May 13, 2009

पत्यानुहुन्छ ? प्रचण्डको भिडियोले गाजा पट्टिमा ज्वार पैदा गरेछ नि !

कामरेड प्रचण्डको शक्तिखोर क्षेप्यास्त्र अझै ल्याण्ड भैसकेको छैन जस्तो छ । आज यसका केही टुक्रा प्यालेष्टिनको गाजा स्ट्रिपमा खसेछन् । अझै यो आकाशमा गतिमान छ र यो कहाँ कहाँ बिभीषिका मच्चाउँदै हिँड्ने हो ठेगान छैन जस्तो छ । कामरेड प्रचण्ड भावुक नेता हुनुहुन्छ; वहाँ आफ्ना कार्यकर्ताको पीडामा द्रविभूत भएर भक्कानिएर रोएको हामीले देखेका हौँ । साथै नेपाली इतिहाँसको एउटा दूर्दान्त हिंसात्मक युद्द लडेको पार्टीको सर्वोच्च नेताको रूपमा वहाँले नेपालीहरूलाई प्रशस्त रोदन दिएको पनि हामीले देखेका हौँ । रूने र रुवाउने कलाका नेता मात्र भएर हैन, परिवर्तित नेपालका भरोसा लाग्दा नेताको रुपमा वहाँलाई अपनाउने पनि नेपालमा धेरैको धोको थियो । एउटा हिंसा र अराजकतामा प्राण अडिएको पार्टीलाई नेतृत्व दिएर लोकतान्त्रिक गणतन्त्रमा दिक्षित पारेर नेपाललाई चमत्कारी राज्यप्रणाली र विकास दिनुहुने वहाँप्रतिका नेपाली भरोसाहरू, शक्तिखोर भिडियो काण्डको एम्बुसमा परी टुक्रिएका त छँदै थिए, तर यो भिडियो प्रकरणले प्रचण्ड कामरेडले आँफूले कल्पना नै नगरेको भन्दा पनि कैयौँ गूणा चर्चा पाउनु हुने हो कि भन्ने लक्षण देखा पर्दैछन् ।

टाइम्स अफ इण्डियाको यो लेख पढ्नुस् त :

Prachanda tape ripples hit Gaza Strip

KATHMANDU: The ripples created by a leaked video tape that exposed Maoist chief Pushpa Kamal Dahal Prachanda as having deliberately exaggerate the strength of guerrilla army fivefold before the UN have now reached the Middle East with the Israeli government using it to discredit another UN investigation foreign ministry, smarting under a damaging UN inquiry into military attacks in the Gaza Strip, is now doubly discrediting the probe, saying it was headed by the same UN official who also oversaw the controversial verification of the Maoist army in Nepal.

Ian Martin, who two years ago was appointed UN Secretary-General Ban Ki-moon’s special representative for Nepal, headed the UN Mission in Nepal (UNMIN) that verified the Maoists’ People’s Liberation Army (PLA) and certified it had over 19,000 combatants when the actual number was around 7-8,000.

This year, Martin was assigned to the Gaza Strip and headed an internal committee that probed the damage to UN installations during Cast Lead, a security operation by Israeli Defence Forces (IDF) that began in December, focussing on Hamas targets in the Gaza Strip. The UN investigation came down heavily on Israel, saying IDF shelled six of its installations.

Israel’s foreign ministry immediately rejected the criticism last week, saying the report was "tendentious, patently biased, and ignores the facts presented". It also accused the UN committee of preferring "the claims of Hamas, a murderous terror organization, and by doing so, (misleading) the world."

Now the UNMIN faux pas over the PLA verification has given Israel a fresh weapon.

"These allegations (that the UN was duped in Nepal) cast a long shadow over the Gaza board of inquiry's reliability," Israeli foreign ministry spokesman Yigal Palmor said Tuesday. The Tel Aviv-based Jerusalem Post also quoted an unnamed diplomatic source as saying that "if Martin failed to get the facts right when dealing with terrorists in Nepal, who can believe he got it right in Gaza, where he was also dealing with terrorists."

There was no immediate reaction from the Maoists, who Wednesday remained locked in their new war on parliament. With their lawmakers disrupting parliament since last week, there is little chance of the two other major parties - the opposition Nepali Congress and the communists - being able to put together a new ruling alliance.

The Maoists have not budged from their stand that they will not allow the house to sit till the President, Dr Ram Baran Yadav, "corrects his unconstitutional step" and sacks the army chief, Gen Rookmangud Katawal, who in a way triggered the fall of the nine-month-old Maoist government.

A top Maoist leader and one of the hardliners, Mohan Vaidya Kiran, today said that there was no question of parliament convening before May 17, when his party’s protest programmes would peak.

स्रोत http://timesofindia.indiatimes.com/World/Prachanda-tape-ripples-hit-Gaza-Strip/articleshow/4525479.cms



8 Comments:

Anonymous said...

I knew Israelis were smart, but had no idea that they were this savvy!

पीजी said...

आफ्नो साख देखाउने र जागिर पचाउने यु एन र यु एनका हाकीमहरुको लागि भिडियो प्रकरणले क्यारिएरमा ठुलै धक्का दिनेछ । हुन त यु एन त रुवाण्डा, इराक देखि नेपालसम्म नै चुकेको छ, त्यो पेण्डुलम संस्थाको के कुरा गराइ भो र ।

प्रचण्डले त्यो भिडियो अझै देखाउ जनतालाई प्रशिक्षण हुन्छ भनेको पनि पक्कै मार्टिन वा इजरायलका नेताहरुले थाहा पाएको हुनै पर्छ ।

नेपालका नेताहरु जस्तो पेण्डुलम र आजको कुरा भोलि बिर्सने वा पुरानो देख्ने नेताहरु इजरायलमा पक्कै छैनन किनकि उनीहरुले इतिहासबाट पिल्सिएको र पुर्खाहरुले अस्तित्वको लागि मरुभुमिमा बिरुवा उमार्नु परेको पक्कै पनि विर्सेका छैनन ।

प्रबिण थापा said...

पन्डा जि! यु एन लाइ दोष दिन भन्दा पनि त्यो बेला नेपालमा ह मा ह मिलाएर माओवादीले जे भनेपनि ठीक छ भन्ने गिरिजा , माकुनेको गैर्ह जिम्वेवार पन मुख्य दोषी होइन र? कम्रेड प्रचन्ड र म भए देशमा अरु कोही चाँहीदैन भन्ने गिरिजाका कुरा चाँही बिर्सनु भयो? अनौठो कुरो थिएन १०-१० बर्ष युद्ध लडेको पार्टिले चटक्कै युद्धको धङधङि भुलिहाल्छ भनेर बिश्वास गर्नु, पुरा हुनै नसक्ने सपना देख्ने अनि पुरा भएन भनेर सपनालाइ दोष दिन पाइन्छ?
देश बिग्रेको काङ्रेसको राजनीतिक अदुरदर्सिता, एमालेको दैध चारितृक राजनीति,माओवादीको अहमता, नगरिक समाजको दिउसै चोरी गर्ने प्रबृती, पत्रकारहरुको छाडा पन आदिले हो जस्तो लाग्छ मलाई त ।

कृष्णपक्ष said...

संयुक्त राष्ट्र संघका प्रतिनिधि यिनै इयान मार्टिनले दुवै देशको एउतै खाले मुद्दामा शामिल भएका रहेछन, अब नेपालको माओवादी सम्बंधित तथ्यांक गलत देखिए पछि गाजाका पिएलए छापामारको संख्याका साथै संयुक्त राष्ट्रसंघकै विश्वसनीयतामा प्रश्न चिन्ह लाग्नु स्वाभाविक नै हो ।
पहिलै देखि यूएन, ईयु वा अरु विश्व समुदायलाइ रत्तीभर नटेर्ने आई डी ऍफ़ले यसको निकम्मापन माथी दरो औला उठाउने मौका पायो । युएन भन्दा दश गुना अघि बढेर गाजा (प्यालेस्तिनी अधीनस्थ क्षेत्र)भित्रै सैन्य शिविर राखेको इजरायलले नेपालमा जस्तो अरुले भनेको भरमा यस्तो संवेदनशील कुरालाइ सही मान्दैन होला ।
यद्यपि नेपालको घटनाले मध्यपूर्वीय शान्ति स्थापनाको लागी यसक्षेत्रमा आफ्नो उपस्थिति अझ बलियों बनाउनै पर्ने यूएनको अपरिहार्यतामा अर्को चुनौती थपेको छ ।

नेपालियन said...

गाजामा मात्र किन सारा नेपाली लाइ ज्वरो आयो नि त्यो भिडीयो ले। माओबादी लाइनमा आएकी भनेको कुकुरको पुच्छर जस्तै जहीकको त्यही।
नागरीक समाज निकै कराउंथे खोइ कता गए कुन्नी। उनीहरुको केही बाणी सुन्न पाए हुन्थ्यो।

पीजी said...

प्रविणजी तपाइले भनेको एक हदसम्म ठिकै हो तर सेना प्रमाणीकरण पार्टीहरुले नभएर यु एनले गरेको हो । त्यसका लागि वार्षिक अरबौ खर्च भएको छ र अफ्रिका देखिका द्वन्द विषेषज्ञहरु आएका थिए। समग्रमा भन्दा उनिहरु नेपालको सरकार भन्दा जम्बो र साधन स्रोत युक्त थिए । मेरो बिचारमा शान्ति स्थापनाको जस लिनलाई यु एन यसरी हतारियो र अहिले आएर चिप्लियो जसरी गिरिजा, माधवहरु बिल्लिदै गएका थिए ।

हुन त तपाइको धारणाबाट हेर्ने हो भने सबै नेता (माओबादी पनि), पत्रकार, साधारण जनता सबै दोषी हुन । अझ भन्दा नेपाली भएर जन्मिनु नै दोष हो! तर जसले प्रमाणिकरण गर्ने जिम्मेवारी लियो नि (यो हैसियत यु एनलाई मात्र छ, माओबादी बाहेक सरकारका अंग र अरु पार्टीहरु क्यान्टोनमेन्टमा पस्न पाउंदैनन भन्ने कुरालाई नबिर्सनु होला) उसले कार्यकर्तालाई पनि जनसेना भन्दै प्रमाणिकरण गरेपछि उ चुक्यो कि चुकेन । सक्कल बमोजिम नक्कल ठिक छ भनेर फोटोकपी भेरिफाइ गर्ने अफिसरले सक्कलै नहेरिकन नक्कलीलाई सांचो हो भनेर सहि धस्काए जस्तो भयो कि भन्ने लागेको हो के मलाइ ।

प्रबिण थापा said...

पन्डा जि मैले यु एन को दोष छैन भन्न खोजेको होइन तर हाम्रो आन्तरिक जिम्वेवारी कति चुकेको थियो त्यो बेला भनेको मात्र हो।

Lovlyanup said...

malai ta yo saba dosha Nepali Congress ko jasto lagcha..Nepal ma sabai bhanda badhi sasan chalaune nai kangress ho. yadi congreess le rarmo sanga sasan chalayako bhaya aaja maobadi pani kohi hune thiyana ani desha yo aawasthama aaune thiyana. Bhaschar garne sikaune guru nai congress ho jasto lagcha malai.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !