April 6, 2009

नआएको भए हुन्थ्यो

प्रबिन थापा
बेखबरलाई खबर बनाएर
अखबारहरु रङगाउन
अक्षरहरु पड्काउन
बुद्धको धुजी उडाउन
सगरमाथाको शिर नुगाउन
उही पुराना कुरा,पुरानो भाषण
प्रजातन्त्रको नाममा निरंकुश शासन
उस्तै आतंक,पुरानै भ्रष्टचार
उही हत्या,हिंसा, बलत्कार
बिक्रिती नै बिकृतिको
आयतन बढाउन
अधिकारको नाममा
सभ्यता बिर्साउन
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।

बाँच्ने आशाहरु देखाउदै
पल पलमा मार्नलाई
जितको मिठो आश्वासनमा
सधैं हार्ने पार्नलाई
बेश्रीङ्खलित बाटाहरुमा
श्रीङ्खलाबद्ध पिंडा छर्न
परिचित घुम्तिहरुसँग
अपरिचित भएको नाटक गर्न
हजारौ अब्यक्त्त बेदनाहरु बोक्दै
मनका उच्छबासहरुलाई कैदी बनाउन
सपनाहरुलाई लास बनाउदै
मसानघाटमा रमाउन
शुन्यता भित्र जुरमुराउदै
विश्वाशको यथार्थतालाई कुल्चेर
अन्धबिश्वाससँग लुकामारी खेल्न
सम्भाबित दुर्घटनाको आधारशिबिरबाट
लामो मानबताको खडेरी बोकेर
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।
नआएको भए हुन्थ्यो यो नयाँ बर्ष।।


2 Comments:

Yumesh Pulami said...

निकै आशा हराएको
निराश मा डुबेको - नया बर्ष नआएको नै जाती तर यी सब हतासलाइ हटाएर उमंग र सफलता लिएर आओस नया बर्ष | - प्रबिन थापा जी - धन्यबाद !

Anonymous said...

Mitra Thapaji ko kabita trisuli jastai gahiro dhar liyar ageko chha. Nepal ko katu yatharthlai aftmasath gardai salal bageko chha.
Kabi thapa ji man sangai dheraiko man Nepal ko abastha dekher niras chha. Taipani Aasha nai jivan ho, teskarn bhabisema ramro hola bhanne kamana gardai agadi janu yak bibastha bhaneko chha........................

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !