March 14, 2009

धेरै दिन भो झन्डा यो नदेखेको


अपडेट: नेपालको श्रद्दाको निम्ती भोकाएका संपूर्ण नेपालीलाइ आज सौभाग्यो मिल्यो दशरथ रंगशालामा। खेलको नब्बे मिनेट र पून थपिएको ३० मिनेटमा गोल नभए पछि पेनाल्टी सुट भएको थयो। पहिला दुइ पेनाल्टी सुट गोलमा परिणत भएर बराबरी भएता पनि त्यस पछीका बललाइ नेपालीहरुले गोल गर्दै रहे,श्रीलंकालीहरुले बल पोस्ट बाहरी हान्दै गए। श्रीलंकालीहरुहरुको दुइ गोल पछी लगातार ३ बल पोस्ट बाहिर गए भने नेपालीका ४ बल सिधै गोल पोस्ट भित्र छिरे। नेपालले अन्तीम बल त हान्नै परेन, जित सुनीस्चीत भइहाल्यो।

रंगशाला "नेपाल, नेपाल.....भनेर गुन्जीहाल्यो। अनि त दर्शकहरु बार नै नाघेर खेलमैदानमै खुशी मनाउन पुगीहाले। यसरी नेपालको राष्ट्रिय टिम नेपाल रातोले श्रीलंकाली राष्ट्रिय टिमलाइ ४-२ को फराकिलो अन्तरले २० हजार भन्दा बढि दर्शकको अगाडी पुन नेपालको झन्डा गर्वका साथ फहराउनदिन सफल भए।

हारे पनि देश हाम्रै हो, टिम हाम्रै हो तर जितका साथ साथीहरुसंग आफ्नो देशको झन्डा मूनी सुख बाड्नु समय सजिलै काहां पो मिल्छ र? जितका साथ दर्शकहरुले सम्यताका साथ मनाएको खुशि पनि प्रशंसा योग्यो रह्यो। यसरी नेपाल अघी अघी संयमका साथ हामी पछी पछी रहने हो भने नेपाली पून एक भएर समृद्ध नेपाल बनाउन समय लाग्ने छैन। नेपालको जितको खुशीयालीमा दौतरीका संपूर्ण मित्र हरु सित खुशी बाड्न चाहान्छू। यसरी नै नेपालको लागी बेला बेलामा खुशी बाढ्न पाइयोस, हामी सबैलाइ बधाई।

ब्लग लेख्न बस्यो प्राय यस्तो भएन उस्तो भएन, यस्तो गर्नु पर्ने थियो। यस्तै यस्तै कुरा लेख्दा कहिले काही करकश लाग्ने गर्छ। हुन त बिभिन्न खाले कुरामा पनि ब्लग नलेखेको होइन तर मन नै दंग हुने गरी नेपालको बारेमा दौतरीमा कहिल्यै लेख्न पाको होइन। तर आज दिउसो नेपाली पत्र पत्रीका पढेपछी भने तुरुन्तै ब्लग लेखौ जस्तो लागेको थियो। ब्लग सामाग्री देखेर कुरा बुझिहाल्नुभयो होला। यो ब्लग पनि नेपाल कै बारेमा हो तर संपूर्ण नेपालीको शिर उचो हुने बिषयमा हो यो। अझ भनौ न नेपाललाइ बिभिन्न क्षेत्रमा बाड्ने कुरो चलिरहेको बेलामा एउटै देश हुनुको आनन्दको चर्चाको बिषयमा हो यो। बन्द,हडताल र माओबादी युद्दले नेपालको जनजिवन नै तहस नहस भएको बेलामा नेपाली खेलकुदको के हविगत भयो होला। नेपालको खेलकुदमा एकदमै कम बजेट छुट्टिने गर्छ। यसरी सिथील बनेको नेपाली खेलकुद पून जुरमुराएको छ फुटबलबाट। नेपालमा भैरहेको पहिलो प्रधानमन्त्री कपम फुटबलमा नेपाल रातो ले थाइल्यान्डको जे डब्लु क्लबलाई शुक्रबार २-० ले हराउँदै प्रथम प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको फाइनलमा पुगेको छ। यसरी खेल जितर नेपाल रातोले दर्शकको मन मात्र खुशी पारेन, नेपाल र बिदेशमा बसेका संपूर्ण नेपालकीको मन खुशी तुल्लायो। पुन नेपाली एक भएर खुशी भए। शुक्रबारको सेमीफाइनल लगत्तै शनिबार हुने फाइनल खलेमा भने नेपालका तर्फबाट दुवै गोल गरेका अनिल गुरुङ र दोस्रो गोलको अवसर सिर्जना गराएका जुमानु राईले घाइते अबस्थामा उत्रने छन।

अब भोली हुने खेल मा नेपाल रातो श्रीलंकाली राष्ट्रिय टिम बिरुद्द उत्रने छ। सबैको आशा अनुरुफ नेपालले कडा खेल खेलेर श्रीलंकाली राष्ट्रिय टिमलाइ बिशाल अन्तरले हराओस। र यही अबसरमा पुन संपूर्ण नेपाली एक भएर खुशी मनाउन पाइयोस। लामो सम्म यसरी नेदेखिएको चन्द सुर्य अंकित रातो झन्डा पुन नेपालीको हातमा फरफराएको देख्न पाइयोस। नेपाली हुनुमा सधै गर्भीत हुने मौका मिलिरहोस।



7 Comments:

Aakar said...

बधाइ छ, नेपाली टोलीलाई ।

Anonymous said...

नेपाली झन्डा फहराएको देख्न पनि साच्चै रहर नै भएछ !
यो ब्लग हेर्ने बित्तिकै आँखा त पहिल्यै हाम्रो नेपाली झन्डा मा पुगी हाल्यो भन्या !

Anonymous said...

" चन्द्र सूर्य फहरियो शान ले "
__________________________
चन्द्र सूर्य फहरियो शानले
युबा जोश लहरियो इज्जत मानले
रोम रोम ढक्क फूल्यो
मन आनन्द ले झूल्यो ।
°
सबै नेपाली एक साथ
अहा! सबको उचो मा थ्
उर्जा छर्दै सुगन्धित सौरभ
राष्ट्र का यि हुन गहना गौरब ।
°
सबको मन मस्त दाङग
रातो लाली गुरासको रङ्ग
झन्डा उचाल्दै देश उचाल्ने
धन्य ! धन्य ! त्यो उमङ्ग ।
°
पूर्व देखी पच्चिम महाकाली
मिलिजुली सबै नेपाली
बिजय को गीत घन्काउ यस् पाली
एक साथ बजाउ मिलेर ताली ।

प्रबिण थापा said...

सधै हत्या, हिंसा बन्द हड्ताल आदिको मात्र समचार् सुनिरहेको बेला नेपालिको शिर ठाडो पार्ने यो समचारले साच्चिकै अभुतपुर्ब खुशिको बहार नै ल्यायको छ।
ठकरि जि तपाइलाइ धेरै धन्यबाद यसको लागि!

जहा जसरि रहनु परेपनि, जतिसुकै कष्टको सामना गर्नु परेपनि सबिन् राइ ले भने जस्तै यो मन त मेरो नेपालि हो। अ यतिबेला मलाइ ति सष्ट्रा प्रति सम्मान गर्न मन लाग्यो( गोपाल प्रसाद रिमल)
रातो र चन्द्र सुर्य जङ् गि निशाना हाम्रो
जिउदो रगत सरि बल्दो यो शान हम्रो --

सम्पुर्ण नेपालि टिम लाइ बधाइ, आगामि दिनमा पनि यस्तै गौरब्को गाथा गाउन पाइयोस्, नेपलि झन्डा यि हातले फेरि फरफराउन पाइयोस्

नेपाल सरकारले खेलकुदमा बढि भन्दा बढि लगानि गरोस् , नेपालका प्रतिभाहरुलाइ फुल्ने फल्ने मौका प्रदान् गरोस्, खेल र खेलाडि प्रति राजनिति नगरियोस् यहि मेरो शुभकामना

Anonymous said...

Congratulations to Nepali time. They won by a big margin. Keep it up. I havent heard that Nepal had won for a long time. yeah nepal won. hurray!

Anonymous said...

भातको हजारौं सितामा एउटा बियाँ दाँतमा लागे जस्तो नेपालको झण्डा "गर्वका" साथ हुनु पर्नेमा "गर्भका" साथ भएछ। काँडाको आँखामा काँडै सन्सार भने पनि भन्नूहोला।

Anonymous said...

पोस्तक जी कांडा कांडा नै हुन्छ फुल फुल नै हुन्छ। जब सम्म संच्चाइन्न गल्ती गल्ती नै रहन्च। यो चाही आफ्नै कुरो क्या।
गल्ती औलाइदिनुभएकोमा धेरै धेरै धन्यबाद।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !