March 20, 2009

गाउँखाने कथा - ८ (Nepali Gau Khane Katha)

दुईतिर चुरीफुरी अगिल्तिर हुल,
इनारका मुखमा पदमका फुल, यसको उत्तर के होला?


12 Comments:

Anonymous said...

ताल (Lake) हो कि क्या हो? मिल्दे नि हुन्थ्यो नि :)

Anonymous said...

यस पटकको उत्तर पनि डुगां नै हो कि जस्तो छ। झुक्काएको त होइन है?

Anonymous said...

# दुईतिर चुरीफुरी अगिल्तिर हुल,
इनारका मुखमा पदमका फुल, यसको उत्तर के होला?
- ढिकिमा चिउरा कुटेको :-)

Anonymous said...

ल है उत्तर नजिक नजिक भए पनि ठ्याक्कै मिलेको छैन। गाउं पाउने मौका अझै बांकी छ।

Anonymous said...

- नतर ढिकिमा चामल अथवा सिरमला कुटेको चाहि पकका हो है ।

Anonymous said...

dhiki kute ko

आश्मा said...

मिलमा धान कुटेर चामल बनेको :) मिल्यो?
पदम भन्ने पनि फुल हुन्च र?

Anonymous said...

"उत्तर नजिक नजिक भए पनि ठ्याक्कै मिलेको छैन" भन्नु भयो नेपालीयन जि, मलाई कता कतै मेरै उत्तरलाई त भन्नु भएको जस्तो लागेर मेरो उत्तर अली modify गरेको छु । झरना ......मिल्दे नि हुन्थ्यो नि :)

Anonymous said...

यस पटक त आफै उत्तर मिलाएर गाउं लिनुपर्ला जस्तो छ। प्राया उत्तर निकै नजिक गए पनि ठाउंमा पुगेनन है। हामीले पुरानो कुराहरु बिर्से जस्तो छ।

ठरकि दादा said...

अती भयो हो , अली अली नजिक भनेपछि मेरो बिचारमा ओखलमा चिउरा कुटेको होला ल!।

Anonymous said...

मोही पारेको। दहिबाट मोही मथेको ।

Anonymous said...

अब भने उत्तरको गुदी फेला पर्यो। दुइतिर चुरीफुरी गर्दै पदमका फुल बनाउने भनेको ओखलमा धान या चिउरा कुटेको हो। एसपी,खुशी आदीले ढिकीमा धान कुटेको भन्नु भएको रहेछ, ढिकीं दुइतिर चुरीफुरी अलि हुदैन होला। ढिकीमा त बरु उफ्रिने काम हुन्छ। यसको त अर्कै कथा छ नि, तल्ला घरे साइलकी को ...। माथिल्ला घरे ठुलेले उफ्री उफ्री हान।
अब गाउ लिने पालो ठरकी दादाको। ल दादा ठरकी दादा गाउ लिनुहोला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !