February 27, 2009

हिजो आफ्नै सोच्ने मन

प्रबिण थापा

हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ

जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ

खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ

केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ

वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ


1 Comments:

Anonymous said...

प्रबिण जि !
अन्तिम दुई हरफ राम्रो लागेन ( मलाई राम्रो लागेन भनेको नि पाठक को अधिकार ले :) ) अन्य हरफ हरु सबै धेरै राम्रो लाग्यो । शब्द च् यन मा त य हा माहिर हुनुहुदो रहेछ ! माने बा ! कत्ती मिलाएर लेख्नु भएको हो भन्या ! हिर्दय छुन्छन है तपाईंको गजल ले । निरन्तर पढ्न पाइ रहु ! शुभ कामना हिर्दय देखी नै ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !