April 1, 2009

कोशीस

शेखर ढुङेल
०३-२९-२००९
सम्झौता गर्न खोजे
आगो सित
खोइ त्यो चिसो भएन
सम्झौता गर्न खोजे
नदी सित
खोइ त्यो बग्न छाडेन
सम्झौता गर्न खोजे
पहाड सित
खोइ त्यो झुक्न मानेन
सम्झौता गर्न खोजे
स्वाभिमान सित
खोइ त्यो बिक्न मानेन
सम्झौता गर्न खोजे
आसु सित
खोइ त्यो झर्न छाडेन
सम्झौता गर्न खोजे
दु:ख सित
खोइ त्यो हास्न खोजेन
सम्झौता गर्ने खोजे
स्वार्थ सित
खोइ त्यस्ले त्याग गरेन
सम्झोता गर्न खोजे
समय सित
खोइ त्यस्ले रोकिने नामै लेन
अन्तिम मा
सम्झौता गर्न खोजे
मृत्‍यु सित
खोइ त्यस्ले कुनै शर्त रोजेन


8 Comments:

Luna said...

कबिता राम्रो लाग्यो शेखर जि ।
( नेपाली ढाका टोपी सँग त सम्झौता गर्नु भयो नि ! उु त कतै थन्किएर बसिदिन मानेछ त ! ढाका टोपिले पनि सम्झौता गर्न नमानिदिनु पर्ने ! कस्तो सुहाउने ढाका टोपी ! )

प्रबिण थापा said...

लौ लुना जि ले त अति नै गर्नु भो ढाका टोपिको बारेमा लौन शेखर जि फेरी सिउरिनुपर्‍यो ।मलाई पनि मन पर्छ क्या तपाईंको ढाका टोपी । अनि कबिता सार्है मन छुने छ, मन पर्‍यो मलाई त ।

dada_pari said...

दौतरी हेर्छु त केबल शेखर जि को लेख पढ्नलाई क्या लेख हुन्छ अनि क्या शब्दहरु सधै नया लेख को आसा म हुन्छु । ल हजुरका हातहरु सधै लेख्न अगि सरि रहुन शुभकामना हजुर को खुबिलाइ.....

Anonymous said...

वा वा वा ........
है सम्झौत पनि के चिज हो यस्तो । सहमतिमा आउनै नखोज्ने बिग्रने मति नि कि कसो हा हा हा हा.... अरु त तेस्तै हो लुन जि को कुरा मानेर ढाका टोपिसग सम्झौत गर्ने कि हुन्न र शेखर् जि....

Anonymous said...

nice,kati mitho lekha huncha hajur ko
keep it up....

np said...

शेखर जि को लेख राम्रो त हुन्छ नै यस्म कुनै दुई मत छैन । मैले यसो बिचार गरेको शेखर जि को लेख नाआउदा दौतरिका दौतरि पनि अलि कम भय जस्तो लाग्यो । अब लुना जि कै कुरा गरौ न उहा पनि बिचमा हराउनुभको थियो । तेओ त काम बिसेस होला..... मैले यहा दर्साउन खोजेको कुरा यो होकि सबैजना स्तरिय लेख पद्न रुचाउछन लुना जि पनि सायद तेस्तै रुचाउनु हुन्छ होला । दौतरि परिवार स्तरिय लेख मा लागि परोस आफ्ना अझ छरियर रहेका दौतरि बटुल्न ढिला नगरोस हरेक दिन नया शेखर को जन्म होस दौतरिमा शुभकामना......
जय हो.......

Luna said...

साच्चै को कुरा त भन्नै पर्‍यो नि होइन त प्रबिण जि ?
फेरी बहाले यस् पटक पनि --- किन जिस्काउछ मलाई भनेर कबिता लेख्नु पो हुने हो कि !
सत्य ! सत्य ! कत्ती पनि नजिक्स्काइ भनेकी हुँ मैले , शेखर जि लाई नेपाली ढाका टोपी असाध्यै सुहाउछ । बहाको ब्यक्तित्ब नेपाली ढाका टोपी मा यती खुल्छ कि यहाँ म के बयान गरु !
धेरै अघी खै कुन चाँही पत्रीकामा हो , पत्रीका को नाम त भुले ! त्यती बेला त्यो पत्रीका मा एउटा मान्छे को लेख देखेकी थिए , तिनको शिर मा नेपाली ढाक - ढाका टोपी थियो । सत्य ! मैले त्यो ढाका टोपी हेरेर नै उन्को लेख पढेकी थिए । पछी पो हाम्रो दौतरी मा उनलाई देखे । बहा त शेखर जि हुनुहुदो रहेछ । मैले त्यो लेख पढ्दा पनि बहाको नाम हेरेकी थि ई न् । पछी हाम्रो दौतरी मा चाँही हे रे । अहिले त बहा लाई कहिल्यै नदेखे पनि देखे झै लाग्छ । चिने झै लाग्छ । नजिक झै लाग्छ ।
उसो त ब्लग मा आउनु हुने सबै उस्तै लाग्ने रहेछ । अब प्रबिण जि कै कुरा गरु ! न कहिले देख्या हो न चिने कै नै । तैपनी कत्ती कुरा मा ( सप्पै त होइन तर पनि केही त्यसतै बिषय मा ) भाबना मिलेर , बहा मलाई पट्ट्क्कै नचिने को जस्तो लाग्दइन । अब हाम्राइ ठ र कि दा को कुरा पनि त्यस्तै । अस्तिनै कुन चाँही कबिता मा पेय प्रदार्थ लाई लिएर लेख्नु भएको थियो , त्यो बहाको कबिता पढे पछी २-३ दिन सम्म म सोच मग्न भ ई रहे । कहिल्यै नदेखेको मान्छे को बारेमा नाना भाती सोच आ ई रह्यो । माया लागि रह्यो । पछी मन बुझाए आँफै धत ! त्यो त कबिता न हो , बहाले कबिता लेख्नु भो शायद कसैको जिबन हेरेर । यसरी मन बुझाए ।

kunai din ........ said...

coment lekhnu hune sabai shubha chinta maa chaite kangress aachi chaite dasai ra 66 saal ko naya saal ko shubhakamana falos fulosa najharos.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !