May 14, 2009

दिल खोलेर हाँस्नुस, पीडा भुलेर हाँस्नुस

अघिल्लो हप्ता दौंतरीमा धेरै तातो बहस चले, सबै पढें पनि तर बहसमा सहभागी हुन भ्याईन । देशकै मात्रै हालत हेरेर बस्यो भने त स्थिति निराशाजनक छ र केहि रमाउने कुरा छँदै छैन ।

लाग्छ आजकल पाण्डाजी पनि व्यस्त हुनुहुन्छ त्यसैले वहाले शुरु गर्नु भएको "Tea Time" मा केहि जोकहरु राखेर म स्थितिलाइ केहि हल्का बनाउने प्रयाश गर्दै छु :

-----------                                     --------------                                   ----------------                           ---------------

दुईजना पुरुष मित्रहरु बाटोमा हिंड्दै थिए, अचानक विपरित दिशाबाट दुईजना महिलाहरु आँउदै गरेको देखीयो ।

पहिलो पुरुष: ओ हो ! बर्बाद भो नी !

दोस्रो पुरुष: आम्मा ! मलाई पनि आपतै पर्‍यो नी !

पहिलो पुरुष: नजिस्की न। मलाई साँच्चै आपत पर्‍या छ … उताबाट दुईजना महिला संगै यता आउँदै छन नी....., ती मध्य एकजना मेरी श्रीमती .....र एकजना मेरो गर्लफ्रेण्ड हो …

दोस्रो पुरुष: .....मैले पनि तँलाई त्यहि कुरा भन्न लागेको..... ।

-----------                                     --------------                                   ----------------                           ---------------

कन्जुस मालीक (नया नोकर संग): कान्छा हेर, बिहान तरकारी किनेर ल्याउनु, खाना बनाउनु, भाँडा माझ्नु, बारी खन्नु, बच्चाहरुलाई स्कुल लिन पुर्‍याउन जानु, विरुवाहरुलाई पानि हाल्नु, खाजा बनाउनु, कोठा सफा गर्नु, रातको खाना बनाउनु, भाँडा वर्तन माझ्नु ।

नोकर: मालीक!, घरको वरीपरी अलिकता खाली जग्गा छैन ?

मालिक: किन

नोकर: म फुर्सदको समयमा ईटाँ पनि बनाईदिन्छु

-----------                                     --------------                                   ----------------                           ---------------

Q:      What is deference between man and Superman?
Ans.  Man wears underwear under the trouser and superman wears it over the trouser.

-----------                                     --------------                                   ----------------                           ---------------

एकजना मानिसले बिबाहको लागी पत्रीकामा विज्ञापन निकालेछन:

“मलाई एकजना कुशल गृहणी र जिवनसाथी चाहिएको छ”

भोलिपल्ट उस्को घरमा पाँच हजार चिठ्ठि आएछन। उसले खाम खोलेर हेर्‍यो । हरेक चीठ्ठिमा एउटै वाक्य रहेछ “मेरो लिनुहोस!”, ‘मेरो लिनुहोस!”

-----------                                     --------------                                   ----------------                           ---------------

अनी यो एकजना भारतीय मित्रले पठाएको एसएमएस:

मैंने पुछा चाँदसे “देखा है कहिँ, मेरे यार सा हँसी’

चाँदने कहा “साले! यीतनी उपरसे दीखता है क्या?”



5 Comments:

Trish said...

Thank you. TGIF to everyone. Have a wonderful time, smile a lot.

प्रबिण थापा said...

हा! हा!! हा!!! ठकरी जि ज्यादै घत पर्‍यो मलाई त । पहिलो जोक सबैभन्दा मन पर्‍यो है ।

पीजी said...

ठरकीजी जोक राख्छु भनेको फेरि पहिले जस्तै मोरोन भन्ने बात लाग्ला भन्ने डर एकातिर भने अर्को तिर हिन्दीमा राख्यो भन्ने आरोप आउला भन्ने डर (हुनत सिधै मैले हिन्दि पत्रिका र साइटहरुबाट लिएको भनेको थिएं), त्यत्ति मात्रै हो । आउने हप्ता देखि राखिदिउंला । धन्यबाद है टि टाइम जोकको निरन्तरताको लागि ।

wordflows said...

nice tea time jokes

बिप्लब said...

दमदार छ। साच्चै यस्तो भयो भने के हुन्छ होला है? त्यो सम्झेर झन हासो लाग्यो।
पहिलो पुरुष: नजिस्की न। मलाई साँच्चै आपत पर्‍या छ … उताबाट दुईजना महिला संगै यता आउँदै छन नी....., ती मध्य एकजना मेरी श्रीमती .....र एकजना मेरो गर्लफ्रेण्ड हो …

दोस्रो पुरुष: .....मैले पनि तँलाई त्यहि कुरा भन्न लागेको..... ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !