April 13, 2009

आऊ तिमी नयाँ वर्ष


नयाँ वर्ष
आऊ !
हिजोका तितापलहरु बिर्सेर
हत्केलाभरी भिजेका
रगतका छापहरुलाई मेटाउदै
अञ्जुलीभरि प्रेमको फूल रोपौ !
एकअर्कालाई प्रहार गर्न
तम्सिएका हाम्रा मृत्युवाणहरुलाई
फ्याकेर
आजको यो रातमा
जीवनको लागि हात मिलाऔ!!


भोलिदेखि शुरु हुने हाम्रा बिहानीहरुमा
कसैको क्षुद्र दृष्टि पर्न नसकोस
भोलि उदाउने हाम्रो चम्किलो सूर्यमाथि
दुखको बादल मडारिन नपाओस!


भो पुग्यो!
ति विह्वल रातहरु
भयंकर अमानुषी परिवेशहरु
जर्जर र मृत्युदायी पलहरु
आफ्नाहरुको बिछोडको पिडा,
कष्टपूर्ण जीवन
नदोहरियोस फेरि!


आत्मियतालाई टुक्रा टुक्रा च्यातेर
स्वार्थको युद्द लड्नु अघि
हामीले सजाएको फूलबारी
सुगन्धित छ अझै
हामीले टेकेको माटो
पैतलामा भेटिन्छ अझै
हामीले साटेको प्रीति
प्रतिबिम्बित छ आँखामा अझै
हामीले पूजेकी आमा
मन-मन्दिरमा सजिएकी छीन अझै
आऊ!
मिलेर दियो बालौ
निभ्न नपाउदै दियो
प्रेमालिंगनले ज्योती थपौं
नढल्दै यो प्रहर
अखण्ड भ्रूणको सृजना गरौ!
ताकि,भोलिका नयाँ दिनहरुमा
कोही गर्भमै टुहुरो हुनुनपरोस
सृजनाका कोपिलाहरु
सेचनको आभावमा
नफक्रिदै ओइलाउनु नपरोस
मायाका सुन्दर रहरहरु
कसैको अपृय दृष्टिमा झर्नु नपरोस्!!

नयाँवर्षमा स्वागत छ तिमीलाई
नितान्त नयाँ रंग बनेर आऊ
फुस्रिएका यि भविष्यका रेखाहरुमा
अमिट सुनौलो रंग भरौं हामी!

भोलि बिहान
धरतीमा टल्कने
अशंख्य शीत थोपा जति
शुभकामना तिमीलाई
भोलिको सुनौलौ मिर्मिरे संगै
आऊ तिमी नयाँ वर्ष बनेर
स्वर्णिम भविश्यको लागि
मिलेर हामी प्रहारको सामाना गरौं
ताकि,
कोही मित्रको मुखुण्डो लाएर यहाँ
ढाडमा तिर रोप्न नसकोस्
कोही शुभ-चिन्तकको बाहानामा यहाँ
मुटु छेड्न नतम्सियोस्!!
-आश्मा


8 Comments:

Anonymous said...

wa wa wa...
nice one keep it up.

Unknown said...

नयाँ वर्षको आसपासमा देखिएका नयाँ वर्षको निमित्त लेखिएका मध्ये यौटा राम्रो कविता !

सम्पुर्ण दौंतरीहरुलाई नयाँ वर्षको शुभकामना !

Anonymous said...

It is profect poem and keet it continues

वसन्त बलामी said...

नव वर्षको स्वागतार्थ लेखिएको कविता साह्रै राम्रो छ । दौँतरी समूहलाइ नयाँ वर्षको शुभकामना ।

Luna said...

nice one !
keep it up !

प्रबिण थापा said...

nice! keep on continue. happy new year to all once again

Anonymous said...

धन्यवाद हजुरहरुको प्रेरणादायी प्रतिकृयाको लागि!दौतरीमा धेरै समयपछि शुभकामना स्वरूप प्रस्तुत गरेकी थिए--मनपराउनु भयो खुशी लाग्यो-एकपटक फेरि नयावर्षको शुभकामना संपूर्ण दौतरी मित्रहरुलाई!!
-आश्मा

Yumesh Pulami said...

रमा जी को कवितामा, निकै सुन्दर शब्दहरुको अशल कामना रहेकोछ - यही कमानाहरू पूरा होउन - नया बर्ष को यही छ मेरो तपाई लगायत सम्पूर्ण मित्रहरुलाई शुभकामना - धन्यबाद !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !