May 18, 2009

राष्ट्रियताको पुरानो अचार, निर्वाचित जन-लठैत र अनन्त शासनको सूत्र ।

Captionजब-जब देशको स्वार्थ भन्दा दलको लक्ष, र दलको सिद्धान्त भन्दा नेताको हठ हावि हुन्छन, तब तब राष्ट्रले अधोगतीको बाटो पहिल्याएको ठोकुवा गर्दा र देश असफलता तर्फ लम्केको उल्टो गिन्ती गर्दा फरक पर्दैन ।

राष्ट्र, जनता वा राष्ट्रिय स्वार्थ भन्दा, व्यक्तिगत रिस ईवी, कुण्ठा र नितान्त व्यक्तिगत आवेग हावी भएर संबिधान बनाउने एकमात्र जनादेश पाएर गठित एउटा मर्यादित संस्था, मूल कार्यलाइ नै थाँती राखेर, देशको सरकार बनाउने र गिराउने अत्यन्त कलुषित कार्यमा लिन भएको यो भन्दा घृणित नमूना विश्वकै ईतिहासमा कहिल्यै नभएको यो अबस्थामा, कसैले आशाका केहि किरण देखेन भने त्यो अनौठो होईन पनि ।

पृष्ठभूमिमा धेरै कुरा भए पनि कटवालको निश्कासन पछि चुलीएको लथालिंग स्थिति र आफु पनि नछाडने र अर्कोलाई पनि नदिने बाँदरबादका कारण अस्तव्यस्त भएको देशको समस्याको मुख्य जिम्मेबारी भने हालको कामरेड सरकारले नै लिनु पर्छ ।

गजब छ हाम्रो देश, देशका सबै नेता र दल संबिधानप्रती प्रतिबद्द अनी संबिधानको संरक्षणमा दत्तचित्त, अनी सबैभन्दा बढी संबैधानिक खिचलो पनि हामिकहा नै । कटवालको निश्कासन-थमौती र माओबादीको बहिर्गमन पश्चात देशको राजनैतिक रंगमञ्चमा देखिएको गाईजात्रे प्रहसनका सबैभन्दा हाँस उठ्ने सम्बाद भनेको यहि ‘सबै गुट र दल अहिले संबैधानिक शासनकोलागी लड्नु’ नै हो !

कटवाललाई हटाउन खोज्नु संबैधानिक, कटवाल नहट्नु पनि संबैधानिक, मन्त्री परिषदको बैठक बोलाएर एक दलीय हठ लाद्नु संबैधानिक, राष्ट्रपतिलाई वाईपास गर्नु संबैधानिक अनि राष्ट्रपतिले पनि आफैं कटवाललाई थमौती गर्नु पनि संबैधानिक । मलाई लाग्दैछ आजकल सायद नेपालमा मान्छे पिच्छेको भिन्दा भीन्दै संबिधान छ । हैन भने दुई विपरित कार्य कसरी दुबै संबिधान सम्मत हुन सक्छन ? ।

मलाई लाग्छ यि सबै प्रकरणमा माओवादीको सत्ता वहिर्गमन मात्रै बास्तबमा संबैधानिक छ। कस्सो, ‘मन नपरेको राष्ट्रपतिलाई किन राजीनामा दिने, हामी जनतालाई नै राजिनामा दिन्छौं भने र खुलामञ्चमा गएनछन हाम्रा जनकामरेड !’ ।

जे होस माओबादी अल्पमतमा परिसकेको थियो र सरकार नछाडे ‘निकालीने’ स्पष्ट थीयो। त्यहि बेलामा कामरेडले फेरी सरकारमा छिर्ने बेलामा पोको पारेर भँडारमा मिल्काईसकेका ‘राष्ट्रवाद’ को पुरानो अचार निकाले: “हामी हस्तक्षेप सहन सक्दैनौ” । बिचरा कामरेड!, उनको यो भनाई दुई दिन पनि ‘हिट’ हुन पाएन । ठाडो हस्तक्षेपको लागि गरीएको उनको अनुनय बिनय तिरस्कृत भएपछि पो उनलाई यो पुरानो अचार याद आएको रहेछ भनेर पत्र पत्रीकामा यत्र तत्र छापीए ।

पुरानो अचार दुई दिन पनि नटिके पछि कामरेडहरुले नयाँ जुक्ती निकाले “हामी संसद नै सुचारु हुन दिंदैनौं, त कसरी बन्छ सरकार ?” अनी फेरी शुरु भयो मर्यादित संसदमा पुगेका सभासदलाई लठैत बनाउने खेल ।

एउटा कुरा भने मान्नै पर्छ, हाम्रा निर्वाचीत लठैतहरु संबिधान लेख्‍न जानुन, नजानुन, संसद अबरुद्ध गर्न माहिर छन ।

बिचमा, जननिर्बाचित लठैतहरुले संसद अबरुद्ध गरी रहँदा फेरी कामरडकै दलका एकजनाले बोल्न मौका पाएको बेलामा के बोल्नु पर्छ भन्ने हेक्का नराखेर हो वा ‘जे बोल्छौं त्यो कहिल्यै गर्दैनौं’ भन्ने प्रमाणीत गर्न हो, भिडको माझमा महानवाणी गरिदिए : माओवादीले संसद अवरोध नगर्ने । मैले सोचें दूर्घटनावस हो या के हो, यो बुद्दी त छिरेछ, बिरोध गर्ने धेरै बाटो छ, संसद नै अबरुद्ध गर्नु पर्ने के जरुरत छ र? । कमसेकम अब संसद चल्ने भयो, तर आज बिहानको खबरले एकचोटी फेरी कामरेडहरुको बोलीको ठेगान हुन्न भन्ने प्रमाणीत गरेको छ । आजको नागरिकको अनलाईन संस्करणमा प्रचण्ड कामरेडको आज पनि संसद अवरुद्ध पार्ने वारेको वक्तव्यको पूर्ण पाठ नै छ ।

ल कामरेड, देश जतासुकै पुगोस, आफ्नो दृण निश्चयलाई नछाड्नुस, जनलठैतहरु परिचालित गर्नुस , अझ अरु पुरान अचारहरु झिक्नुहोस र राजीनामा दिए पनि संसद चल्नै नदीएर नयाँ सरकार गठनलाई बैधानिकता नदीई यही 'संबैधानिक प्रक्रिया' बाट अनन्त समयसम्म आफ्नै सरकार चलाउनुहोस । दुई ठाँउबाट हारेको मान्छे प्रधानमन्त्री हुन मिल्ने देशमा, सत्ता छाडेको सरकारले पनि अनन्तकालसम्म सरकार चलाउँदा केहि फरक पर्दैन ।



2 Comments:

प्रबिण थापा said...

ल ठकरी जि!सबभन्दा मन परेका हरफ्हरु लाइ नै प्रतिकृया बनाइदिए मैले त!
कटवाललाई हटाउन खोज्नु संबैधानिक, कटवाल नहट्नु पनि संबैधानिक, मन्त्री परिषदको बैठक बोलाएर एक दलिए हठ लाद्नु संबैधानिक, राष्ट्रपतिलाई वाईपास गर्नु संबैधानिक अनि राष्ट्रपतिले पनि आफैं कटवाललाई थमौती गर्नु पनि संबैधानिक । मलाई लाग्दैछ आजकल सायद नेपालमा मान्छे पिच्छेको भिन्दा भीन्दै संबिधान छ । हैन भने दुई विपरित कार्य कसरी दुबै संबिधान सम्मत हुन सक्छन ? ।

Lovlyanup said...

HO Tharki Dada..Jo aaucha sarkar matra banauna ko lagi desha ko lagi kehi gardaina ra aaru le garna lagyo bhane pani tyo pura huna didaina.. Party pachi nai pharak cha sabidhan..sabaile aafno tarika le gareka chans..sasad ta purana neta haru le nai sikayaka hun abarod garna ko lagi..uni haru le pani k po garos ra.. ahile sabai milera pheri nepal ma griha yudha garauna lagi pareka chan..
बल्खु मुख्यालयमा उत्ताल जोस र उत्पात उमंगका साथ महाकाली सन्धिको रिहर्सल सुरु भयो । रिहर्सलका मुख्य निर्देशक माधवै थिए । उनले जबजरूपी राष्ट्रवादको ध्वजा उठाए । विदेशी स्वामीप्रतिको भक्तिमा कांग्रेस र राप्रपालाई माथ गर्नु उनको बाध्यता थियो । र नै, शिक्षण अस्पतालमा सुतिरहेका मधौरु मनमोहन अधिकारीको इच्छाविपरीत देवराज दाहालका हातले मनमोहनको भोट खसाएर ट्याक्क बहुमत पुर्‍याइयो । जब दिल्लीका दाज्यैज्यूहरूका पावन चरणकमलमा महाकालीको जल चढाउने नकामको चौतर्फी निन्दा भयो, माधवले त्यस सन्धिको प्रशंसामा आफ्नो प्राविधिक ज्ञानको पोको फुकाए । उनले भने— तिमीहरूले के बुझ्या छौ ? महाकालीको बिजुली स्याटलाइटबाट चीनलाई बेचेर पैसै नाथे त लटालट कमाइनेछ । बेर लाग्दैन, हेरौँला !

सदावहार हरुवा माधवजीको समर्थनमा जोडजोडले ताली बजाउँदै म भन्छु, बरा बनून् । एकचरण सरकार चलाएपछि माओवादी पनि पुरानो भयो । अब सरकारमा पुरानाको निरन्तरता हुनु उचित होइन । अब दुनियाँले झन् पुरानाहरूको नयाँ सरकार देख्न चाहेको छ । सरकार माओवादीको पेवा होइन, खाओवादीहरूको पनि हो । म हात उठाएर भन्छु, माधव नेपालको प्रधानमन्त्रीत्वमा सरकार बनिहालोस् । केपी शर्मा ओली कांग्रेसका, माधवकुमार नेपाल केपी शर्मा ओलीका । कति राम्रो शृंखलाबद्ध मैत्री ! लगाम कांग्रेसका हातमा, प्रधानमन्त्रीको मेवा-मिष्ठान्नयुक्त टपरी एमालेका हातमा । ठीक छ, माधवबाबु प्रधानमन्त्री बनून् । तर, अनस्थित्वका अगोचर भगवान्सँग करजोरी मेरो बिन्ती छ, भोलिको इतिहासमा एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री भएको सरकारलाई भारतीय नेपाल सरकार नभनियोस्

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !