May 2, 2009

फरक किन?

हस्त गौतम मृदुल
यहाँ मान्छेले मान्छेलाइ छून नै पाइन्न
आफनै आँशु झारेर पनी त रुन नै पाइन्न।
कसैको इसारामा नै हामीले बाँच्नू पर्छ
संधै नै सर्कसको बाँदर भएर नाच्नु पर्छ।

बोल्न पाइन्न, आफ्नो मन खोल्न पाइन्न
श्रद्धा बिनाको त्यो स्वतन्त्रता नै चाहिन्न।
खै देश काहां छ? बिधिको कहा छ शासन
केवल जिवनभर सुनेको छ रुखो भाषण।

अगी बढ्ने निकास छैन, कूनै बिकास छैन
दिन पनि रात भयो खूशीको नै प्रकास छैन।
जाती जाती बिच घृणा, छैन यहाँ भात्रीत्व
भागबन्डा लगाए नेपाल आमाको मात्रीत्व।


1 Comments:

दूर्जेय चेतना said...

हामी फरक छौ र त अरु भन्दा फरक पहिचान बनेको छ। हाम्रो पहिचान भनेको मुठ्ठी भर नेताहरु भएका छन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !