March 29, 2009

किन बर्बराउँछन बाबुराम डाक्टर ?

२०२६ सालमा एसएलसीमा बोर्ड फर्स्ट पड्काएको बुर्जुवा रवाफले नै माओवादी पार्टीको बौद्दिक मुखौडाको एकल ताज पहिरन सफल डाक्टर बाबुराम भट्टराई अहिले कार्यरत नेपाल सरकारका अर्थमन्त्री हुनुहुन्छ । कुनै बेला बुर्जुवा शिक्षालाई धिक्कार्ने र यस्ता प्रमाणपत्र च्यात्नु पर्छ भन्ने माओवादी पार्टीका देखाउन मिल्ने शैक्षिक योग्यता बोकेका एउटा मात्र ठूला नेता भएका हुनाले पार्टी भित्र वहाँको स्थान उच्च नै होला । तर त्यही पार्टीको सांगठनिक ढाँचा भित्र र विशेष गरी पार्टीको अनुदारवादी मानिने मोहन वैद्य-नेत्र चन्द नेक्ससले भने उनलाई पटक्क देख्‍न रुचाउँदैन भन्ने कुरा बेलाबेलामा नेपाली छापाको विषय भने हुने गरेको छ । यस्को मुख्य कारण डाक्टर साहेबले बनाएको आफ्नो बौद्दिक इमेजका आधारमा वहाँलाई सबैले उच्चतम सम्मान दिनुपर्छ भन्ने वहाँकोको बुर्जुवा आग्रह नै हो भन्ने कुरा पनि यदाकदा सुनिएकै हो !

माओवादी पार्टीको कथित बौद्दिक र उदारवादी खेमाको नेता मानिने भट्टराईलाई विडम्बनापूर्ण तरिकाले साउथ-ब्लकको प्रतिनिधिको रूपमा चित्रण पनि गर्ने गरिन्छ, पार्टि भित्र र बाहिर जतासुकै । माओवादी सरकार गठन भएर माओवादी-एमाले समीकरणको खिचडी जब पाक्दै थियो र निवर्तमान एमाले महासचिव माधव कुमार नेपाललाई दुई पार्टीले राष्ट्रपतिको उमेद्वार बनाउने निर्णय हुँदै थियो, अन्तिम समयमा कुनै भारतीय दूतको इशारामा बाबुराम डाक्टर साहेबले त्यो खिचडिको ताउलो गुल्टाएर बनिबनाउ राजतिक समीकरणलाई आर्यघाट पुर्याएका हुन भन्ने धेरैको आरोपमा मोहन वैद्यहरूले सांक्षी बकेको धेरै भएको पनि छैन । एमाले नेता बामदेवलाई जब मन्त्रिमण्डलमा दोस्रो बरियता दिनेकुरा आयो, भट्टराईलाई यस्तो ऐठन भयो कि राजीनामा नै दिएर घुर्क्याउने मनस्थितिमा डाक्टर साहबमा जाग्रत भयो , प्रचण्डले कुन ललिपप दिएर शान्त पारे उनै जानून ।

तर हेर्दै गम्भीर देखिने अनि कुनै कुरामा रिसाइरहेका जस्ता देखिने डाक्टर बाबुराम रूखो बोल्न, मान्छे चिढाउन, बनेको मेलमिलापको वातावरण बिथोल्न अनि आँफू बाहेक अरूका विचारको अनौचित्यतालाई गालीले पछार्न माहिर हुनुहुन्छ । भर्खरै सम्पन्न विद्यार्थी युनियनको चुनावमा क्याम्पस क्याम्पस्मा पुगेर कांग्रेस एमाले विद्यार्थीलाई गालि गर्न वहाँले खर्चेको जाँगर हेर्दा वहाँ नेपालको अर्थमन्त्री नभएर कुनै ऐरेगैरे कलेजको युनियनको कोषाध्यक्ष पो हुनहुन्छ कि भनी झुक्किनु पर्ने हुन्छ ।



केही समय अघि नेपालका पुर्व राजादेखि हरू धेरै दलका नेताहरू पनि भारत जाने सन्दर्भ पर्‍यो, डाक्टर साहेबले अनेकन तिखा र तिता टिप्पणि गर्न पुग्नुभयो । नेताहरू यसरी सामूहिक बिरामी हुने कुरामा अवश्य 'दालमा कुनै कालो छ' भन्ने देख्ने भट्टराईका तिक्ष्ण नजर वहाँ इञ्जिनियर नभएर टेष्ट ट्यूबमा 'बेबी किङ' कोरल्ल्न लगाउने वैद्य नै हो कि भन्ने सोच्न वाध्य पार्‍यो । वहाँले घोर षडयन्त्रको गन्ध पाएर बेसरी हुन्डरी नै पिट्नुभयो ।



नेपाली सेनाका ८ जर्नेलहरूको पदावधी नबढाउने सरकारी निर्णय र त्यो कुराको बिरूद्द सर्वोच्च अदालको अन्तरिम आदेश अहिले माओवादीलाई नपच्ने विषय बनेको छ र माओवादी नेता-कार्यकर्ता सबे सडकमा उत्रेर न्यायलयको हूर्मत लिँदै छन् । माओवादीले सोचे अनुरूप निर्णय हुन नपुगेमा वा नभएका सबै जसो कुरा गणतन्त्रको बिरुद्द अर्थ लगाएका छन् अहिले विद्वान डाक्टर र वहाँका मण्डलीहरूले । उनीहरूको बिद्रूप तर्क छ , न्यायलयको बिरोध 'जनता'ले गरेका हुन , माओवादीले हैन । मानौँ देशमा जनता भनेको माओवादी नामको जमातको पछि लाग्ने भीड बाहेक अरू कोही हैन ।


यस्तोमा , माओवादीको जोरजुलुम त जारी छ नै , बाबुराम डाक्टरका विचारहरू झनै उदेक लाग्दा देखिन पुगेका छन् :

'लोकतन्त्रभन्दा माथि न्यायालय हुन सक्दैन,न्यायलय माथि रहे लोकतन्त्र खतरामा पर्नसक्छ।´
- राजधानी फर्कने क्रममा आईतबार बिहान पोखरा विमानस्थलमा सञ्चारकर्मीसँग ।

माओवादीहरूले हत्या गरेको भनिएका बुटवलका युथ फोर्स नेता प्रचण्ड थैव ( एमाले ) काण्डले सिर्जना हुन पुगेको परिस्थितिमाथि डाक्टर बाबुराम यसो भन्न पुग्छन् :

”एमाले राजनीतिक पार्टी हो कि चौतारी हो ,आफैं सत्तामा बस्ने आफैं प्रतिपक्षी जस्तो सरकारी कार्यालयमा ताला लगाउँदै हिंड्ने एमालेको चरित्र दल भन्न सुहाउने देखिँदैन।”- एमालेप्रति आक्रमक देखिएका भट्टराईले भने ।

यसो भनिरहँदा डाक्टर साहेबले माओवादी कार्यकर्ताले सिर्जना गरेको अराजकता र मन्त्रि भैरहँदा बोकेको बिद्रोही नेताको झूसे डकारलाई सम्झिन भने उचित ठानेनन् ।

अनि श्याङ्जाको वालिङमा भाषणको जोशमा बाबुरामले ठोकेछन्:

' सरकारबाट बाहिरिन्छु भनेर एमालेले कसलाई धम्काउन खोजेको हो ? यदि त्यसो भयो भने एमालेले ठूलो मूल्य चुकाउनु पर्नेछ ।'

आखिर समीकरण मेलमिलापको सरकार चलाउँदा त एउटा पक्ष अलि तातिएको बेलामा अर्को पक्षले शितल कुराहरू गर्दै परिस्थितिलाई सन्तुलनमा राख्न मद्दत पुर्याउनु पर्ने कुरा किन बिर्सिरहेका होलान डाक्टर साहेबले । भट्टराईजिले बौद्दिकतालाई अर्थमन्त्रीको ब्रिफकेशमा बन्द गरी हुल्लडवाज कार्यकर्तालाई मसला दिने काममा आफ्नो बुर्जुवा बौद्दिकता खर्च गरेर, कतै यो बुर्जुवा डिग्रिको अनौचित्यता साबित गर्न खोजिरहनु भएको त छैन ?



5 Comments:

Prabesh said...

यिनका कुरै नगरौँ । मन्त्री भएर २-४ करोड के उठाका थिए वाईसिएल लगाएर, अमेरिकाको राष्ट्रपति भन्दा पनि ठूलो भएँ भन्ने लाग्दो हो ॥

Postak Shrestha said...

एमालेले सत्ता छोडेर सरकार ढाल्न खोजे शान्ति प्रकृया भंग गरेर जंगल पस्छौं पो भन्न लगे यी डाक्टर साहेब त! यिनलाई रे के पी ओली अनि माधव कुमार नेपालहरुलाई एउटै कोठामा थुनेर राख्न पर्ला जस्तो छ। एक ले अर्कालाई जे जे भन्न मन लाग्छ, त्यंही भन्छन। भयो बाबा अब हाम्रो गाली सिधियो भने पछि बाहिर निकाल्न पर्ला जस्तो छ।

lovlyanup said...

Eklakbya G ramro lekhanu bhayako cha lekha.. dherai ramro lagyo. Hun pani ho tholo padma base pachi ta kura milayara bolna paryo ni haina ra?? je payo tehi bolera hundaina ni. Tara uaha le kehi naya garna khojnu bhayako hola tara k garne hamro samjle kehi ramro kura garna nai dindaina. 8 Geranel ko nai kura garam na. sarkarle date puger abakas dida pani. adalatle yo chahi hundaina bhani rahecha kina hola? uni hare le 4 barsa samma ta kehi garna sakena bhane aba 3 barsa thaper k garcha haina? baru tyo bhanda naya phidhi lai 1 mauka diya kaso hola haina uni harule pani kehi garla ki???

पीजी said...

अनि अहिले एमालेसंग कुरा मिल्यो सरकारबाट बाहिरिदैन भन्दैहुनुहुन्छ डा साहेब । केहि राम्रो काम गर्न खोज्ने मध्येका पर्छन यी डाक्टर तर नबोल्ने मान्छे भनेर चिनिएका यिनी नबोलेर काम गरे मात्रै राम्रो हुन्थ्यो !

Basanta said...

अरु माओवादी नेताभन्दा अलिक मन परेपनि यी बाबुराम अत्यन्त छुद्र र अभद्र लाग्छन् मलाई! माओवादी आफ्नै असक्षमता, दम्भ, अदूरदर्शीता र सनकका कारण दिनदिनै असफल हुँदै गएको हो। अरु भए अलिक आत्मसमीक्षा गर्दा हुन्, माओवादी भने अरुलाई सराप्न र दोष दिनमात्रै ब्यस्त छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !