March 1, 2009

गाउँखाने कथा - ५ (Nepali Gau Khane Katha)

अपडेट: गोली भएको भुइंको डोली बदाम हो। यस पटक दिलिप आचार्यले शुरुमै मिलाउनु भएको छ। प्रयास गर्ने र मिलाउने सबैलाइ धन्यबाद। दिलिपजीलाइ भने एउटा नया गाउं पुरस्कार। ल दिलीप जी कुन गाउं रोज्नुहुन्छ?
भुइंको डोली थिचेर खोली,भित्र हेर्दा दुइ-तीन गोली, के हो?


9 Comments:

Dilip Acharya said...

बदाम ।

Anonymous said...

आंफै ले सोच्दा केही आएन, दिलिप जि को उत्तर देखे पछी यती पनि किन नआएको मलाई जस्तो लाग्यो :D
खै मैले गाउं खाने कथा मिलाउन त पहिले question out भए मात्रा हो :D

Anonymous said...

कुन गाउ रोज्नु हुन्छ है त हाम्रो दिलिप जि ले !

प्रबिण थापा said...

लौ दिलिप जि लाई कर्णालीतिरको गाउ पो दिने कि, सुन्दरताले भरीपूर्ण, साच्चिकै नेपाली पन झल्कने खालको। लौ बिचार गर्नु है साथी हो.

Unknown said...

बदाम ।

Dilip Acharya said...

ल!, जितिएछ पो त। अब गाँउ चाहि आफ्नो घरको दायाँ- बाँया दुईवटा गाउँ छन, हाँडिगाँउ र मालीगाँउ । यि अहिलेसम्म कसैले पाईसकेका छैनन भने यिनै मध्यको कुनै एउटा दिनुहोस । घर नजिक भएकोले 'बाली' उठाउन पनि सजिलो हुन्छ ।

Anonymous said...

हाहाहा हाँडीगाउँ र मालीगाउँमा अब के बाली उठाउनु र दिलीपजी ? बाली त हैन फोहोरको डुंगुरचाहिँ पक्कै उठाउन पाइएला ।

Dilip Acharya said...

पुष्पजी,

फोहोर भएर के भो र?

यसपाला म गाँउखाने कथाको पुर्ण रुपमा खेलेर "हाँडीगाँउको सेरोफेरो जम्मै मेरो, त्यहाँबाट निस्कने फोहोर चाहिँ जम्मै तेरो" भनेर फोहोर जत्ती सबै छाडी हाल्छु नि !।

Anonymous said...

अब देखी हांडी गाउं दिलीप जि को नाममा। बधाइ छ है, कहिले कांही हाम्लाइ पनि जात्रा हेर्न दिनुहोला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !