May 21, 2009

खुल्ला किताब

आचार्य प्रभा
(अमेरिका )

खुल्ला किताब सम्झिएर पढ्न खोज्यौ कि ?
बिझाउने काँडा बनी गड्न खोज्यौ कि ?

रोकिएका पाइलाहरु अघी सार्न खोज्दै
मेरो हात समाइ अघी बड्न खोज्यौ कि ?

आफ्नो ब्यथा लुकाएर मनभित्र भित्रै
मेरो पीडा पैंचो माग्दै लड्न खोज्यौ कि ?

शितल त्यो मनभित्र किन राप पाल्छौ ?
मेरो मनको ताप लिइ डढन खोज्यौ कि ?






4 Comments:

wordflows said...

ramro chha

बिप्लब said...

राम्रो त भन्नुभयो तर कबिता खुलै किताब रहेछ। कती बेब साइटमा हो यो कबिता? म त त्यती बिधी केही देख्दिन है।

HAWA said...

हैन कसलाई भन्नु भा को होला प्रभा जी ले ?...किताब बंद भये नि खुल्ला भये नि आफु त पढ़न दाश परियो... के गर्ने...पडिन्छ

acharya prabha said...

jiwan khulla kitab pani ta ho yasbhitra sukha dukhkaa shabdaharu sametiyeka hunchhan jaslaai sabaile padna sakchhan share garna sakchhan.je artha laaye pani hunchha aakhir yo kewal bhawanaa matra ho mero.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !