देखाए तिनले । यती लेख्दा एमाले समर्थक मित्रहरुलाई न पच्न सक्छ । एमालेको बहुदलिय जनबादको अन्तिमा लक्ष पनि प्रचन्ड पथ भन्दा भिन्न छैन। संसदिय ब्यबस्था मार्फत सत्ता कब्जा गरी जनगणतन्त्र स्थापना गर्नु जबजको अन्तिमा लक्ष हुन ।

यो भिडियो नक्कली हो भनेर प्रमाणित गर्न लाखौं आउने छन। उत्तम बाबु, उमेश बाबु लगायतका प्रचन्डले लुटेर बाँडेका सिता टिप्नेहरु धेरै छन। साझा मै अनेक अचम्म नामधारी कामरेडहरु छन, नक्कली सीडी प्रमाणित गर्न न्वारन देखिको बल लगाउने छन ।

यती बेला यो सीडी प्रकरण संगै २०५१-५२ तिर तत्कालिन एमाले को टिकट मा उम्मेदबार भै स्वतन्त्र हुँ भन्ने नौटंकी गर्ने संसद पद्म रत्न तुलाधरको क्यासेट प्रकरण याद आयो। एउटा समारोहमा हाल आफुलाई नागरिक समाज को अगुवा मान्ने माओवादीका थिंक ट्यान्क पद्म रत्नले गाई काटेर खान पाउनु पर्ने जिकिर स्पष्ट संग गरे । क्यासेटमा स्पष्ट संग गाई काट्न पाउने कुरा को खुलेआम वकालत गरेको देखिन्थ्यो। त्यसको बिरोध भए, खास गरी प्रतिपक्षमा रहेको काँग्रेसले । पद्म रत्नले त्यस्तो बोलेकै हैन भनेर तत्कालिन एमालेले प्रती रक्षा गरे । क्यासेट नक्कली हो भनेर आँफै टाम्परिङ्ग गरी गाई काट्ने भन्ने बोली निर हल्ला समायोजन गरेर अर्को क्यासेट निकाले। यो प्रकारण मा बिरोध गर्नेहरुमा प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेन दास प्रधान थिए। हाल माओवादीका नेता तथा कथित नागरिक समाजका अगुवा मल्ल के सुन्दरले भिमसेन दास जी लाई अब आइन्दा बिरोध गर्‍यो भने नेवार जाती समुदायको बिरोध गरेको मणी कार्यबाही गर्ने र नेवारजातिबाट निकाला गर्ने फतवा जारी गरे ।
भर्खरै प्राप्त समाचार अनुसार प्रचन्ड को अश्लील तर असली भिडियो सार्वजनिक गर्ने इमेज च्यानल माओवादीहरुले घेराउ गरे रे। जंगलिहरुबाट यो भन्दा सभ्य प्रतिकृया के आश गर्न सकिन्छ र ? स्मरणिय रहोस्, इमेज च्यानल स्वयं माओवादी प्रती नरम दृष्‍टिकोण राख्ने पद्म रत्न तुलाधर कै अभिन्न मित्र राम कृष्ण मानन्धर को निजी च्यानल हो ।

अन्तमा सर्प लाई दुध खुवाएर पाले पनि आखिर मा बिष नै डस्ने हो। हिमाल मेडिया लाई चेतना भैसक्यो, अरुल्लाई पनि होला नै।



24 Comments:

पीजी said...

तपाइको माथिको हरफमा एमालेको विषयमा फुल स्टप लाइदिएं मैले आधिकारिक मान्छे र एमाले नभए पनि ।
"यती लेख्दा एमाले .........अन्तिमा लक्ष पनि प्रचन्ड पथ भन्दा भिन्न छैन। संसदिय ब्यबस्था मार्फत.." भन्दा पछाडिको कुरा एमालेमा कागजमा मात्र सिमित रहनेछ व्यवहारमा लागु हुने छैन । व्यवहारमा लागु गर्न संभव छैन भन्ने एमालेलाई थाहा भएर नै संसदको बाटो रोजेको हो ।

पद्म रत्नको मामलाको "फतवा"को कुरा घत लाग्यो ।

अनि इमेज च्यानल घेराउ मात्र हैन रामेछापमा एमाले र कांग्रेसलाई शनिवार सम्ममा जिल्ला नछाडे भौतिक कारवाही गर्ने धम्की धम्की र सर्कुलर माओबादि जिल्ला कमिटिले जारी गरेको छ रे ।

उत्तमको कुरा गर्दा मुक्तिनाथ अधिकारिलाई झुण्ड्याएर मारिएको फोटो संग सम्वन्धित कमेन्ट :

"फोटोमा मारिएका शिक्षकका छोरा मलाइ थाहा भए अनुसार उत्तम बाबु श्रेष्ठका किर्तिपुर, वनस्पति शास्त्रमा मास्टर्स गर्दाका एउटै ब्याचका साथि हुन । मैले देखे अनुसार ति शिक्षकका छोराले माओबादीसंग बदला नलिएसम्म दार्हि नकाट्ने (सेभ नगर्ने) कसम खाएका थिए र मैले कुनै बेला देख्दा उनी आफ्नो बाबुको सम्झनामा पालेको लामो दार्हि सहितको अनुहारमा देखिन्थे । जब कसैको बाबुलाई त्यो हविगति बनाएर मारिन्छ र निरिह छोराले प्रतिज्ञा लिने शिवाय अरु गर्न सक्दैन तर उसका सहपाठिहरु जागीरको लागि हो या के का लागि हो त्यस्तै प्रवृतिको खुलेर समर्थन गर्छन त्यस बेला "नेपालीपन" को दरिद्रता बाहेक अरु कसैलाई गाली गर्नु बेकार छ ।

दुख लाग्दो कुरा आजसम्म मैले उत्तमको कुनै लेखमा उनको साथिको पीडा प्रति वा त्यस विषय प्रति कुनै सहानुभुति वा सहानुभुतिको झल्को पनि पाएको छैन (हुन त मैले उसले लेखेका सबै कुरा पढ्ने गरेको छैन) । अझै पनि ति शिक्षकका छोरा जो उत्तम बाबु जस्तै कुनै ठाउंमा संघर्ष गर्दै होलान प्रति हार्दिक सहानुभुति ! मलाई उत्तमको आइडियोलोजी प्रति कुनै दुराग्रह छैन र व्यक्तिगत रुपमा सधै भलो चाहन्छु तर यदि साझा हेर्छन भने माथिको फोटोलाई पनि नविर्सन झक्झक्याउंछु ।"

ठरकि दादा said...

हराम देखी राम डराउने राजनीति छ नेपालमा । भोलीको दिनमा यो भिडियो 'नक्कली' साबित भएछ भने कसैले अचम्म नमाने हुन्छ ।

सर्पलाई दूध ख्वाउने कुरा भने सहि ठाँउमा सहि उदारहण, एकदम चित्त बुझ्यो ।

मलाई भने अहिले यो 'सर्प' भन्दा पनि सर्पको दाँत नउखेली सर्कसमा भीत्र्याउने 'मदारी'हरु देखेर पनि साह्रै रिस उठेको छ। तीनै बुढा मदारीहरुको देश बिगार्न सर्पको भन्दा बढि हात छ ।

पोस्तक श्रेष्ठ said...

आफुलाई प्रजातंत्रबादी भन्नु हुन्छ तर आफुले लेखेको लेख र बिचारको आलोचना गर्नेहरुलाई चांही "पूर्वाग्रही मसाने जुलुश" भन्नु हुन्छ। त्यसो हो भने माओबादीहरुको बिरोधमा समाचार लेख्ने पत्रिकाहरुलाई "तस्करहरुबाट संचालित" भनेर आरोप लगाउने प्रचण्ड भन्दा तपाँई कसरी फरक हुनु भयो?

Unknown said...

I agree with you, Rahulvai- Daju.

पुष्प said...

हैन तपाईंले त्यो भिडियोमा के त्यस्तो देख्नुभयो ? प्रचण्डका केही फौजी बोलीबाहेक उनले भनेको कुराले उनको उचाइ बढाएको छ । नेपाली जनतालाई चुस्नसम्म चुसेका राजावादी, कांग्रेस, एमालेको सट्टा प्रचण्डले त शहीदका परिवारलाई राहत दिने कुरा गरेका छन्‌ । आफ्ना सहकर्मी योद्धालाई हौसला दिन केही के नराम्रो भने ? युद्धकालको कुरा कोट्याएर कतिञ्जेल बस्नुहुन्छ । युद्धमा नलागेको कांग्रेसले पनि त बन्दुक उठाएको थियो । कति मारे होलान् ! आखिर कुरा त नियतको हो नि । कसको नियत के हो भन्ने कुरा भनिरहनुपर्दैन ।

नारायण गैर्हे said...

कसैको आग्रह, पूर्वाग्रहमा नलागी मैले भर्खर मात्रै भिडियो हेरें:

१) शहिद खेतीमा प्रचण्डलाई गौरब छ, भलै १ लाख नै कन नहोस पैसा आउँछ भने बाँकी ९ लाखको सपना देखाएर अरु शहिद तयार गर्न उनि अग्रसर छन।

२) अर्कोतर्फ फेरी 'ट्रकमा आउने' कुराको पनि चर्चा छ । देशकै ढूकुटी देशबासीलाई शहिद बनाएर आफ्नो अभिष्ट सिद्ध गर्न लगाउने कुरा प्रष्ट देखें ।

३) सम्बिधान सभा हुन नदिने कुरा यसरी गर्देछन मानौं त्यो ने उनिहरुको 'उपलब्धि' हो ।

४) 'भाले' हुने बित्तीकै 'त्यो जाबो' भनेर देशको कानून र सबै सम्झ्यौताहरुलाई भद्दा मजाक बनाएर खिल्ली उडाएका छन ।

५) न पुराना शहिद( जसको तर्फको होस, आखिर नेपालीकै छोरा छोरी हुन) प्रति कुनै आदर छ न कुनै सम्मान, यस्तो कुरामा पनि 'जोकर' को मुद्रामा प्रफुल्लीत भएर कुरा गर्दैछन ।

अन्तिम आफ्नै बारेमा, हुन त म विदेशमा छु, तर पनि माओबादी सरकारमा आए देशमा केहि हुन्छ कि भन्ने आशमा नैतिक समर्थन प्रचण्ड सरकारमा थियो ।

आफ्नै कार्यकर्ता र नेपाली जनताको मृत्यलाई समेत मजाक बनाएर लासको भर्‍याङ चढेर सत्ताकब्जा गर्ने उनको नियत देखेपछि अब आँखा खुलेको छ भन्दा मलाइ ग्लानी भएको छैन। होश खुलेकोमा खुशि लागेको छ।
धन्यवाद्

kunai din ........ said...

yo 21 au satabdi ma pani juna sukai tarka ma maoist ko samarthan garne ko buddhi lai ram ram bhannu bahek kunai sabda chaina . amerika europ maa baser maoist ko samarthan garne ko buddhi lai ke sangyaa dinu ?byakti ko hoina sidanta ko kuro garau ho sathi ho .

Anonymous said...

पुष्प,

तिम्रो माइसंसारदेखि यहाँसम्मको माओवादी भजन र कीर्तन देखेपछि, तिम्रो मनुष्य देहमा बास गरेको रक्तपिपासु जनावरको लुकेको प्रष्ट भयो । हैन यस्तो मोडेलको शासनतन्त्रको गीत गाउने र सबै बिरोधीलाई कत्लेआम गर्ने तिम्रो जस्तो सोच त कुनै सरकारी दानापानीमा बाँचेको , छापामार वा वाइसिएलको आपराधिक मानसिकता बोकेको नरपशुले बाहेक बोल्ने कल्पना गर्न सकिएला र ?

-अनाम

पुष्प said...

अनामजी,

देशले सही दिशा लेओस् भन्ने कामना गर्ने एक आमनेपाली नागरिकको नाताले लेखेको हुँ । विगतका कुरा कोट्याएर शान्ति प्रक्रिया भंग गर्ने षड्यन्त्र हो यो भिडियो प्रकरण । कुनै नेपालीले माओवादी फेरि जंगल गएको हेर्न चाहन्छ ?

Anonymous said...

पुष्पजी,

माओवादी भजनमण्डलीका सदस्यहरूले बाहेक कुनै लोकतन्त्रवादी सभ्य नागरिकले यो भिडियोमा प्रचण्डले राखेको विषयलाई उचित ठान्न सक्दैन । मात्र शान्ति प्रकृयाको दुहाइ दिएर, माओवादीका तुच्छ नियतहरूलाई तारिफ गर्नु पर्ने दरकार कुनै स्वतन्त्र नागरिकलाई पर्दैन। माओवादी चाटुकारिता र भक्तिको उदाहरण प्रस्तुत गरेर त्यसलाई शान्तिप्रियताको खोल ओढाउन खोज्नु पाखण्ड हो र आँफैले आँफैलाई ढाँट्नु हो । यसो गर्नुको साटो , आफ्नो परिचय र क्याण्टोनमेण्टको ठेगाना राखेर नै खुल्दा हुन्छ । माओवाद सभ्य मनुष्यका बुझाइमा मुलुकलाई उत्तर कोरिया बनाउने चालबाजि हो भनेर बुझ्न यो भिडियो हेरेपछि पनि आशंका रहन्छ र कतै ? अब , के कुराको पक्षपोष गर्दै पुष्प कामरेड नागरिक बने कामरेडबाट घटेर ?

अनाम

HAWA said...

एमाले ले त आफ्नो लक्ष जनगणतन्त्र भन्छ भने प्रचण्डले सत्ता कव्जा को नियत राख्नुमा के आश्चर्य भयो र ?
तर राष्टपतिको कदम गलत हो भन्नेहरुले यो पनि जवाफ खोज्नपर्ने हुन्छ, के नेपाली सेनाको माओवादीकरण गर्न दिन उचित हुन्थ्यो त ?

Nepal! said...

ए एस्लाइ सरकार बनाउन दिएन भने मार्छ है भनेर डराएर सरकार चलाउन दिनुलाई जनताको शासन मान्ने हो भने मान्छे काट्ने चक्रे मिलन वा दिपक मनाङे वा राजु गोर्खालीलाई पनि कुनै दिन शासन सुम्पनु पर्छ भनेर भोलि अरु मान्छे निस्केलान । माओबादीलाई साम्यवाद लाद्न, सेना र प्रशासन भद्रगोल पार्न नभएर बिग्रेको विधीलाई सुधार्छन कि भनेर हो । तर माओबादीले सरकार चलाउने प्रक्रिया हुन्छ भन्ने विर्सेर हो या नजानेर भुमिगत हुंदाको द्वैध सत्तातमक चरित्र कहिल्यै छोडेन । सेनापतिको बबण्डर देश बनाउन नभएर आफ्ना मिलिशियाहरुलाई खुशी पार्न र कार्यकर्ताहरुलाई थाम थुम पार्न अनि बजेटसम्म पनि उपयोग गर्न नसकेर केहि गर्न नसकेको यथार्थताबाट अरुको ध्यान अन्यत्र मोड्न हो भन्ने छर्लङ छ ।

भिडियो प्रकरणबाट प्रचण्डको छलछाम र माओबादीको नियत प्रष्ट हुन्छ । र सेनापतिलाई तगारो देखेर कारवाही गरेको भन्ने त्यसैले प्रष्ट पार्छ ।

अनि पुष्पजी,
तपाई जस्तै म या हामी धेरैले कुनै बादको दासत्वको कारण नभएर केहि राम्रो काम गर्ला कि भनेर माओबादीबाट आश गरेका थियौं मेरो बुझाइमा त्यो ठुलो भुल रहेछ ।

भिडियो प्रकरण हिजोको कुरा थियो आज अर्कै कुरो छ भनेर कसैले आंफैले आफ्नो लुगा फुकाल्छ भने भन्नु केहि छैन नत्र दुनियाका धेरै देशहरु कमसेकम १० वर्षे २० वर्षे प्लानिङ र स्ट्रयाटेजीहरु (५०औं वर्षे योजना पनि छन) अनुसार चल्छन भने माओबादीले १६ महिनाको कुरालाई पुरानो भन्छ भने पनि त्यस्तो पार्टीलाई अग्रगामी भन्ने ठानेर आफैलाई बेवकुफ बनाउनु कतिको मानसिव हुन्छ आंफैले बुझ्ने कुरा हो ।

विना नीतिको कांग्रेस र अति नीतिको माओबादिका कारण नै हो देशको दुर्दशा भएको । कांग्रेसले अगाडि बढाउन सकेन माओबादीले ५० वर्ष पछाडि धकेल्यो अरु मौकामा चौका हान्नेहरुको त के नै कुरो भयो र।

माओबादिको नियत अझै पनि केहि राम्रो छ र देशका लागि केहि गरुं भन्छन भने सबै पार्टीसंग मिलेर राम्रो योजना बनाएर देश विकासको काम गर्नु पर्छ नत्र जनताले तिरेको करको पैसा ट्रक भरेर क्याम्प तिर लान्छु र हतियार किन्छु भन्ने राक्षसी कुरा गर्ने हो भने प्रचण्डलाई मैले "राक्षस"को संज्ञा दिन्छु , नेता मान्ने हरुले मानिरहुन मेरो भन्नु केहि छैन ।

Anonymous said...

desh na girijaale banaa na girijale nai aba makune ko palo are ani unilaai pani 8-10 mahinaa bidesh bharman garnalaai wayabastha milaidinu paryo. Tyo Oli bhat maara pani pradhanmantriko candidate huna suhaaune manche bhanera amaleko upadhakshya le bhaneko sundaa bhane haso uthchha. -- Sanu

malai ta Thakari Daadaa le kehi agadi bhaneko kuraa maa po yaad aayo netaa nabhaeko desh bhanera
aru ta k bhanu khoi. Milthyo bhane sabilaai jelhalna paae pani hunthyo ni.

प्रबिण थापा said...

साभर : सरोजदिलु बिश्वकर्मा नेपाली पोस्टबाट
प्रधान सेनापति प्रकरण अन्नतः सेरेमोनीयल भर्सैस् कार्यकारीमा पुगिसकेकेा छ । सैनिक विरासतसमेत यतिबेला दुइ शक्तिकेन्द्रमा चिरा परिसकेकेा छ । एउटा चिरालाई सरकारले वालुवाटारबाट त पुरानो फल्मेटोलाई राष्ट्रपतिले शितल निबासबाट सुरक्षा दिईरहेका छन् । यसले देशमा ठुलै संकट र ठूलै व्रि्रोह प्रवल सम्भावना अगाडि आएको छ । जस्ले संविधानसभा नै ओझेल पर्ने र देश गृहयुद्धमा होमिने खतरा हाम्रो सामु छ । अर्कोतिर यस्ता घटनाले पुरानो राजकीय विरासतलाई पनि फायदा पुर्याएको छ र उनीहरु हिजोदेखिनै नारायणहिटीमा फर्किन सिंगारपेटारमा लागीसकेको हुनुपर्दछ । त्यसैगरी नेपाली राजनीतिलाई यो अस्थिरतामा ल्याउन सफल भएकोमा सुद्-पावेलमार्काहरुको हृ्वीस्की-चियर्स जमेकौ हुनुपर्दछ । तर जे भो सो नेपाली जनता र नेपालको सार्वभौमताको हार हो र विदेशी हस्तक्षेपको जीत भयो । अतः असंवैधनिक तरिकाले कटुवाल हटाइए भन्दापनि विदेशी हस्तक्षेपको सिकार भए । किनकी विदेशी हस्तक्षेप वारम्वार भएकै कारणले आफ्नो प्रतिष्ठाको लर्डाईंमा सेनापतिलाई हर्टाई छाड्न प्रधानमन्त्री वाध्य भए । जवकी न्यास्नी र सुद् बावुजीहरुहरुको थ्रिटेनको जवाफ पनि प्रचण्डले दिनैपर्ने थियो ।



संविधान बनाएर देश बनाउँछौं भनेर मासिक ५० हजार चप्काइरहेका अनुहारहरु यतिवेला निर्लज्ज पक्ष र विपक्षहरुका कितामा बाँढिएर मुल लक्षलाई धराप्मा पारीरहेका छन् । जनताका मुलभूत समस्यालाई सम्वोधन गर्नको साटो उही पुरानै शैलीमा टुपी र कन्दनी तानातान गरीरहेका छन्, पुरैत-पण्डित महामहिमहरु धोती र पगरी खोसाखोस गरिरहेका छन् । तिनकै लहलहैमा लागेर जनआन्दोलनको सफलतालगतै 'कटुवाललाई फासीमा भुण्ड्या', 'विदेशी दलाल, देश छोड' भन्ने लोकतान्त्रिक नागरिकहरु नै अहिले 'कटुवाल खुट्टा नकमाऊ' भन्दै सडकमा आएका छन् । तर आज उनीहरुले 'ज्ञाने चोर देश छोड्', 'विदेशी हस्तक्षेप मुदावाद' भन्न पनि बिर्सिरहेका छन् । रायमाझी आयोगले सिफारिस गर्नासाथ जनताका भावनालाई सम्मान गर्नैका लागि कटुवाललाई कारवाही हुनुपर्दछ भन्ने नेताज्यूहरु एकाएक कटुवाललाई 'तिमी त हाम्रा मीत पो, यार !' भन्दै अंगालो थापिरहेका छन् । यही रहेछ-नयाँ नेपाल निर्माण गर्ने राजनीति ।



प्रश्न यहाँ छः देशमा यस्तो संकट आइपर्ने कुराको पुवसोचाईं र त्यसका लागि पूर्वसावधानी किन हुदैंन ? सवैको मुखमा सहमति हुन्छ तर आफ्नो कित्ताबाट एक डिग पनि पछि हट्न कोही किन तयार हुदैंनन् - अथवा वाहृ्य हस्तक्षेप छ भनेर सवैले जान्दाजान्दै ब्यवहारमा त्यसलाई विरोध गर्न किन कोही तयार हुदैनन् - कमजोरी मुलतः यहाँनेर छन् । यसले के देखाउँदछ भने यी महामहिम राजनेताहरु जनता र मुलुकप्रति वफादार हुनुभन्दा आफ्ना जुंगा, धोती, पगरी, टुपी, कन्दनीमै लोभिएका छन् । र, भोली कुनै परायले आआफ्ना छोरी-चेली, स्वास्नी र आफ्नै आमाहरु तानेभने पनि एक आर्कालाई दोषेर फेरिपनि सहमति नै खोजिरहने छन् । होईन भने यस्तो खालको प्रतिकुल परिस्थिती निस्कन्छ भन्ने पक्ष, विपक्ष नेताहरुलाई थाहै भएको हुनुपर्दछ, राष्ट्रपतिलाई पनि थाहा हुनपर्ने हो, र स्वयं सेनापतिलाई पनि जानकारी हुनुपर्ने नै हो । त्यसैले यी ठूला खोपडीवालाहरुले आज कुहिएको अंग काट्न तयार हुनुभन्दा हिजै रोग लाग्न नदिएको भए वेश हुन्नथ्यो र - अर्थात सेनापतिज्यूको ४।५ महिना विदा बाँकी रहेछ, दोश्रो अब्बलका खड्काको असार ६ गते उमेरको हद् कट्ने रहेछ । फेरि आखिर सेनापतिसमेत भदौमा त विदा भईहाल्ने रैछन् । सहमतिकै आधारमा कटुवालले वचत विदा लिएर कुलवहादुरलाई छोड्दा उनको जुंगा फेरि उम्रदैनउम्रने त होईन नी ! अथवा सजहजाका लागि पद् छोड्नुस्, 'म तपाईलाई राजदुत बनाउछु' भनेर प्रधानमन्त्रीले भन्दा कसरी विटुलो भयो, सेनापतिलाई - अर्थात हटाउनु पर्छ है भन्नेमा सत्ताधारी नेताहरुवीच सहमति हुन्छ तर हटाउने वेलामा एकाएक कसरी असहमति हुन्छ - आज निर्ण्र्ााअसंवैधानिक भयो भन्ने दलहरु सरकार छोड्न तयार भए, तर एउटा कर्मचारीलाई नै सम्मानसाथ विदा दिएर यसतो सहमति गरौं न त भन्न कोही किन तयार भएनन् - सहमतिमा काम भएन भन्ने परमाधिपतिलेसमेत आफ्ना काख-पोल्टाका प्यारा कटुवाललाई 'यस्तो सहमतिमा जाउन त प्रिय !' भनेर सम्झाउन किन सकेनन् ? किन हाम्रा खोकन्ते नेताज्यूहरुमा सत्ता छोडेर देशलाई बर्वादीबाट बचाउनु भन्दा सेनाका प्रमुख कर्मचारीको पद् प्यारो लाग्यो - त्यसैगरी सुद् र पावेलहरुले सिंहदरवार टु वालुवाटार, यसपछि नारायणथान टु सानेपा प्लाजा र वल्खु दरवारदेखि कोटेश्वरसम्म पुगेर सवैलाई नचाईरहँदा 'सेनापतिजी ! तपाईको कारणले हामी थाक्यौं, अव देशमाथि आक्रमण हुँदैछ, तपाईको पद्भन्दा हाम्रो राष्ट्रियता ठूलो हो, तपाईको विदा पनि रैछ, आखिर ३ महिनापछि छोड्नै नै हो, त्यसैले सहमति गरौं न त' भन्ने किन वुद्धि पलायन - यसको अर्थ हो- राजदुत सुद्को 'तुम्हारा खैरत् नहि हैं प्रचण्डजी!' र भारतीय सेनापतिको 'कटुवालजी तुम्हारापिछे मै हुँ...' भन्ने विदेशी-वाणमा सवैले पहिले नै कट्टुमा सू गरे ।



रह्यो माओवादी र कार्यकारी प्रधानमन्त्री । तिनका कार्यकर्ताका आजसम्मका कृयाकलापहरु अति पाखण्डी नै छन् । हत्या-हिंसाकै राजनीतिले सत्ता कब्जा गरेर आफ्ना अपराधीलाई संरक्षण दिने दाऊमा उनीहरु लागैकै हुन् । नेतृत्वले आजसम्म दोहोरो भूमिका निभाएकै हो । तर राष्ट्रियताको पक्षमा यतिवेला प्रधानमन्त्रीले जो गरे, त्यो चै विल्कुल सही मान्नु पर्दछ । किनकी, उनले सेनापतिलाई हटाएका होइनन्, सँद् एण्ड पावेल कम्पनीहरुलाई हटाएका हुन् । त्यस अर्थमा दलहरु विभाजित नभई र कसैले पनि सरकार छोड्नु वा अर्को सरकार बनाउन हतारिनु भनेको आफैंमा जनघाती छदैंछ, न त्यसले भोली निम्तिने झन् विकराल स्थितीलाई सम्हाल्न सक्छ नै । वरु ती अराजकता र असक्षमताबाट पु्राना र ओलाईएका शक्तिहरु बिउँतिने खतरा उतिकै छ, त्यसमा विरोधी दलहरु, महामहिम परमाधिपति र स्वयं यतिवेलाका राष्टीय नायक कट्वालज्युको ध्यान जाओस् । तपाईंहरुको चरणकमलमा विन्ती अनुनय ।



सिन्डिकेट गर्नुहोस् » फेसबुक del.icio.us गुगल डिग साथीलाई पठाउनुहोस्

Anonymous said...

हुँदाहुँदा माइ संसारले जस्तो यसले पनि कमेन्ट डिलिट गर्न थाल्यो हैन ?
ए मुर्दा राहुल भाइ, तिमीलाई माइ संसारले प्रतिबन्ध लगाउनु र मलाई र मेरो कमेन्टलाई तिमिले पर्तिबन्ध लगाउनू माँ के फरक रह्यो हह्यँ

ठरकि दादा said...

Anonymousको नाममा कमेण्ट लेख्‍नुहुने पाठक मित्र !
सर्बप्रथम त तपाईको कमेण्ट के कारणले डिलिट भयो वा प्रबिधिक कारणले पोष्ट नै भएन भन्ने जानकारी मलाई नभएकोले त्यसको सहमति वा बिरोधमा केहि भन्न सक्ने स्थिति रहेन ।

शिष्टताको दायरा भित्र रहेर लेखीएको कुनै पनि कमेण्ट दौंतरीबाट कहिल्यै डिलिट भएका छैनन र हुने पनि छैनन। दौंतरीमा लेखीएको पोष्ट बिचार लाद्न हैन बिचार मन्थन गर्न राखीन्छन र यसमा असहमत हुन सबैलाई खुला अधिकार छ।

दौंतरी कुनै एकजनाले कुनै दल वा गुटसंग दक्षीणा लिएर वा पाउने आशमा नचलाईएको हुनाले यसको प्रारुप भिन्दै छ । भन्दा खेरी त तपाईलाई विश्वास पनि नलाग्ला तर यसका 'एडमिन राईट' पाएका दौंतरी साथीहरुको एक-आपसमा चिनापर्चि समेत छैन ।

फुर्सदको समयमा देशको बारेमा सोच्ने र बिचारको आदान प्रदान गर्ने हेतुले यो ब्लगको शुरुवात भएको हो र आजको सञ्चार क्रान्तिको युगमा भौगोलीक दूरीले कुनै माने नराख्‍ने हुनाले भिन्न भीन्न देशमा र आ-आफ्नै पेशा र पढाईमा व्यस्त नेपालीहरुले यो ब्लग चलाउँछन। यत्तीकुरा बुझ्नु भयो भने पनि तपाईलाइ यसको बारेमा केहि धरातलिए जानकारी होला भन्ने आश लिएको छु ।

व्यक्तिगत व्यस्तताका कारण तपाईले यो भन्दा अघि लेख्‍नु भएको कमेण्ट मैले भने पढ्न पाईन ।

सायद त्यसमा पनि यहि कमेण्टमा जस्तै मु्र्दा वा त्यो भन्दा पनि ‘ओजपू्र्ण शब्दज्ञान’को प्रदर्शन गर्नु भएको थियो कि?

मेरो तपाईलाई सल्लाह र आग्रह पनि के छ भने तपाईको अघिल्लो कमेण्ट फेरी लेख्‍नुहोला। यहि पोष्टमा जस्तो आफैलाई पढ्दा ग्लानी हुने शब्द प्रयोग गर्नु भएको छैन र केवल बिचारसंग मात्रै असहमती जनाउनु भएको छ भने त्यसलाई कमेण्ट हैन 'पोष्ट' कै रुपमा पनि राख्न सकिन्छ । कसमेकम डिलिट नगर्ने जिम्मा भने म लिन्छु ।

दौंतरीका अन्य एडमीनहरुलाई पनि मेरो अनुरोध छ । यो माथिको कमेण्टमा भएको 'मुर्दा' शब्द तबसम्म यथाबत राखीयोस जबसम्म हाम्रा Anonymous मित्रलाई ग्लानी हुँदैन ।राहुलभाईलाई व्यक्तिगत रुपमा म चिन्दिन, तर साझा देखी नै उहाँको लेखहरु पढ्दै आएको छु र मैले चिनेको राहुल भाई, एकजना स्वतन्न्त्र चिन्तक र विचारशिल लेखक हुनुहुन्छ। कहिलेकाही कुनै लेखोटमा मेरो र वहाँको वैचारीक भिन्नता देख्‍छु तर पनि म वहाँलाई देशकोलागी सोच्ने र अनलाईन सहित्यमा गरेको योगदानकोलागी साँच्चै सम्मान गर्छु ।

अन्तमा माथिको कमेण्टमा आएको 'अपशब्द' कोलागी म राहुलभाईसंग क्षमा माग्दै वहासंग पनि यो कमेण्टलाई यथावत राख्‍न र डिलिट नगर्न अनुमति माग्छु ।

तपाईको माथिको शब्दले मेरो वहाँप्रतिको लगाव झनै मजबुत बनाईदिएको छ त्यसकोलागी Anonymous जीलाई धेरै धेरै धन्यवाद ।

एकलव्य ( Eklavya) said...

म ठरकीजीको परिपक्व र ओजपूर्ण कमेण्टमा हार्दिक सहमति प्रकट गर्दै ती समग्र मित्रहरू जो विचारमा बिमति राख्छनलाई तार्किक बिमति सहित उपस्थित हुन आग्रह गर्दै, निकृष्ट गाली-गलौजको माध्यमबाट आफ्नो व्यक्तित्वको अवमूल्यन नगर्नू हुन अनुरोध गर्दछु । जहाँसम्म मलाई थाहा छ, यहाँ पोष्ट गरिएका कमेण्टहरू डिलिट गरिएका छैनन् ।

-एकलव्य

नेपालियन said...

गालीका लहर इमेल देखी दौतरी कमेन्ट मा छाइरहन्छन। ति आजकाल नौलो लाग्न छोडीसक्यो। शब्दका त के कुरा गर्नु अशिष्ट त हुन्छन नै अश्लिल पनि हुन्छन। हिजो मात्रै सपना संसारका मित्र बिश्वसंग कुरा भएको थियो, उनले प्रचण्डलाइ खुला पत्र लेखेकै कारण आफु बसेकै ठाउं मिनीसोटाबाट गाली र धम्कीका कमेन्ट प्राप्त भएछन।
Anonymous बाट राहुललाइ ब्यक्तीगत गालीको कमेन्ट देखेको थिए। समय दिन भ्याइएन, कुनै एडमिनलाइ मन अमिलो लागेको हुनुपर्दछ हटाउनु भएछ। ठरकी जी ले भने जस्तो दौतरी न कुनै गुट संग आब्द्द छ न कुनै डेडिकेटट एडमिन छन। सबैले आफुसंग बचेको समयमा दिमाग मन्थन गर्दै बिचार राख्ने गर्छन। त्यसैले कुनै ब्यक्तीसंग तुष राख्नुपर्ने कारण पनि छैन कुनै कमेन्ट संग पौठेजोरी खेल्नुपर्ने कारण नि छैन। तर ब्लग नै दुषित हुने शब्द छाए एडमिनहरुले स्वफुर्त रुपमा हटाउछन नै। बाटोमा कसैले फोहोरी कुरा लेखे अर्को मान्छे आएर मेटाउंछ त्यो स्वभाबीक हो।
लेखाइ र परिस्थीती देखेर यस पटक ठरकी जी ले राखेको कुरा मन पर्यो। सायद कुनै समयमा Anonymous जी आफै ले अली बढी नै लेखें कि भनेर आउनुहुन्छ होला।

पीजी said...

दौतरिको एडमिन राइट मलाई पनि भएकोले फेरी पनि कुरो राख्न मन लगिहाल्यो । एनोनिम्स मित्रले भनेको कमेन्ट मैले पनि हेर्न पाइन , त्यसैले डिलिट गर्ने भन्ने त कुरै भएन ।

दौतरी को बारेमा हामीले धेरै पटक भनिसकेका छौ कि बैचारिक स्वतन्त्रता र जायज नाजयज को बारेमा खुलेर बहस गर्ने ठाउँ हो यो । र यसमा लेख्ने मित्रहरु जो पनि र जहाँ बाट पनि हुन सक्छन । ठर्कीजिले माथि भनिसक्नु भएको छ यसबारेमा ।


एनोनिमस मित्र जि तपाईंलाई कसैले बैचारिक दासत्व लाद्न खोजेको जस्तो लाग्छ भने भन्नुस् हामी पनि तपाईंको साथ छौ । हामी कुनै बादका दास हैन । एक छाक खान कुनै बिचारको दास नबनेर पनि पुगेको छ । तर आत्माले देखेको जानेको कुरा लाई आँखाले चिम्लेर नकार्न खोजे पनि आत्माले नकार्न सक्दैन ।

कतिपय साथीहरुले माओवादीको समर्थनमा लेखेको लेख यही दौतरिमा पढ्न पाईन्छ । माओवादीले देश भाताभुङ पर्ने नियत छोडेर देश बनाउने काम गर्छ भने हामी धेरै त्यसलाई नै साथ दिन्छौ । गर्दैन भने चुप लागेर बैचारिक कमारो भएर बस्दैनौ । बरु तपाईंको मेटिएको वा हराएको भनिएको कमेन्ट लेख्न लायक छ भने फेरी लेख्नुहोला ।


माओवादीको व्यवहाँर्लाई नराम्रो भन्दैमा नेपालीयनजिलाई अमेरिका पनि धम्की आउदोरैछ । नेपालीयन जि नडराउनोस कुनै माइकलाल को धम्किले केही गर्ने वाला छैन । शायद कानुनी राज्यको बारेमा उनिहरुलाई जानकारी छैन होला ।

Rajan said...

Rahul Bhai I am very new in this field, but I have read few of your notes and I do not hesitate to say it publicly and openly that you are right.

I frequently visit Dautari and I love it for it's simplicity and 'cleanliness'.

I felt awkward, reading the comment from Anonymous, and hope that he/she too may also have realized this.

As I am not associated with Dautari, my comment in Dautari may not count a bit, but I couldn't stop writing some words after reading this.

Dautari, I feel is the only one community blog which is keeping it's cleanliness from the beginning and let us keep it clean forever.

I also admire Tharaki Dada's matured way of handling this matter. Tharaki dada, you rock!!

Please keep the spirit, best wishes!!

Rajan Rimal

Santosh Rajkarnikar said...

Congressi haru danga pardai chhan. Satta moha party lai satta ko lucha chudi, ani k chahiyo, hoina ta Congress-jan haru?

बिप्लब said...

सरकारमा जान पाए पछी कांग्रेसी जन हरु पक्कै खुसी छन। यो कुरामा कस्ले बिमती राख्ला। तपाइ दुखी भएर कांग्रेसी सित रिस पोख्नु कारण चाही के होला कारण खुलाउनु भए राम्रो हुनेथियो सन्तोष जि। एमाले चाही के छन कुन्नी ? त्यो त खुलाउनु भएन। अनि माओबादी कता छन?

rahulvai said...

मित्रहरु मेरो यो छोटो आलेखमा लामो लामो टिप्पणी गर्ने सबैमा आभारी छु ।
मैले त केवल बहस को सुरुवात मात्र गरेको थिएं । कसैलाई ब्यक्तिगत तारो बनाएको थिइन। तै पनि ब्यक्तिगत तवर मै गाली बर्षाउन आए कोइ कोइ । स्विकार्य छ , गाली पनि ताली पनि ।

केही मित्रहरुलाई मैले जवाफ दिनै पर्ने भएकोले २ शब्द खर्चिने अनुमती चाहन्छु ।

पोस्तक श्रेष्ठ जी ,
मैले बैचारिक बहसमा असहमती जनाउने प्रती लक्षित गरेर मशाने जुलुश को उपमा दिएको हैन। कालो लाई सेतो भन्ने र जुनासुकै कुरामा पनि तल्लो स्तरको ब्यक्तिगत दुश्मनी निकाल्ने केही कथित विद्वानअहरुलाई लक्षित गरेको हुं। तपाईंलाई घोचेकोमा माफि चाहन्छु।



जिउदो मित्र Anonymous जी,

मैले तपाईं को टिप्पणी पढेको पनि छैन, देखेको पनि छैनम डिलिट गर्ने सवाल नै भएन।

यही टिप्पणी ले अन्दाज गर्न सक्छु, तपाईंले ताली बजाउनु भाको पक्कै थिएन, गाली नै भजाउनु भएको हुनु पर्छ । दौतरी एड्मिन ले डिलिट गरेको हुनु पर्छ।

कृपया दौतरी एड्मिन ले उहा को क्मेण्ट लाई पुनर्स्थापना गर्न मिल्ने भए गरी दिनु होला। असली परिचय र सोच तब न खुल्छ ।

Anonymous said...

क्यासेटमा स्पष्ट संग गाई काट्न पाउने कुरा को खुलेआम वकालत गरेको देखिन्थ्यो। पद्म रत्नले

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !