May 12, 2009

कहिले आउलाँ त्यो दिन

अनुप गुरुगं
हाम्रो भविष्य सुन्दर बनाउनको लागि हाम्रो पुर्खाले पनि धेरै रगत बगाएका छन् । कहिले २००७ सालमा राणा शासन अन्त्यकाको लागि त कहिले २०४६ सालको जनआन्दोलन र जनआन्दोलन भाग २ को लागि रगत बगाएका छन् आपुनो देशको लागि र हामीले पनि कहिले सम्म रगत बगाउनु पर्ने थाहा छैन । हामीहरु आन्दोलन गर्ने बेला सबै मिल्छौ । अनि हामी देश बनाउनको लागि चाहि किन मिल्दैनौ । के सबै आन्दोलन खाली कुर्सीको लागि मात्र हो र के प्रधानमन्त्रि बन्नको लागि मात्र आन्दोलन गर्ने अनि कुर्सीमा पुगे पछि केही नगर्ने ।

सबै सहमतिमा आएर सहमति गरेर देशको लागि केही गरौ न भन्ने भावाना पनि अलिकति मनमा राखौ न । अनि देश बनाउन तिर लागौ न । अहिले देशमा कतै शान्ति छैन । न कसैले देशको कानुन नै मान्छन् । आजकल त जे गरे पनि बन्द गर्नै बाहैक अरु कुनै बिकल्प नै रोज्दैनन् । बाटोमा केही भयो भने अनि घरमा एक जनालाई केही भयो भने पनि उनीहरु बन्द गर्न अनि तोडफोड गर्न उत्रीन्छन् । उनीहरुले सोच्दैन कि अरुलाई पनि त्यसबाट असर पर्छ भन्ने खाली आपुनो माग पुर्याउनको लागि अरुको अधिकार हनन् मात्र गछैन् । हो आपुनो हकको लागि आवाज उठाउन पर्छ तर त्यो समस्याको समधान सबै बन्दमा नै छ त्यसको केही विकल्प छैन कि हामीले त्यसको लागि केही विकल्प खोज्ने प्रयास नै गरेको छैनौ बन्दले गर्दा हाम्रो देशका अर्थतन्त्र पनि आरालो लागेको छ कति उधोगधन्दा बन्द र धरायसी भएका छन् र कतिको रोजगारी गुमेको छ भने कतिले ज्यान नै गुमाएका छन् । यसरी हेर्दा खेरी आपुनो हितको लागि कतिलाई दुःख दिएका छौ त्यो पक्कै पनि हामी आफैले सोच्न पर्ने बिषय हो । हुन पनि बन्द नगरी सरकारले हाम्रो केही माग नै सुन्दैनन् र आजकल एउटा सानो कुराको पनि माग हामी प्रधानमन्त्री सँग गर्दछौ किनकी जि वि स हरुले केही गर्न नै सक्दैन कि उनीहरुलाई केही अधिकार नै छैन त । उनीहरुलाई पनि अधिकार दिए कसो होला सानो तिनो माग पुराउनको लागि । अब बन्दले मात्र केही हुने वाला छैन । नेपालमा अब बन्द महिनामा १२ दिन बन्द भएन भने पनि अनौठो मान्नु पर्ने अवस्था छ । यो सब हामीले गर्दा भएको हो ।

अब हामीहरु बन्द हडताल छोडेर नयाँ नेपाल बनाउनतिर लाग्ने हा कि देशमा भएको प्राकृतिक सोत्रहरुको सदुपयोग गरेर व्यक्ति धनी हुनु भन्दा देशलाई धनी बनाउने हो कि हाम्रो देशमा के को कमी छ र देशको भएको जलसोत्रलाई राम्रो सँग सदुपयोग गर्यो भने पनि देश धनी बन्छ । अनि देशमा पर्यटकहरुको गन्तव्य स्थान पनि बनाउन सकिन्छ । पर्यटक क्षेत्रबाट पनि हामीले धेरै गर्न सक्छौ । हाम्रो नेपाल सरकारले खाली कर काहाबाट उठाउने भनेर बिदेशीहरुको नक्कल गर्छन् बरु त्यसको सट्टा हामीले विदेशीहरुले कसरी उनीहरुको देशको विकास गरेको छ र कसरी जनताहरुलाई सेवा दिदाँ राम्रो हुन्छ त्यस्तो राम्रो विकासको नक्कल गर्दा कसो होला । अनि देशमा भएको जनशक्तिलाई पनि यो ठुलो ठुलो आयोजनामा मौका दिनु पर्छ । हामीहरु नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु प्नि सक्षम छन जुन काम गर्न विदेशी कम्पनीले गर्छ ।
अब हामी सम्पुर्ण नेपालीहरु मिली नयाँ नेपाल बनाउनलाई एक अर्काको खट्टा नतानी साथ दिनु पर्छ होला । हाम्रो यो खुट्टा तान्ने बानीलाई हटाउनु पर्छ र अब नयाँ नेपाल बनाउन सबै सँग हातेमालो गरी सम्पुर्ण नेपाली एक भई देशको विकास गर्नु पर्छ ।
(अनुपजी को छूट्टै ब्लग पनि छ)



5 Comments:

प्रबिण थापा said...

अनुप जि सर्बप्रथम त धन्यवाद महत्वपूर्ण लेखको लागि!
हो अनुप जि यहाँ बोलिमा सबैको सहमती हुन्छ तर व्यबहारमा सबै आ-आफ्नै स्वार्थका खातिर लाग्छन , सत्ता हडप्ने खेलमा कसैको खुट्टा तान्नु त के राष्ट्रियतालाई नै धरौटी राख्न पछी पर्दैनन यही हो तपाईं हामीले देखेको वास्तविकता। देखिहालियो नि सबिधान सभाको चुनाव अगाडि नेपालमा राष्ट्रिय सरकार कम्तिमा पनि १० बर्ष आबश्यक छ भनेर गफ दिने यि पाजी नेताहरुनै होइनन तर आज हेर्नुस् त सत्ताको लुछाचुडी, यतिबेला देश संकटमा छ उनिहरु रमिता हेरेर बसिरहेका छन। नेपाली जनता सोझा छन जे भने पनि अगाडि लागिहाल्छन सुझबुझ बिना नै र मुठिभरका धुर्तहरुले हामीलाई उपायोग गरिरहेका छन। हाम्रो देशमा राजनीतिको schooling नै यस्तै तरिकाले बिकास भएकोले पनि होला बन्द, हड्ताल नगरि केही लछारपाटो नलागेको तर अब समाजलाई सही रुपमा प्रशिक्षित गर्ने तपाईं हाम्रो दायित्व हो राजनीतिलाई केबल बिकासको खुड्किलाको रुपमा अगालेर। यही गुह्हे नेताहरुको भर परिरहने हो भने भोली हामीले नेपाली भन्न पनि नपाउने दिन आउन सक्छ।

Sabina said...

Huna pani ho anup G tapai le bhannau bhaya kura thick cha. harmo neta haru khali satta ko lagi matar milchana kam garne bela kohi mildaina

Hari said...

lala sabai thik chha ramro chha

HAWA said...

एकदमै असल भावना अनूप जी, अरुले जे गारे पनि हामी रचनात्मक काम हरु गारी नै राखौ... कसो न आउला त्यो दिन ?

Lovlyanup said...

Thanks Sabai sathi haru lai .....

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !