May 24, 2009

दौंतरीको दिशा र पाठकको गन्तव्य

सही कुरा राख्ने ठाउको कमी पटक पटक महशुस भएर नै दौतरीको जन्म हुन गएको हो। केही बोल्न कुनै बादको अनुयायी नै हुनुर्ने परिस्थीती नाओस भनेर नै दौतरीको उर्जा जोगाइ राखेका छौं। यसमा प्रतक्ष अप्रतक्ष कति सामेल हुनुहुन्छ ठ्याक्कै भन्ने स्थीती छैन तर पनि गर्वका साथ भन्नु नै पर्छ ब्यक्तीबाट माथी उठेर खोलीएको दौतरी ब्लगको समुह अझ शसक्त र बिस्तार हुने क्रममा छ।

संसारकै एक पुरानो लिखित भाषाका प्रयोगी हामी संसारकै गरिब मुलुकको सुचीमा पर्छौं। हाम्रो आकांक्षा र अबस्थाको बिशाल दुरी कायम भइदिनाले नेपाल र नेपालीहरु निकै अप्ठ्यारो समयमा गुर्जीरहेका छन। न त तिर्खा मेट्ने गरी पानी उपलब्ध छ न त मन ढुक्क बनाइ हिड्ने अबस्था छ। छ त छ केबल जनताबाट खसालिएका भोटको अधिकार प्राप्त झुन्डको उच्च जिबनको सुनिस्चता। बिभिन्न अलंकार प्रयोग गरी शासन ब्यबस्था फेरिए पनि जनचाहनाका काम सुन्यमै सिमीत भएका छन। अझै पनि जनताहरुको झोलामा नेताहरुकै बिचारका पर्चाहरु भएको ठानिन्छ। त्यसैले जनताको रोजाइमा होइन कि पार्टीहरुको रोजाइमा बिबाद गरिन्छ।

के त सर्वसाधारण आफ्नो कुरा राख्न सक्षम नै छैनन? नागरीक समाजका सदस्य पार्टीको पोल्टोमा छन भने देशको अबस्था चिरफार गर्ने पत्रकार ब्यसायिकताको घर्रामा। देश र जनताको स्वार्थ प्रतीनिधित्व गर्ने र यस्ता मुद्दाको वकालत गर्ने ब्लगहरुकै जिम्मामा छ। के त नेपाली ब्लगहरु यसमा सक्षम छन? निकै छोटो इतिहास बोकेको नेपाली ब्लग इतिहास र बामे सर्दैगरेका ब्लगरहरुलाइ यसरी झोस्नु अन्याय नै हुनजान्छ। तर पनि आफुलाइ त्यस्तो ठाउमा चित्रीत गर्दै ब्लगहरु अगाडी बढ्नुपर्छ। सस्तो लोकप्रियता होइन की सफल अग्रताको स्थान ओगट्नुपर्छ ब्लगहरुले। एउटै लेख किन नहोस, त्यसैले देशकै स्वरुप नै फेरोस। नेपाली हुनुमा अझै गर्व थपियोस। ब्लगहरुको मुलमन्त्र त्यही नै हुनुपर्छ।

काठ एक रातमा अग्राख बन्ला तर ब्लग पंलासै किन नबनुन, आफ्नो चुरो कमजोर हुनदिनुहुदैन। दौतरी आफै ब्लग भएर पनि अरु ब्लगहरुको उन्नतीमा चासो राख्छ। ब्लगहरूमा हुलमा जब कुनै ब्लग देश र जनताको पहिचान बनाउन सफल हुन्छन दौतरीको मुलमर्म त्यो ब्लगसंगै सफल हुन्छ। तर पनि ब्लगहरु गाली गलौज गर्ने सहज पहुंच या ब्यक्तीगत बिज्ञापन गरिने सस्तो माध्यम बन्न दिनुहुदैन। न त कुनै कुपोषित बिचार प्रवाह गर्ने थलो या बिचार छरिएको अमुक स्थान बनोस।


दौतरीका यावत आकांक्षा र उदेश्यको बिचमा डेढ बर्षको अन्तरालमा कता पुग्यो त दौंतरी? के पाठकले सुरुमा खोजेको गन्तवय तिरै सोझिदै छौं? नेपाली पाठकहरुले ब्लगमा खोजेका कुराहरु के हुन? कती पाउनुभएको छ? ब्लग कती सफल असफल छन? यि प्रश्नको थुप्रोमा दौतरीका पांग्रा कता गुड्दैछन? यो मुल्याकंन गर्ने पाठकहरुले नै हो। त्यस मुल्याकंनमा अन्य ब्लगरको सामिप्यताले पक्कै जिबन्त तुल्याउंछ।
अपडेट: ‌खासमा दौतरीको बारेमा लेख्न मन भैरहंदा दिलीप आचार्यको ब्लगमा ब्लग संबन्धी प्रतिमात्क कथा आएको रहेछ। त्यसले दौंतरी काहां छ भनेर बुझ्नको लागी लेख्न झकझकायो। संयोग पनि त्यस्तै बसन्त गौतमको ब्लगमा पनि नेपाली ब्लग सम्बन्धी नै लेख आएको रहेछ। यो त ब्लगकै मौसम जस्तो लाग्यो। अरु पनि नेपाली ब्लग सम्बन्धी लेख आए थाहा दिनुहोला।
दिलिप आचार्यको ब्लग संबन्धी प्रतिमात्क कथा:तानसेन, हरिदास ब्लगरहरु
बसन्त गौतमको ब्लग सम्बन्धी लेख: नेपाली ब्लगको बर्तमान भबिष्य
साथै दिपन्द्रे जी को ब्लग एक बर्ष भएको मा शुभकामना



7 Comments:

एकलव्य ( Eklavya) said...

मलाई त दौँतरी सही दिशामा गतिमान छ जस्तो लागेको छ । भाषिक शुद्दतामा हामीले केही स्तरवृद्दि गर्नु परेको छ । रचनाहरूमा पनि केही परिष्कार चाहिएला, साजसज्जामा केही थपथाप समयक्रममा हुनेछन् नै । तर, तपाईँको खटाइ पक्कै धेरै हुन पुगेको होला । प्राविधिक पक्षमा धेरै जानकारी नभए पनि भाषिक कुराहरूमा थप योगदानका लागि मेरो प्रण रहनेछ । दौँतरी र यसमा सबैको संलग्नताको लागि हार्दिक शुभ- कामना छ ।

-एकलव्य

Rajan said...

हुन त मैले दौंतरी हेर्न थालेको धेरै भएको छैन, तर मलाई यसको शन्तुलीत 'रबैया'ले निकै हदसम्म आकर्षण गरेको छ। 'ब्लग बजार' मा देखीने गाली गलौचको गरम मसाला प्रयोग नगरीकन पनि स्वस्थ प्रतिस्पर्धामा उत्रेको यो ब्लग देख्दा मलाई त यहाँहरुको ब्लग सफल नै रहेको जस्तो लाग्छ र नित्य सफलताको कामना गर्दछु ।

Dilip Acharya said...

“दौंतरी आफै ब्लग भएर पनि अरु ब्लगहरुको उन्नतीमा चासो राख्छ। ब्लगहरूमा हुलमा जब कुनै ब्लग देश र जनताको पहिचान बनाउन सफल हुन्छन दौतरीको मुलमर्म त्यो ब्लगसंगै सफल हुन्छ।” साँचो रुपमा भन्दा यहि एक वाक्यले मेरो मनमा रहेको दौंतरी माथिको आस्थालाई अझ उचाई दिएको छ। यसले दौंतरीको ‘दौंतरीपन’लाई झन उजील्याएको छ । केहि पाउन भन्दा केहि दिने उदेश्यले कुनै कुरा शुरु गरीन्छ भने त्यो पक्कै पनि स्वागतयोग्य र प्रशंसनीय कार्य हो ।

ब्लगहरुको भीडमा दौंतरीले आफ्नो छुट्टै पहिचान बनाईसकेको छ, त्यसमा सायदै दुई मत होला । म आफैं पनि सानोतीनो व्यक्तिगत ब्लग चलाएर बस्ने मान्छे भएको नाताले म जस्ता साधारण नेपाली जनताको आबाजको प्रतिनिधित्व गर्न सक्ने गरी यो सामुहिक ब्लगको अझ बिकास होस भन्ने कामना गर्दछु ।

बिप्लब said...

समयहुंदा दौतरी सधै चियाउने गर्छु। दौतरीमा आउने सबै सामाग्री मन पर्छ त भन्दीन तर यसमा राखिने सामाग्री राम्रा छन र राजन जी ले भने जस्तो फोहोर मसाला प्रयोग हुदैनन। दौतरी आउने कती कमेन्ट लेखेर सामेल हुनुहुन्छ तर पनि जती कमेन्ट लेख्नुहुन्छ उहांहरुको पनि कमेन्ट उत्रिष्ट नै छन र पढ्न लायक छन।
तपाइहरुले खोजेको कार्यदिश सही नै होला तर पाठक अनत्रक्रिया अली कम भयो कि जस्तो लाग्छ।
मेरो दौतरीलाइ सधै शुभकामना।

Unknown said...

आज ब्लगको बारेमा बसन्त दाजुको ब्लगमा पनि जानकारी राखिएको रहेछ । सधैं मैले चिहाउने 'आफ्नै दौतरी' भित्र पनि यस्तै खुशीको कुरो रहेछ । साझामा चौतारी चलाऊने साथीहरु आज दौतरिको नाममा यति बिघ्न सफल हुँदा साच्चै आप्पा शेर्पाले १९ औ पटक सगरमाथाको शीर चुम्दा भएको आनन्दको आभाश हुन्छ । स्वतन्त्र, निर्भिक र खुल्ला दौतरी निरन्तर आफ्नो बाटोमा अघी बढेको छ, बढेको छ । चाहे जस्तोसुकै कठिन मोड नै किन नआओस ।

तर सुझाबको नाममा भन्नु पर्दा चाँही, यसभित्र रचना पठाउने साथीहरुले त्यही रचना अन्य धेरै वेब पत्रिकाहरुमा पनि "पेस्ट" गरेको पाइएकोले सकेसम्म एक हद सोच्ने हो कि भन्ने लागेको छ । यसबारेमा 'दौतरी एड्मिन' ले पनि पक्कै आफ्नो दायरा बनाएको होला । अन्तमा; दौतरिलाई पून: धेरै धेरै शुभकामना ।

HAWA said...

मैले चाही नेपाली ब्लॉग हरु हेर्दै जादा भर्खरै दौतरी भेटेको हूँ ... मलाई यसको सरलता मन्पर्छ ...नेट स्लो हूंदा पानी खुलने पेज र तत्काल प्रकाशित हुने प्रतिक्रया हरु... दौतरी ले सबै का सृजना रूपी बालक जन्मौने सुडेनी को काम गर्नु पर्छ... कुनै पनि लेखक ले धेरै प्रसब पीडा भोग्नु नपरोस... रचना पाठेघर मै अड़की नरहोस...हेहेहे कुरा बुझियो हैन ? ..जहासम्म स्तर को कुरा छ, रचना को स्तर प्रतिक्रया मा पाठक ले गरि हाल्छन...

नेपालियन said...

एकलव्यजी भाषिक शुद्दता औलाइदिनु भएकोमा धन्यबाद। रचना क्रममा परिष्कार पक्कै चाहिन्छ। भाषीक कुरामा योगदान दिन तयार हुनुभएकोमा धन्यबाद।
राजन जी दौतरी सकेसम्म सन्तुलीत नै राख्न खोजेका छौं। सफल असफल तपाइहरुले नै छुट्टाउने हो। शुभकामनाको लागी धन्यबाद।
दिलीप जी ब्लगहरुले नेपाली पन र नेपाललाइ उन्नत दिशामा लग्नुहो। दौंतरी या अरु कुनै ब्लगले नेपालको सहि पहिचान बनाएर देशलाइ केही योगदिन सके त्यो भन्दा खुशीको क्षन त के हुन सक्छ र? आखिर हामी सबै फूल एक माली अनेक हौं होइन र?
बिप्लब जी दौतरी सधै चियाउने गर्नुभएकोमा धन्यबाद। दौतरी चियाए पछी प्रतिक्रीया दिन नभुल्नुहोला।
खुल्लामञ्च जी, तपाइको खुसी संगै हामी पनि उत्तीकै खुसी छौं। आप्पा जस्तै हामी पनि उनि संगै शिखरमा पुग्न पाइयोस। एउटै रचना अन्यमा पस्टींग हुने प्रबिर्तीलाइ सक्दै निरुस्साहीत पार्दैछौं। यस्मा सबैको सहयोग चाहिन्छ।
एकलकाटे जी दौतरी आएको त डेड बर्ष भयो। तर नेटमा दौतरीको उपस्थीती त्यती दिन सकिएको छैन। त्यसैले जानकारी नहुनु स्वभाविक हो। दौतरीको उपस्थीतीलाइ जानकारी दिन पक्कै प्रयास गर्नेछौं। तपाइले भने जस्तै सरल र छिटो खुल्ने तर सामाग्रीले भरपुर , दौतरीको पहिले देखीकै उदेष्य हो। तपाइले मन पराइदिनुभएकोमा धन्यबाद। पक्कै पनि लेख अड्केर प्रसब पिडा भोग्नुपर्ने छैन।
प्रतिक्रियाको लागी सबै मित्रहुरलाइ धन्यबाद तथा अन्य साथीहरुले पनि दौतरीको कार्यदिशा बारे सल्लाहा दिनुहोला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !