April 27, 2009

दैव रित्तो हात भयो

सुमान बगाले
सुमनसुधा
आबुँ खैरेनी तनहुँ

पात झरेर के हुन्थ्यो फुल झरेर घात भयो
उनी सानी म ठुलो दैव रगतको जात भयो

रनवन डुली गाइ चराउदै लाएको माया पि्रित
पापी रगत जातको दैव दुइ दिनको साथ भयो

ओत वश्त्र लगाएर एक हुल जोगी आए भन्थे
भित्रै खाडल खनी दैव उनीलाइ पुर्ने बात भयो

न्यायको तराजु कोल्टाएर माफी दिए दोषीलाइ
मर्दा जति जलाइदिए दैव नामर्दाको खात भयो

चोखो माया लाएपछि जुनीभरलाइ हुन्छ भन्थेँ
विना राता छिनछिन चुरी दैव रित्तो हात भयो ।



2 Comments:

प्रबिण थापा said...

Nice but i m feeling some difficulties to read some lines. keep it continue.

नेपालियन said...

सुमन जीको प्रम सम्बन्धी गजल सधै बेजोड हुने गर्दछ।
यस पटकको पनि सटिक छ। लास्टको सारै मन छोयो।
चोखो माया लाएपछि जुनीभरलाइ हुन्छ भन्थेँ
विना राता छिनछिन चुरी दैव रित्तो हात भयो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !