February 22, 2009

तिमी हिड्‌ने वाटो भरी


नरेश माङपाहाङ राई
फोक्‍स्‍टन वेलायत
हाल :हेल्‍मन्‍ड अफगानिस्‍तान


तिमी हिड्‌ने वाटो भरी फूलै फूलको वोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो

एउटै विचार मन लिई हिडिरहन्‍थ्‍यौ हामी
त्‍यही बाटो छुटिट्‍एर उता गयौ तिमी
तिमी हिड्‌ने गोरेटोमा वर पीपल को बोट भयो
विझाउने काडा मलाई निको नहुने चो ट भयो

हाते मालो गरी गरी खोला खोल्‍छी तर्‍यौ
सम्‍झना भई त्‍यही माया आसुँ बनि झर्‍यो
तिम्रो दिलको बगैचामा फूलै फूलको बोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो


3 Comments:

Anonymous said...

nice !
keep it up .

nepalean said...

नरेश जी अफ्गानको खोचमा बसेर पनि गित त राम्रा लेख्नुहुदो रहेछ। नेपाल जांदा अफ्गानिस्तान माथै बाट उडेको थिए, कती उराठ त्याहांका डाडाहरु। यसो त्याहांका फोटो भए दौंतरीमा राख्नुहोस न।

प्रबिण थापा said...

गीत राम्रो छ। पक्कै पनि पिंडा मा त हुनुहुन्न होला नि गितको भाब जस्तै.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !