May 14, 2009

ज्ञानेन्द्रको अनुमान सहि निक्ल्यो प्रचन्ड ' र ' का एजेन्ट नै हुन ।

शेखर ढुङेल

०५-१४-२००९

आखिर प्रचन्ड भारत का नयाँ लोन्दुप दोर्जे प्रमाणित भए । ' र ' कै निर्देशन् बमोजिम नेपालको परम्परागत स्थाइ धरातल र आस्थालाई ध्वस्त पारी सके पछी बचेको एक मात्र राष्ट्रिय शेना भित्र कथित नागरिक सर्बोच्चताको नाममा बिद्रोह गराउने र अर्को तिर बिभिन्न जन जाती अनी ' एक मधेष एक प्रदेश को' अन्दोलन गराइ रक्त पात बढे पछी तराइमा भारतीय मूलका नागरिकको सुरक्षाको बहानामा भारतीय शैनिक बोलाउने षडयन्त्रात्मक् चक्रब्युह रचियो तर समयमा नै अमेरिका र अन्य राष्ट्रबादी दलले टेप मार्फत प्रचन्ड को योजना थाहा पाएकाले तत्काल लाई रोकिए पनि खेल समाप्त भैसकेको छैन ।

त्यही योजना सफल गर्न सहयोग नगरेको भन्दै भारतलाई रिष देखाउन राजिनामा दिए । ‘म जस्तो विश्वाश पात्र पाउदा पनि मौका मा सहयोग नगर्ने’ भन्दै  भारतीय दैनिक पत्रीका द हिन्दू  मार्फत गुनासो पोखे । यसबाट स्पष्ट हुन्छ, राष्ट्रबादको खोल ओढेर प्रचन्डले नेपालमा नयाँ लोन्डुप दोर्जेको रुपमा जन्म लिएका छन । शेनामा बिद्रोह गराए लगत्तै तराइमा जातिय दंगा गराउने योजना रहेको छ माओवादीको । त्यसैले आफ्नो योजनामा बाधक देखिएका राष्ट्रपती बिरुद्ध आगो भएर ' र् ' कै निर्देशनमा संघर्ष गरिराखेको एक सुत्र ले बताएको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई माओवादी भारतबाट सन्चालित छन भन्ने थाहा थियो त्यसैले बिश्‍वमा सर्बाधिक आतंक पीडित भारतको आतंककारी पारीभाषामा दोहोरो मापदन्ड किन भनी पूर्व राजा ज्ञानेन्द्रले भारतको नितीको पर्दा फास गर्न खोज्दा भारत चीढियो र मौका पाउने बितिकै उधारो लोकतन्त्र ( उस्कै भाषा )दिने नाममा माओवादी लगायतका दल लाई ( तत्कालिन ८ दल ) भारत बोलाएर राजा ज्ञानेन्द्रको बिरुद्ध मा १२ बुँदे सम्झौता गरायो । माओवादी बाहेक अरु दललाई भारतको यो षड्यन्त्र को भनक समेत भएन । यहाँ सम्मकी पाउने करोड भारतीय लाई नागरिकता बाडियो कसैले चु समेत बोलेन ।

प्रचन्ड को काम जसरी हुन्छ देश तहस नहस पार्ने, सडक र सदन ठप्प पार्ने, देशमा अराजकता फैलाउने, दन्ड हिनता लाई बढवा दिने, संबैधानिक प्रकृया नस्ट पार्ने, जनतामा बित्रृस्णा जगाउने, जातिय सदभाव लाई द्वन्दमा परिणत गर्ने, राष्ट्रिय ढुकुटी खाली पार्ने र अन्तमा देशलाई असफल राष्ट्रको पगरी गुथाइ बिदेशी (भारत) लाई नेपालमा आफ्नो इच्छा बमोजिमको शासित राज्यमा परिणत गराउने त्यो षड्यन्त्र को तानाबना बुनिएको थिएन भने देशको शेना र राष्ट्रपती बिरुद्ध भारतीय बिशेष दुतको माग किन गरे प्रचन्ड ले ? र किन खोइरो खन्दै छन आफ्नै देशको शेना र राष्ट्रपती को ?



14 Comments:

प्रबिण थापा said...

प्रजातन्त्रको दुहाइ दिने,खुब रास्ट्रबादिको रुपमा आफुलाइ प्रस्तुत गर्न खोज्ने तपाईंको लेख पनि अतिबाद् र मनोबादि ढंगले भरिपूर्ण छ, जसका थोरै कुराहरु सत्य भएपनि अधिकांस भ्रमपुर्ण छ।जबसम्म सबै दोष माओवादीलाइ मात्र थुपरेर बास्तबिकता भन्दा टाढा रहेर उ मात्र दोषि अरु सबै पानी माथिको ओभानो बन्न खोज्छन देश भुङ्रोमा परिरहन्छ । सत्य तथ्य सबैको जनतासामु आउनुपर्छ, रजनितिले अभिप्रेरित् राष्ट्रबादको खोक्रा नाराहरु अब च्यातिनु पर्छ, गल्ती यहाँ कसले गरेन? गिरिजाले टनकपुर बेचेको हिजोमात्र हो, एमालेले महाकाली जस्तो बिबादास्पक सम्झौता गरेको हिजो मात्र हो? के ति सबै प्रचन्डको ग्रन्ड डिजाइन थियो? अब गल्तिको प्रायश्चित सबैले नेपालि जनतासामु गर्नु पर्छ ।
पुराना दुश्मनी बिर्सनु पर्छ, सहमति र सम्मानको राजनीतिक संकार बसालीनु पर्छअब अरुलाइ नरामो देख्ने हाम्रो आखा बदलिनु पर्छ,सहि र सत्य कुराको जो जसले गरेपनि प्रसंशा गर्न आफ्नो मन फराकिलो पार्ने बेला आएको छ अबका दिनमा नेपालि राजनिति यसको बिकल्पमा चल्न सक्दैन यो यथर्थताको सबैले मनन गरुन।

पुष्प said...

सही भन्नुभो प्रवीणजी,

वैचारिक भिन्न्ता भन्ने कुरा आफ्नो ठाउँमा छ । देशको सवालमा हामी एक हुनेपर्छ । देशको हीत सोचेका छन् भने पदलोलुप चरित्र छाडेर कांग्रेस, एमाले र अन्य दलहरूले अभिमतप्राप्त माओवादीलाई सरकारको नेतृत्व पुन: दिनुपर्छ ।

Lovlyanup said...

Thick bhannu bhayo Prabina G tapaile.. Huna pani sabai dosa jasti maobadile dine kura ramro hoena.. hola katipaya kura satya. tara dherai kura aasatya nai cha..Hamile dekheko ra bhogeko nai kura ho Nepal ma sabai bhanda dherai sasan chalaune party Nepali kangaress ho.tar tetro barsa sasan garda k garyo kangares le. khali desham bhastchar garne sikaune guru nai kangaresha ho... Girija le pani Lauda Air ma commision khayakai ho..usko palama.. ahile hola marne bela ma kehi ramro kam garnu bhanne..Yadi kangres le pahila nai ramro sasan gareko bhaya aaja maobadi ko janma hune thiyana. Uniharu le pani sena samyojan garera desma kehi garne bichar hola.. ani tyo Maobadi senama bhaya ko uni haru pani nepali nai hun..uni haru pani aafno yogata aanusar army ma ladna pauche adhikar chaina ra..deshama santi huncha bhane kina sena samayojan nagarne....samayojan garera bikasha nirman ma lagaune ho ki harmo sena haru lai pani desha banauna lai... aba sabaile kursi ko lagi bhanda pani desha ko lagi milera hidnu parcha.

gaule said...

lekhak ji le kasto ramro kura ko pardafash garnu bhako.yetro 11 barsa janyouddha garera janta duora nai chuniyera sarkar banaune ra akhir ma tehi india ko hastachhep le sarkar dhaliyo...ra ajaha pani Prachanda "ra" ka agent hun re?? kasto haso uthado ra aadhrahin kuru..Pahila Raja lai harek kuro ma dos lagaunele aba Prachanda lai lagaudai chhan...India ko hastachhep biruddha bolne party lai aja india duora sanchalit re...bharatiya hastachhep murdabad!!!!

kunai din ........ said...

thik bhannu bhayo shekhar ji le prachanda bharat ka egenta nai hun . birodha ta janata lai bebakuf banauna matra ho byabahar hernus na ekatira birodha garne arko tira desha ko sena pati fuskaun bharat sit sahayog magne? prachanda ko yo asaliyat dekher pani bujha pachaune ko ke ausadhi ? unko talim , hatiyar ko bandobasta ra Dilli najikai noyada ma prachanda lai 10 barsa samma jwai palejhai surakshita palne r nai ho . arko kura hasiya ra hathauda ma prajatantra dekhne prabin ji haru ko aakha khulnu pardachha

Anonymous said...

aru lai dosha diera afu chokhine nepali ko achamma ko bani chha . kangres le desh ra nepali ko biruddha ma gareko aparadha maobadi ko tulana ma 99 guna kama chha . hamro mukya dheya loktantra , manabadhikar ra dandahintaa ho prachanda ko sasan ma tyo khoi?bolne euta garne arko ? desha asafal bhae pachhi kasalai faida pugda chha ?tarai ko samasya kasle uthayo ? jatiya sadbhab kasle bigaryo ? afno adhikar ko lagi arkako ghati retne sidantkasko ho ?birodhi ko pattasaf garne le kasto sasan dincha ra kuna artha ma manis le maoist lai samrthan gardai chhan ke kutne lutne retne subudha ko lagi ?

पीजी said...

प्रचण्ड "र" का एजेन्ट होलान जस्तो मलाई लाग्दैन तर एउटा कुरो ठोकुवाका साथ के भन्न सकिन्छ भने माओबादि, कांग्रेस, एमाले सबै पार्टी भित्र "र" का एजेन्टहरु छन । मन्त्रालय भित्र छन, पुलिस, सेना जताततै छन । "र" ले बाटो हिड्नेलाई बोलाएर तक्मा दिने काम पक्कै गर्दैन बरु अलिकति हैसियतमा पुगेकालाई हरियो घांस देखाएर आफुतिर तान्छ र हामी बिदेशीका लागि रगत बेच्न तयार नेपालीहरुलाई "र" को भत्ताको पछि लाग्नु कुनै अनौठो हैन ।

मलाई भारत विरोधी कुनै संगठनमा लागेका एकजना मित्रले कुनै दिन भनेका थिए मिर्जा दिलसाद बेग पनि भारतिय एजेन्ट हुन । हुन पनि हो जस्तो लागेको थियो, नेपाली भुमिमा त्यो पनि भारतिय बोर्डर नजिकको क्षेत्रमा वास्तविक भारत विरोधी २ दिन पनि टिक्न सक्दैन नेता बन्ने त कुरै पर जाओस । तर जब एजेन्टको रोल सकिन्छ त्यसको अन्त्य काठमाडौको मुटुमा पनि गर्न सक्छन ।

मेरो भन्नु के हो भने धेरै राष्ट्रियताको खोल ओढ्नेहरु नै पर्दा भित्र अन्य देशका मोहराहरु हुन्छन ।

अन्तराष्ट्रिय स्तरमा कुरा गर्ने हो भने नेपालले भारत भन्दा पनि माथि पर्ने गरि आफ्नो ओजपुर्ण छवि र कुटनीति प्रस्तुत गर्न सकेको मलाई पनि लागेको र धेरैले गर्व गरेको एउटा उदाहरण ज्ञानेन्द्र तथा नेपाली प्रतिनीधि मण्डलको ढाका सार्क सम्मेलनको प्रस्तुती हो । चाहे गिरिजा होस या माधव होस या प्रचण्ड होस, विदेशमा राष्ट्र प्रमुख भएर जांदा त्यसले नेपालको प्रतिनिधीत्व गरेको हुन्छ । नत्र अरु सवैको ताल हेर्दा एजेण्ट नभए पनि कुर्सीको लागि निहुरेकाले एजेण्ट हुन कि जस्तो भान हुनु स्वाभाविकै हो ।

प्रबिण थापा said...

कटुन्जे ढुङेल जि! कुरो हसियाँ र हथौडा मा प्रजान्तन्त्र हुन्छ कि हुँदैन भन्ने होइन, नियत कसको कस्तो छ भन्ने प्रधान हो, यदी तपाईं एउटा सामान्य व्यक्ती म जस्तै हो भने यो कुरा बुझ्नु आबश्यक छ राजनीतिक दलको टिका निधारमा हामीले लगाएका छैनौ, भोली जसले राम्रो गर्छ त्यो नै हाम्रो चाहे हसिया हथौडा होस् चाहे चार तारा। लेखमा कति सत्यता छ भन्नेमा मेरो बिपत्ती हो । देश बलेको अवस्थामा तपाईं हामी जस्ता अलिकती केही बुझेका तप्काले मलम लगाउने प्रयास गर्नु ठीक कि घिउ थप्नु ठीक तपाईं नै भन्नुस!
वास्तवमा मेरो होइन आँखा तपाईंले खोल्नु पर्ने बेला भएको छ, बिरोधको लागि वीरोध गर्ने तपाईं जस्ताको प्रबृती नेपाली राजनीतिमा पनि हावी छ त्यो बद्लिनु पर्छ, आफुलाइ फुल र अरुलाइ काडा देख्ने तपाईं जस्ताको नजरमा परिवर्तन आबश्यक छ, ठेट कुरो हामीलाई शान्ती, सुशासन र प्रजातन्त्र चाहिएको छ, यो हामी सबैको साझा माग हो तर त्यो माग सबै राजनितिक दलहरुको सहमती बिना हालको अवस्थामा असम्भब छ, यो एउटा यथार्थ माथि तपाईं हामीले नजर अन्दाज गर्न मिल्दैन, दोष माओवादीले मात्रा होइन, काङ्रेस, एमाले लगायतका सबै दलहरुले लिनु पर्छ र आगामी दिनमा देशलाई सही दिशातर्फ मोड्न सक्नुपर्छ।

Postak Shrestha said...

आनी चोईंग डोल्माले कतै भनेकी थिईन-अंध्यारोको बिरोधमा धेरै समय खर्चनु भन्दा उज्यालो कसरी पार्ने त्यता तिर सोचौं।

Luna said...

मनकै कुरा भनिदिनु भो प्रबिण जि र पुष्प जि ले । धन्यवाद धेरै ।

Samyak said...

हँसिया हथौँडामा प्रजातन्त्र हुन्छ कि हुन्न भन्ने तर्कको कुनै जरूरी छैन । त्यस्तो भएको छैन र हुँदैन। हुन्थ्यो भने पुर्वी युरोपेली मुलक र रसिया किन पतन भए, बर्लिनको पर्खाल किन प्रतीक बन्न पुग्यो , आज क्यूबा र उत्तर कोरिया किन त्यो दुर्गतिमा छन् भन्ने कुरा हँसिया-हथौडाधारी मित्रहरू संग बुझ्न पाए हुन्थ्यो !

अर्को कुरा मेरा कतिपय मित्रहरु नेपाललाई माओवादी जनगणतन्त्रमा डुबेको देख्न चाहन्छन् तर आँफू भने हरेक किसिमका कीर्ते कागजात तयार पारेर भए पनि अमेरिका,युरोप, अष्ट्रेलिया ( बेल्जियम पनि ) पूँजिवादी मुलुकमा भासिएर हराउन चाहन्छन्, किन यस्तो बिडम्बना ?

यदि कम्युनिज्म त्यति असल व्यवस्था नै हो भने , हाम्रा जनवादी मित्रहरूले पनि 'क्यूबा', 'किमइलजोङ वाला कोरिया' आदि मुलुकहरूको चमत्कारी विकास , प्रगति र उच्च जीवनका उदाहरणहरुको अनुभव बाँडेर हामी जस्ता अबुझहरूको मानसपटलमा घाम लगाइदिए हुन्थ्यो नि !

नियतको कुरा गर्ने हो भने, मेरो विचारमा आस्थाका आधारमा मानिसको कत्लेआम गर्ने र आफ्नो मनमौजी तवरले अनेक थरिका कारवाही गरी मानिसको जीवन बाँच्न पाउने अधिकारलाई थिलोथिलो पार्ने माओवादीहरूको नियत अत्यन्त दुष्ट्याईँपूर्ण छ । अरू दलका नेताहरूले भ्रष्टाचार गरेका छन् , देशको पैसा खाएका छन् , लूटेका छन् । तिनलाई ठिक पार्न पर्छ । तर माओवादी जसले देशको खरबौँ लूटेको छ, खरबौँ ध्वस्त पारेको छ अनि लाखौँ जीवन तहसनहस पारेको छ र भोलि आफ्नो पार्टीको एकाधिकारवाला राज्यव्यवस्था कायम गर्न राज्ययन्त्र्का प्रतेक पक्षमा हैकम कायम गर्दैछ , यसको नियत सफा छ । भ्रष्ट्याईँ र दुष्ट्याईँको सदरमुकामको पक्षमा उभिएर नियत र सोचको बारेमा बहस गर्न खोज्नु फजूल आडम्बर सिवाय केही हुन्न, महाशय । यो आडम्बरबाट निस्कन चाहनेलाई मेरो सुझाव छ, कृपया कम्युनिज्मको बहस गर्नेले साम्राज्यवादी र पूँजीवादी दानापानीबाट निर्लिप्त बनेर , उसैको आँगनमा उभिएर पक्षपोषी बन्दा तर्कमा मजबूति हुन्छ

बिप्लब said...

समयक तपाइले कमिन्युष्टको डाड होइन टाउकोमा हान्नुभयो। मान्छे अझै भुल्दैछन र्वी युरोपेली मुलक र रसिया किन पतन भए, बर्लिनको पर्खाल किन प्रतीक बन्न पुग्यो , आज क्यूबा र उत्तर कोरिया किन त्यो दुर्गतिमा छन्। अन गांठी कुरो त ती बामपन्थी मित्रहरु नेपाललाई माओवादी जनगणतन्त्रमा डुबेको देख्न चाहन्छन् तर आँफू भने हरेक किसिमका कीर्ते कागजात तयार पारेर भए पनि अमेरिका,युरोप, अष्ट्रेलिया ( बेल्जियम पनि ) पूँजिवादी मुलुकमा भासिएर हराउन चाहन्छन्।
कुरो चपाउदै प्रचण्ड जसरी अन्ट सन्ट बोल्दै अरुलाइ जाल झेलमा पार्ने की सफा चट कुरा गेरर यसो को यसो भनेर बोले अनुरुप गर्ने त्यस्ता महाशय बाट जान्न पाए कस्तो हुन्थ्यो होला?

Anonymous said...

yo dautari lai dautari nai banna diu bolne ra lekhne adhikar ko samman garau. kunda kunda pani munda munda buddhi chitta nabujhe santa rahan sikau tallo starma utrina english ko abcd samma lekhne lai suhaudain. tarka sangat rupa le bad bibad garer asali nam ma prastut hunda nama rakhi dine babu ama ko pani ijjat rahanthyo ki ?

Postak Shrestha said...

वास्तवमा साम्यबादले बर्गबिहिन समाजको कल्पना गरेको हो। मजदूरहरुमाथि मालिकहरुको चरम् शोषण थिचोमिचो, उत्पादनमा मालिकहरुको मात्र स्वामित्व त्यस्तो अवस्थामा साम्यबादको सिद्धान्त प्रतिपादित भयो र लेनिनले त्यस्को प्रयोग गरे। तर सर्बहाराको अधिनायकबाद लागु गर्ने नाम मा साम्यबादी नेताहरु अधिनायकबादी हुंदै गए । ऊत्पादनमा सबैको समान हक, निजी स्वामित्वको अन्त्य र कम्युन प्रणाली जस्ता सिद्धान्तले उत्पादक्त्व ब्रिद्धी गरेन र मानव अधिकार, प्रजातन्त्र जस्ता कुराहरुलाई दबाउदा साम्यवाद असफल नै भयो। तर पूंजीबाद पनि पहिलेको अवस्थामा छैन र यसले धेरै सुधार गरेको छ र मजदूरहरुमाथि थिचो मिचो, शोषणको अवस्था पहिले जस्तै रहेन। नेपालको सन्दर्भमा भन्ने हो भने कतिपय साम्यबादी कार्यकर्तालाई बर्लिनको पर्खाल वा क्युवा कहांछ भन्ने कुरा पनि थाहा नहोला र उत्तर कोरिया वा क्युबाको आर्थिक बिफलताको कथाले उनीहरुलाई साम्यवाद प्रती बिकर्षण तुल्यांदैन। नेपालका साम्यबादीहरु नेपालमै पैदा भएका हुन र त्यो पैदा गर्न नेपालकै राजनैतिक्, आर्थिक, सांस्कृतिक अवस्था जिम्मेवार छ। मेरो घर खेत खाई दिनेलाई नेपाली कांग्रेस वा रा.प्र.पा जस्ता पार्टीहरुले सरंक्षण गरिदिन्छन् भने निस्चित रुपमा म अमेरिका वा यूरोपको पुंजीवादलाई हेरेर नेपालका कांग्रेस वा रा.प्र.पालाई भोट हाल्न सक्दिन। पंचायत, कांग्रेसहरुले ठूला ठालु हरुको बर्गको प्रतिनिधित्व गरेकोले नै नेपालमा कम्यूनिष्ठहरु मौलाएका हून्। मार्क्स र लेनिनको बेलाको पूंजीबाद भन्दा अहिलेको पूंजीबाद धेरै फरक छ र साम्यबादीहरुले पहिलेकै नजरले यसलाई हेरिरहन हुंदैन। तर पुंजीबादलाई बेलागामको घोडा जस्तो छोड्दा अहिलेको आर्थिक बिप्पति पनि आएको हो। तल्लो तहको कर्मचारीको तलव ब्रिद्धी गर्द प्रती घण्टा १५-२० सेन्ट गर्ने तर एउटा मिटिङमा जान पर्दा सीईओहरु जहाज चार्टर् गरेर जाने प्रब्रिती पूंजीबादमा छदैछ। नेपालका साम्यबादीहरु परिवर्तन हुंदैछन। माओबादीहरु जंगल छोडेर खुला राजनीतिमा आउनु पनि ठूलो उपलब्धी हो र उनीहरुलाई फकाएर, फुल्याएर, संगै लिएर हिंडेर कसरी हुन्छ मूलधारको राजनीतिमा ल्याउन सकिन्छ, त्यतातिर सोच्न राम्रो होला। माओबादी परिवर्तित् हुन जसरी जरुरी छ, त्यसरी नै अन्य पार्टीहरु र नेताहरु पनि परिवर्तित हुन त्यत्तिकै जरुरी छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !