March 28, 2009

अध्यारोमा एक घन्टा


हामीलाइ अध्यारो त किन मन पर्छ र । तर याद गर्नुहोस त, तपाइले कती पटक बत्ति बालेर त्यसै छाड्नुभएको छ? । चिन्ता नगर्नुहोस यसरी बेकारमा बिजुली खेरा जान दिने तपाइ मात्रै एक्लै हुनुहुन्न। संसारमा घरका बत्ती र कम्पियुटरले कुल २०% बिजुली उपभोग गरिरहेका हुन्छन। तपाइले बिना कारण बत्ती या कम्पियुटर खुलै छोड्नुभएन भने ५ प्रतीशत बिजुली सिधै जोगिने रहेछ। नेपालमा दिनको १८ घन्टा लोडसेडीगं हुन्छ, बिजुलीको हांहाकार को कुरा गर्नु त इन्द्रको अगाडी स्वर्गको बयान जस्तै हो। तर फजुल बिजुलीको उपयोग जांहा पनि घटाउन सक्नुहुन्छ। नेपालमा पनि त्यसरी नै बिजुली बचाए १७ घण्टा पो हुन्थ्यो की लोडसेडिगं?


आजको लोकल टाइम ८:३० देखी ९:३० तेस्रो पृथ्वी समय हो। अर्थात जांहा जांहा ८:३० बज्छ, त्यहां एक घण्टाको लागी अन्धकार बनाइन्छ। यो कोही आएर बत्ती निभाउन उर्दी जारी गर्ने भने होइन। यो जथाभावी उर्जा खर्च नगर्ने प्रतीबद्दता मात्र हो। साथै यसले हामीलाइ बिनाकारण बिजुली खपत नगर्ने बानी पनि बसाल्छ। यो सुरूमा अष्ट्रेलीयाबाट सुरू भएको थियो। तर अहिले विश्वभरी मानिसहरु यस्को अंगिकरण गरिरहेका छन। आज मार्च २८ शनिबार पेरिसको इफिल टावर देखी इजिप्टको पिरामीणसम्म आफ्नो लोकल समय ८:३० मा एक घण्टाको लागी अन्धकार हुदैछन। Las Vegas जस्तो बिजूलिको शहर मात्र अन्धकार हुने होइन Blackberry जस्तो कम्पनीले पनि आफ्ना ग्राहाकलाइ एक घन्टा Blackberry स्विच अफ गर्न अनुरोध गरेकाछन।

तपाइ पनि एक घन्टा अन्धकारमा बसेर बिजुली कम खपत गर्न प्रतिबद्द रहने कि?। के गर्ने त अन्धकारमा?, बाहिर घुम्न निस्कने या क्यानडल लाइट डिनर खाने या अरुनै कुनै नया काम गर्न सक्नुहुन्छ। यसरी एक घण्टा अन्धकारमा रमेर तपाइ केही नया कुरा अनुभव गर्नसक्नुहुन्छ भने अनावश्यक बिजुलीको उपयोग घटाउन सक्नुहुनेछ। अनी साथीहरु के गर्नु भयो त अन्धकारमा, हामीसंग बाड्नुहोला है?



1 Comments:

ठरकि दादा said...

रमाईलप जानकारी रहेछ । ईमान्दार प्रतिबद्दता हुने हो भने केहि न केहि खपत कम गर्न पक्कै सकिन्छ ।

बरु तपाईको यो पोष्ट पनि मैले अलिक ढिला हेरें नत्र त्यतिबेला म पनि मोबाईल र एम पी ३ समेत बन्द गरेर बस्थैं । अब अर्को सालमा ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !