February 11, 2009

धमला, प्रेसमाथि हमला र अपराध संरक्षण

Quote नेपाल यस्तो देश हो जहाँ कुनै अभियुक्तको अभीयोग प्रमाणित हुनु अघि र अदालतले आफ्नो राय दिनु अगाडी नै अभीयुक्तलाई निर्दोष साबित गर्नेहरुको लाईन लाग्ने गर्छ ।

गज्जब छ हाम्रो देश !, बस लुटने डाँका, सुन भीत्र्याउने तस्कर वा रंगेहात समातीएको आतंककारीनै किन नहोस, यदि उलसे कुनै दलको झोला, झण्डा वा डण्डा समातेको छ भने त्यो दलका ठूला भन्दा ठूला दिग्गज र बरिष्ट नेता पनि तिनका बचाउकोलागी यसरी लागि पर्छ मानौं त्यहि एकजना अभियुक्तमा देशको अस्मिता टिकेको छ ।

यसो त अदालतमा विचाराधिन भएको कुनै पनि मुद्दाका बारेमा राजनैतिक बृत्तबाट टिका टिप्पणी हुनु आफैमा गलत कुरा हो, त्यसमाथी पनि घामभन्दा प्रष्ट प्रमाणलाई पाखा लगाएर त्यसको विल्कुल बिपरीत अभियुक्तका सम्बन्धमा हुनसक्ने आदेशलाई समेत प्रभाव पार्न सक्ने वा दबाब दिने खालका वक्तव्यबाजी गरेर हाम्रा नेताहरु कहिल्यै थाक्दैनन।

यत्ती भुमिका पढ्दा सायद कुरा प्रष्ट भैसकेको हुनुपर्छ, यस पटक कुरा ऋषि धमला नामधारी र पत्रकारीताको आडमा आतंकमा संलग्न व्यक्तिको वारेमा हो । म उनलाई ‘आतंककारी’ नै भन्छु, कारण जसरी अपराध पनि त्यसको प्रकृति अनुसार फरक फरक हुन्छ त्यसैगरी आतंक पनि थरी थरीका हुन्छन। उनी माथी हतियार र विष्फोटको अभियोग सिद्द हुन्छ हुदैंन त्यसमा नेपाल पुलीसको सोच, समझ रणनीति र अदालतको निस्पक्षता आदी कारणले भुमिका खेल्लान, तर यदी उनी चंदा आतंक र सोसंग सम्बन्धित ठगी र असुलीको ईल्जामबाट पनि मुक्त भए भने चाहि त्यो न्याय पालीकाको मात्रै हैन सम्पूर्ण न्याय प्रेमी जनताको हार हुनेछ ।

गएको हप्ता धमला समातीए, समातिनु पर्ने थियो समातीए। तर त्यसको लगत्तै आफूलाई देशको सर्बशक्तिमान सम्झने कोईराला परिवारको एकजना नेताको देनकोलागी आजिवन व्याज खाएर बसेका नेताले वक्तव्य दिए ‘यो प्रेसमाथिको आक्रमण हो ! ’ ।

नेपाल प्रहरीले हालसम्म सार्बजनीक गरेका सबै प्रमाणहरु हेर्दा र सुन्दा यस अपराधमा यि धमला मुछीएका होईनन, प्रमुख भुमीका निर्बाह गर्थे भन्नेमा कसैलाई शंका बाँकि रहदैन। तर यहि ईश्युलाई ठुलो बनाएर ‘जाते-जाते’ एक पटक फेरी ‘राज’ गर्ने मनाशयले हो वा लहरो तान्दा परो गर्जने डरले हो गिरिजाले त्यतिले मात्रै नपुगेर प्रेसलाई सो मुद्दा नियोजित भएको समेत भन्न बाँकी राखेनन् । देशलाई कानुनी राज र सुशासनमा डोहर्‍याउने जिम्मा लिएर बसेका नेताका यो कुरा सुनेर जनताले पुर्पुरोमा हात राख्‍ने बाहेक अरु गर्न सक्ने केहि थिएन ।

धमिराले खाएको बुद्धि र कुर्सीप्रतिको अत्यधिक हवसका कारण गिरिजाले सो विचार व्यक्त गरेको ठहर गरे सबैकुरा देखेका र सुनेका सबैले ।

त्यहि बिचमा केहि धुपौरे र केही आसेपासेले सायद उनकै ईशारमा यि आतंकिलाई निर्दोष साबित गर्ने जेहाद पनि छेडे नेपालमा । हुन त यो बिचमा तिनलाई अपराधि प्रमाणीत गर्ने अन्य प्रमाण र उनलाई अन्य मुद्दामा ‘पोल्ने’ को पनि कमि नरहेको समाचारले देखाउँदै छ ।

गिरिजाको अभिव्यक्ति पुरानो हुन नपाउँदै ´उनीमाथि लागेको अभियोग प्रमाणित नहोस् भन्ने मेरो चाहना हो।´ भन्दै आज फेरी अर्को बक्तव्य आएको छ हाम्रा बहालवाला गृहमन्त्रीको । गज्जबको तर बुझीनसक्नुको चाहना छ हाम्रा गृह मन्त्रीको । शान्ति शुरक्षाको बागडोर सम्हालेर देशमा अमन चैन दिने ठेक्का लिएर बसेको यौटा मन्त्री कुनै संकोच र शरम बिना सिधै यौटा अपराधिलाई बाईज्जत वरी गर्न आतुर छन । बामेले के कस्तो अबस्थामा यो अन्तर्मनको आंकाक्षा जनासमु ल्याए त्यो त थाहा छैन तर जे जस्तो परिस्थितिमा बोलेको भएपनि देशको गृहमन्त्रीको हैसियतले बोल्नै नहुने कुरा थियो यो ।

यस्ता बक्तव्यले पक्कै पनि धमला र धमलाजस्तै देशको अस्मिता र जनताको सम्पतीमा हमला गर्नेहरुलाई ठुलो प्रोत्साहनको मिलेको हुनुपर्छ । उनको यो महावाक्य सुनेर देशभरका अपराधिहरुमा शक्ति संचार मात्रै भएन होला, सबै चोर–डाँका, फटाहा र अपराधिहरुका छाती आफूमाथि पनि कसैको संरक्षणको हात छ भनेर गर्वले चौंडा भए होलान र ३-४ दिन पछाडीको ‘भ्यालेन्टाईन्स डे’ अग्रिम रुपमै मनाउन व्यस्त भए होलान तिनिहरु ।

सत्तापक्ष र प्रतिपक्ष दुबैनै यसरी एकजना बदनाम आतंकीलाई साधु साबित गरी जोगाउन लागेपछि यिनिमाथि लागाईएका मुद्दामा कति प्रभाव पर्छ र यो मुद्दा कसरी अगाडी बढ्छ सहज अनुमान लगाउन सकिन्छ । तर कुनै जमानामा भौतिक कारबाहिको नाममा ठाउँ-कुठाउँ र जसलाई पनि गोली हान्दै हिडंने माओबादीलाई समेत उल्टै गोली हान्ने अर्को समुह जन्मि सकेको बेलामा यस्ता अपराधिलाई बचाउने कार्यले अन्तत्वगत्वा ति बचाउनेलाई पनि प्रतिकूल असर मात्रै गर्नेछ भन्ने चाहि यिनका कुहिएका दिमागमा कहिले घुस्ने होलान?।



8 Comments:

Anonymous said...

ठ र कि दा !
दुनियाँलाई थाहा भए कै कुरा हो धमला ( मुलुकको धमिरा ) शूदहरुको हनुमान थियो ( छ - हुने छ ) । गिरिजा ब्रान्ड हरु शूद हरुको लङगौटी नै हुन । गिरिजा ब्रान्ड हरुले त न्बारन देखिको बल निकालेर शूद भक्त हनुमानको रक्षा गर्न आबाज उठाए भने अब यि गृह मन्त्री ब्रान्ड हरुले पनि धमलाको हितमा कामना गर्नु लाई अब के अनौठो मान्नु र खै !
कुरा आसिख को हो ---, बिचरा हरु शूद हरुको आसिख नपाईने चिन्ताले लुग्लुग काप्दै कोइराला पन्न्क्तिमा लाम बाद्द छन । यि सब राष्ट्र घाती माफियाहरुको सन्जाल माकुरो को जालो जस्तो छ । धमलाले कानूनी सजाय पायो भने त्यो माफिया हरुले बुनेको माकुरी माफिया जाल हल्लिन्छ - साम्रचना हल्लिन्छ । लहरो तान्दा पहरो गर्जिने डर ले ति सबले जसरी सकिन्छ त्यती नै मात्रामा न्बारन देखिको बल लगाइरहेछन ।
यि सबको मुखुन्डो उघ्री सक्यो । नेपाल प्रती चिन्तित सम्पूर्ण देश भक्त नेपाली ले तिनका दर्शन पाइ सके ---। अब
अब यि सब राष्ट्र घातिहरुले कुन रुपमा कसरी जनता बाट नै सजाय पाउने छन क्रमश : , त्यसको कामना गर्नु बाहेक अहिले लाई के नै बिकल्प रह्यो र ? ---
हिर्दय देखी नै धन्यवाद समसमयइक बिषय मा दर्हो लेख लेख्नु भएकोमा ।

Anonymous said...

मलाई त यि जोकरहरुको बोलिको बजन नभएको देख्दा पो अच्चम्म लाग्छ, यस्त पनि नेता रे । काम केही नगर्ने (गर्न पनि नदिने) खाली बोलेर मात्र खाने भनेको नै नेतागिरी हो भने किन चहियो यि जोकरहरु । हरेक चिया पसले र ट्यक्सी ड्राइभर ले पनि ठुला ठुला गफ हान्न जान्छन नि !!

Anonymous said...

yiniharu pani sabai lai bhag pugthyo hola tesaile yinharu karaka hun. You have posted true side of the fact.

प्रबिण थापा said...

ठकरी जि ले भने जस्तै अदालतमा मा बिचराधिन यो मुधाको अन्तिम निर्णय पर्खनु भन्दा हाम्रा नेताहरु कुनै सर्बसाधारण नागरिकले झै पक्क पक्क लाजै नमनी बोलिरहेका छन हुनत यि दलालहरुलाई के को लाज।
ठकरी जि लेख समसामायिक छ। हाम्रो देश नै भष्ट्रचारी, दलाल, आतंककारी हरुको किल्ला बनेको छ। गिरिजा, प्रचन्ड, बामदेब यि सबै देशका कुख्यात अपराधीहरु हुन। जती पनि देशमा हत्या, हिम्सा, भष्ट्रचार भएको छ ति सबै यस्तै राष्ट्रघाती नेताहरुको आडमा हुने गरेको छ। यिनिहरुलाई देशको माया कती छैन यिनिहरुको पहुच भित्र भाको भए देश उहिले कसैलाई सुम्पिसक्थे। ॠषि धमला त एउटा सानो जरो मात्र हो यस्ता हजारौं जराहरु छन र त्यो मुल र सहाएक जराहरु भनेका राजनीतिको खोल ओढेका दलाल हरु हुन, नेपाल प्रहरीले यि सबलाई छिटो भन्दा छिटो जेलको चिसो सिढिमा पुराउनु पर्छ नकी ॠषि धमलालाई मात्र र यती गर्न सक्यो भने नेपाल प्रहरीको प्रतिष्ठ पनि बढ्छ नेपाली जनाताको सामु। नत्र एउटा ॠषि धमलाको गिरफ्तारीले केही लछारपाटो लाग्ने छैन किनकी देश धमिराहरुले भित्र भित्रै सिध्यायी सकेका छन। अब ढिला गर्नु हुन्न यिनिहरुलाई सजाय दिलाउन।

Anonymous said...

अदालत प्राय देखाउने दांत मात्रै रहने गर्छ। घुस,लुट सबै मुद्दा कतै न कतैबाट सफाइ पाइरहेका हुन्छन। यि धमला बाबुको त मुद्दा चल्नु पूर्वनै नेताहरुले सफाइ दिइसके। त्यो पनि प्रतिपक्ष र सत्तापक्ष दुबैले। नेपालको यो स्थीती आउनुमा यस्तै घांसखाने नेताहरुले गर्दा त हो। अब अदालतले धमलालाइ दोषी ठहराए यिनीहरु नारा जुलुस गर्न बेर छैन।

PB said...

Girija baje upar nagaye pani daya baaya nalage samma Nepali congress ra purai Nepal ko kehi hola jasto chaina.

Its a sad reality

Anonymous said...

Girija fatahale dhamala ko bachau nagare kasko garos ta?

पीजी said...

नेपालको पत्रकारिता १० वर्ष अगाडिको भन्दा व्यवसायिक भैसकेको छ र मात्र धमला अझै जेलमा छ । किनकि धमलालाई वास्तविक पत्रकारहरुले राम्रो संग चिन्दछन र उनको गिरफ्तारीलाई मिडियाले पनि घुमाउरो पाराले सपोर्ट गरेको छ ।

तर अर्कोतिर जड्याहालाई भट्टीको चिन्ता भए जस्तै भोलि फेरि नेता बन्न भाषण गर्ने कुर्चि नपाइएला भन्ने चिन्ताले गिरिजाले पुन: अलिकति बनाइसकेको साख पनि धमलाको लागि गिराउन नहिच्किचाउनुलाई चाही अचम्म मान्नै पर्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !