March 9, 2009

गाउँखाने कथा - ६ (Nepali Gau Khane Katha)

अपडेट: जलथल र तुसारो बिच सिंगारिएको बन डुंगा हो। यसपटकको गाउँखाने कथा अली अप्ठयारो परे पनि लुना जिले मिलाउनु भएको छ। लुना जी लाइ बधाइ छ तथा उत्तर मिलाउन प्रयास गर्ने सबैलाइ धन्यबाद। अब गाउं माग्ने पालो लुना जी को। सुन्दर गाउं तातोपानि त लिइहाल्नुभयो, अब कुन सुन्दर गाउं लिने बिचार छ?
एक भाग जलथल, एक भाग तुसारो
वनै काटी वनै ताछी वनै सिंगार्यो?
के होला यस्को उत्तर??




10 Comments:

Anonymous said...

Yesko uttar Himal ho ki?

Anonymous said...

डुंगा !

No Name Brand said...

दाह्रि काटेको ।

Saban Poudyal said...

मेरो बिचारमा ....हिउँ होला।

Dilip Acharya said...

यसपाला त साह्रै गाह्रो रे'छ हो ।

प्रबिण थापा said...

लौ आफु त गाउ खाने कथामा सधैंको कमजोर यसपाली पनि उत्तर त छैन है ।यसपाली भने लुना जि को पालो हो कि क्या हो गाउ टप्काउने लौ है अगृम बधाई

Anonymous said...

'कपाल काटेको' हो कि !

Anonymous said...

कसरि?

Anonymous said...

नेपोलियन जि !
मान्छे धेरै स्बार्थी हुनु हुन्न भन्छन । म पनि कत्ती स्बार्थी भएर सुन्दर गाउ मात्रै मागु ? ! यस् पटक मलाई काठमान्दौ को बागमती ब रि प रि को गाउ दिनुस् है ? एक दिन त्यहा फर्केर जानु छ । केही गर्न सक्छु कि ति ब र पर को फोहोर लाई त ह लगाउन ! बागमती बागमती झै बगेको हेर्ने सपना छ । तपाईं हरु लाई पनि निम्तो गरुला नि हात सघाउन :) है ?

Anonymous said...

आन्नोम्युस जि ! कसरी भने नि , डुंगा को एक भाग त जल्-पानी मा हुन्छ नि , अनी अर्को भाग जब डुंगा पानी माथि हुन्छ त्यती बेला पानीका बाफ हरु हाबामा फैलिदा तुसारो जस्तो देखिन्छ , अब त्यही अर्को भाग जुन पानी माथि हुँदैन तर तुसारो मा चाँही हुन्छ ,
अब डुंगा त बनको रुख काटेर नै बनाइन्छ , अनी डुंगा बनिसके पछी त्यसको रुपले शोभा दिन्छ , त्यो शोभा नै सिगार्नु हो , अब बन कै रुख काटेर बन लाई नै सिगारेको भएन त ? मलाई त यस्तै लाग्यो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !