March 22, 2009

कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्

बसन्त विवश आचार्य
तुलसीपुर दाङ्ग

कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्
आफ्नाहरु आफ्नै हुन्छन मनमा माया राख्छन
नदेखे झै तर्किएर वाटो जतिकाटेपिन
ठेसलाग्दा अत्तालिदै देविदेउता भाक्छन्
पराईले जतिसुकै माया गरेपिन
आफन्तैले मिठो लाग्ने चोखोमाया दिन्छन
घुर्क्याउछनथर्काउछन गालिपनि गर्छन
अनि मुटुभित्र पिरतीको आफै डोरी वाट्छन्
जवपर्छ यो देहमा नजर हजुरक
हाँसोदिए हासिदिन्छु रुन्छु रुवाएसि
जे गर्नुछ गर्नुस अधिकार हजुरको
मनमा माया सँगालेरघुर् क्याउदै नवोल्ने
वसन्तूलाइ मनपर्छ व्यवहार हजुर


3 Comments:

प्रबिण थापा said...

कहिलेकाहि चोट दिन्छन कहिले कुरा काट्छन्
आफ्नाहरु आफ्नै हुन्छन मनमा माया राख्छन
चाँही अति सुन्दर लाग्यो ।

Anonymous said...

बसन्त जी आफ्नाले त सबै यस्तो गर्छन, खोइ कुरो बुझ्या?

Anonymous said...

सुरुका दुई लाइन मलाई नि मनपर्यो...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !