February 15, 2009

फूलको मौनता

शिव प्रकाश

मौन छ फूल
फूलको मौनताभित्र
सुन्दरता छ
सुन्दरताभित्र
मादकता छ
तर फूल कागजको पनि हुन्छ ।
निश्छल छ फूल
फूलको निश्छलताभित्र
प्रतीक छ प्रेमको
उपमा छ आत्मीयताको
वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ ।
फूलको विषेशता –सुन्दरता र मादकता
प्रेम र आत्मीयता
निश्छलता र कोमलता
तर फूलको धारले पनि
मन रेटिएको हुन्छ ।
सृष्टिको सुन्दर उपहार हो, फूल !त्यसैले फूल, फूल हो
तर फूल, फूलमात्र हैन
सृष्टिको अथवा दृष्टिको
एउटा भूल पनि हो, फूल ...!
मौन छ मादक फूल… !
बोस्टन, अमेरिका 02-15-09
साथै उंहाको माटो,मान्छे र देश को बेव कबिता प्रतियोगिताको निम्ती साहित्य घरमा राखिएको छ। दौंतरीमा यो भिडियो उहांकै प्रशंसकको लागी राखिएको छ । भोटिगं गर्न साहित्य घर मा जानुहोला।



6 Comments:

Anonymous said...

कत्ती राम्रो कबिता हो !
मोनालिसा को मुस्कान जस्तो ! मनमा पिर परेको बेला पिर भेटिने ! खुशी लागेको बेला खुशी भेटिने !

Unknown said...

Very good poem. Thanks for sending me the link !

Shiva Prakash said...

मादक फूलको मौनता
शिव प्रकाश

मौन छ फूल
फूलको मौनताभित्र
सुन्दरता छ
सुन्दरताभित्र
मादकता छ
तर फूल कागजको पनि हुन्छ ।
निश्छल छ फूल
फूलको निश्छलताभित्र
प्रतीक छ प्रेमको
उपमा छ आत्मीयताको
वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ ।
फूलको विषेशता –
सुन्दरता र मादकता
प्रेम र आत्मीयता
निश्छलता र कोमलता
तर फूलको धारले
मन रेटिएको पनि हुन्छ ।
सृष्टिको सुन्दर उपहार हो, फूल !
त्यसैले फूल, फूल हो
तर फूल, फूलमात्र हैन
सृष्टिको अथवा दृष्टिको
एउटा भूल पनि हो, फूल ...!
मौन छ सधै मादक फूल… !

बोस्टन, अमेरिका 02-15-09

Anonymous said...

hello,

shiva prakash ji,

kavitalai naramro bhanna mildaina tar mahamahimko yo kavita advertize garne bani malai kati man parena. just leave it to the competetion. you acting like a typical nepali bakamphuse neta who, despite of his inability, would like to die for a single vote.

vote dinu ko lagi ta kavita pani ta padhnu paryo. ramro lagnu paryo. ramro bhaye ta jo pani shuva chintak bhai halchha ni yi luna jasta, hoina ra shiva ji.

biru Scotland

Shiva Prakash said...

स्कटल्याण्डबासी मित्र नमस्कार !
प्रथमतः तपाइँले आफ्नो नाउँ खुलस्त राखेर प्रतिकृया व्यक्त गर्नु भएङ्को भए म अर्को एक नेपाली मित्रलाई चिन्ने थिएँ जसमा मलाइँ अझ बढी खुशी हुन्थ्यो । तर तपाइँले भोट मागेको भनेर एउटा नेतासँग सजिलै तुलना गर्नु भएको छ मेरो विचारमा सृजना र नेताको कहिल्यै तलुना हुदैन कुनै अर्थमा । हुन सक्छ तपाइँलाई त्यो लागेको तर मैले मेरो कविता यहाँ आफैं अपलोड गर्ने पनि हैन र प्रतिकृयाका रुपमा केही लेख्ने बाहेक तपाइँलाई पनि थाह होला त्यो सम्बन्धित एडमीनले मात्र गर्छ । पाठक, लेखक वा प्रतिकृया व्यक्त गर्नेले गर्न सक्दैन तवसम्म जबसम्म एडमीनले त्यो अपलोड गर्दैन । मैले भोट माग्नका लागि मेरो विज्ञापन पनि राखेको हैन र उहाँहरुले सबैको जानकारीका लागि सम्बन्धित वेभपेज लिंक गर्नु भएको हुनसक्छ । यो एक वेभसाइटले अर्कोलाई गर्ने सहयोग पनि हुन सक्छ । यसमा तपाइँले एउटा सृजनालाई हाम्रा नेताको घटिया नियतसँग जोड्नुलाई मैले व्यक्तिगत रुपमा दुखपूर्ण मानेको छु । तपाइँ आफैं भन्नुस एउटा लेखक वा साहित्यकार भनौं वा सर्जकले पाठकको माया बाहेक के नै पाएको हुन्छ ? तर तपाइँ यति सजिलै आक्षेपपूर्ण अभिव्यक्ती सहज रुपमा अभिव्यक्त गर्नु हु्न्छ । पाठकलाई अधिकार भएता पनि आषय पनि बुझिदिनु परो । अर्को कुरा यो दौंतरीका मित्रहरुले त्यो लिंकमा फलानालाई भोटिग गर्नुस भनेर सायद भनेको छैन होला । भोट गर्ने भए त्यो लिंकमा जानुस् भनेको छ त्यसमा प्रवेश गरेपछि त्यहाँ भएका सयौं मध्ये जुनसुकै स्रष्टालाई छानेर बुझेर भोट गर्न सक्नुहुन्छ । नचाहे नगर्न पनि सक्नु हुन्छ । त्यो लिंक पेज सम्पूर्ण साहित्यप्रेमीहरुको जानकारीका लागि हो नकि शिव प्रकाश एक्लैका लागि । त्यसमाथि म यो वेभपेजका संचालक मित्रहरुलाई विषेश अनुरोध गर्न चाहन्दछु कि त्यस्तो किसिमको कुनै पनि लिंक मेरो यो कव‌ितासँग नराखियोस् । अन्तमा लेख्न रुचाउने एउटा सामान्य मान्छेलाई तपाइँले महामहिमको पगरीले सम्वोधन गर्नुलाई सकारात्मक रुपमा लिंदै त्यसमा तपाइँको महानता ठान्दछु । र तपाइँको प्रतिकृयालाई पनि पूर्ण सकारत्मकरुपमा ग्रहण गर्दै कमसेकम अर्को एक नेपाली पाठक पाएको छु भन्ने ठानेको छु यद्यपि तपाइँको वास्तविक नाउँसँग अपरिचित हुदाँहुदै पनि ।
Shiva Prakash
[email protected]

Unknown said...

एउटा रचना कुनै माध्यममा प्रकाशित हुनु त्यो आँफैमा राम्रो कुरो हो । मेरो विचारमा कबिले यहाँ आफ्नोपनको बिज्ञापन गरे जस्तो लाग्दैन । कबिले भने जसरी सपूर्ण अधिकार एड्मिन मा रहेको कुरो प्रती मेरो पनि सहमति छ । अतएब कसैको प्रकाशइत रचनालाई तिरस्कार गरी लान्चन लगाउनु भन्दा भाबनालाई कदर गर्नु राम्रो होला जस्तो लाग्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !