March 11, 2009

म्याँग्दी खोला उर्लिदा

राहुल मगर
पोर्तो,पोर्तुगल

म्याँग्दी खोला उर्लिदा,
तामे दुकुर कुर्लिदा,
मनको घाउ गैरिन्छ,
सम्झनाको तलाउमा माया तैरिन्छ,
म्याँग्दी खोला......

कामको चटारोले ऊनलाई भेट्न गा'को छैन,
कोदो रोप्दा,मकै खन्दा नसम्झेको हैन,
म्याँग्दी खोला..........
माना खाएर मूरी उमार्ने बर्षामासको महिना,
हलो जोत्दा,आली लाउदा नसम्झेको हैन,
म्याँग्दी खोला..........

कामको चापाचापले श्वास फेर्न पा'को छैन,
घाँस कात्दा,गोठ बस्दा नसम्झेको हैन,
म्याँग्दी खोला...........


3 Comments:

Anonymous said...

wwa wawa langhali mero kali ani myagdikholalai sajaiyako thanx a lot.

Anonymous said...

राहुल जि ! तपाईंले गीत असाध्यै मन छुने लेख्नु भो । निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

प्रबिण थापा said...

राहुल जि मायालु सम्झाइदियो तपाईंको गीताले त राम्रो छ

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !