February 27, 2009

राजेन्द्र खेतानले हजुरआमा मारेको सत्यता:

कुरो मेरो परिवारिक घटनाको हो तर यहाँ उल्लेख गर्न मनले घचघचाइरह्यो । म बोस्टनको दुई बर्षे बसाइ छाडेर पर्सी क्यालिफोर्निया जादैछु, सर्दैछु । यसै शिलशिलामा आफन्तहरुले बोलाउनुभएको थियो - मलाई बिदाइको जमघटको लागि । त्यही त हो, नेपालीको बानी खायो, कुरा काट्यो अनी त्यही राजनीति । कुरो पार्टिगत हुँदै जादा नेपाली राजनीतिमा कम्युनिस्टहरुको उपस्थिती र टिकाउको समालोचना भयो । हुन त मैले ब्यक्तिगत कुरो यहाँ लेखीरहन त्यती उपयुक्त हुँदैन, त्यो मलाई थाहा छ । तर पनि सन्दर्भमा उठेका प्रसँग मात्रै कोट्याएको ।

एक जना दाजुले त्यसै प्रसङमा भन्नुभयो - मोहन गोपाल खेतानले नेपाली राजनीतिका कुनै पनि नेताहरुलाई चन्दा दिएकोले तिनिहरु सबै मेरा भुसुना हुन भन्थे । छेउमै बसेका अनी नाताले मेरा भिनाजु पर्नेले कता कता त्यो कुरा सुनेर जुर्मुराउदै आए । त्यो राजेन्द्रे चोर ? हत्यारा ?? अहिलेको "कथित" सभासद ??? त्यसले मेरो सासुलाई गाडीले हानेर मार्यो । त्यो हत्याराले कसरी नयाँ नेपालको खाका कोर्छ ? भन्दै भिनाजु रुन पो थाले ।

राजनीति र हत्या सगैं मिसिएकोले मैले सबै उपस्थित आफन्त महाजनहरुलाई धैर्य गरी वास्तविकता तिर लाग्नुपर्नको लागि अनुमती मागे । मेरो आग्रहपछी भिनाजुले भन्नुभएको "त्यो राजेन्द्रको" कहानी ।

२०५३ फागुनमा मेरा ति भिनाजुको बिहे छिनिएको रहेछ । ति भिनाजुको घर गोर्खा, ठिगुरेस्वारा । पछी कुरिनघाट । एकदिन भिनाजुको बिहे छिनिएसके पछी ति सासु त्यसै रोडपारी आफन्तको घरमा चिया पिएर अनी दु:ख सुखको कुरो गरेर बाटो काट्दै हुनुहुदोरहेछ । कुरिनघाटको त्यो मोडबाट एउटा कालो गाडीले बुढी आमालाई अचानक हानेछ । हान्यो, दुर्घटना भयो । कतिपय बेला मान्छे मुटुले काम नगरेर पनि बाच्छ भन्छन । हानेर मात्रै छोडेको भए पनि त बुढी बाच्थिन कि ! त्यो हत्याराले गाडी पछाडि पाङ्रा घुमाउदै ल्याएर लडेकी आमालाई फेरी हानेर किरिप्पै पारेछ । हत्या भयो । बजारकी आमाको हत्या भयो । बजारमा सबै लाटो र नबुझेका त पक्कै हुँदैनन । केही मान्छेले सोधेछन, ल हत्याराको लाइसेन्स ले त भनेछन । कसैलाई मारेर मात्रै हिंडेको भए फेरी अरुलाई पनि हानेर भाग्थ्यो होला तर छिमेकी हरुले छेकेछन अनी लाइसेन्स हेर्दा त रहेछन तिनै महान ब्यापारी मोहन गोपालका छोरा राजेन्द्र खेतान, अनी ने. क. पा. मालेको तर्फबाट मनोनित सभासद राजेन्द्र खेतान । गाडीको अगाडिको यात्री भुसतिघ्रे केटी - अर्धनग्न । पछाडि एउटा केटो, शायद खेतानको पि. ए. होला र अरु दुइ जना अर्धनग्न साहेलिहरु । टन्न बियर तानेर झल्लान भएका । मस्त ति राजेन्द्र, गाडीको ह्यान्डल समाएको थियो कि अरु कुनै चिज ... त्यो त भगवान जानुन । तर बाटामा हिंडेकी निर्दोष आमाको बेकारमा ज्यान गयो । तिनै राजेन्द्र अहिले कम्युनिस्ट भनौदा मालेको कोटाबाट सभासद छन । तपाइ हामी नै बिचार गरौ, त्यस्ता हत्याराबाट हामीले के आशा गर्ने ?

चारपट्टी तरुनी अनी सडकमा गाडी तथा निर्दोष आमाहरुको हत्या । आज तिनिहरुकै हालिमुहाली छ देशमा । हुन त मेरा भिनाजु पर्ने रोए । पक्कै पनि सारा नेपाली यो घटना सम्झेर रोलान या नही त्यो उनिहरुकै मनले जानोस् । कसैको सासु मर्दा त्यसपछी पनि छिनेको बिहे माथि सासुको हत्या अनी दर्दनाक तबरले । त्यसरिनै रोएको रहेछ भेनाको मन अनी सँगै बसेकी दिदिकी मन अनी मारिने ति आमाको छोराको मन ।

अब तपाईं हामी सोचौ । कसरी चलेको छ देश ? कसले अनी के का लागि ? को छन ठाउमा ? कमाउने ठाउमा, मार्ने र मनाउने ठाउमा । यसरी नै चलेको छ संसार र सँगै दुनियाँको रीत । कसैक्क सासु अनाहकमा मरे पनि बाँकी शान्तातिले सुख पाउन । हत्याराहरुको हातले लेखेको संबिधानले सात हजार सहिदका मनले शान्ती पाउन । जय शहिद ! जय नेपाल !! अस्तु !!!



12 Comments:

खुल्लामन्च said...

क्यलिफोर्निया सर्ने मेसोमा सामान पोको पार्दै लेख्दै गरेको शब्द पनि कता पो गएछ । सच्चाएर पढ्न अनुरोध छ ।

एकलव्यको डायरी ( Eklavya's diary) said...

खेतानको चर्तिकला बयान गरी साध्य छैन । उसका आईमाई त कति हुन कति ! एकजना नामूद नेपाली हिरोईन र अर्की चटौत थरकी विवाहित टेलिभिजन कार्यक्रम प्रस्तोतालाई त खेतानले रखैलको रूपमा प्राइभेट फ्लयाट नै किनेर बन्दोबस्त गर्दिएका छन् भन्ने कुरा काठमाण्डूमा जगजाहेर छ । अब मान्छे मार्नेहरूको नेपालमा के कुरा गरी साध्य छ र ? जति जनमारा , त्यति जनपक्षीय र जनवादी !जति धेरै मार्‍यो त्यति ठूलो क्रान्तिकारी !

यातायातको कानूनले त मान्छेलाई हानेको शंका लागेमा जिउँदो नछोड भनेकै जस्तो लाग्छ । आजकल गाडीले किचेर मान्छे घाइते ने हुँदैन नेपालमा , मात्र मृत्यू त्यो पनि क्षतविक्षत बनेर वा बनाइएर ।

तर, मेरो समवेदना ती आमा गुमाउने साथीप्रति । सानैमा आमा गुमाएकाले मातृ वियोगको रोदन मैले अनुभव गर्न सक्छू जस्तो लाग्छ।

-एकलव्य

Maverick said...

Its a sad story.

सेखर के शी said...

यो लेखेको कुरा यती सत्य हो भने ती खेतान सार्है निर्दयी रहेछन् । अझ ती खेतानका सन्तान त म पढ्ने विश्नविधालयका टर्सटिइज पनी हुन् । झन दानी ठानेको त छानी छानी पो मारेछन् , विचरा हजुरआमाको आत्माले शान्ति पाओस ।

पोस्तक श्रेष्ठ said...

हत्तेरीका, खेतानले गाडीले मान्छे किचेर मारेको हदसम्म उनको आलोचना बिरोध गर्न मिल्छ। तर उनको ब्यक्तिगत जीवनबारे, उनको गाडी भित्र भएका स्त्रीहरुबारे कुरा नगर्दा हुँदैन भन्या?

एकलव्यको डायरी ( Eklavya's diary) said...

हैन नि पोस्तकजी,

सार्वजनिक जीवन र राजनीतिमा रहेकाहरूको चरित्र र व्यक्तिगत जीवन त सार्वजनिक आलोचनाबाट पर रहन्न नि । व्यक्तिगत र चरित्रगत जीवनका सबल पक्षका कुरा पाए पनि लेखकले 'यस्तो पो राजनेता' भन्दै बखान गरेर लेखिहाल्छन् नि । अत: अर्धनग्न नारीको अँगालोमा नारिएर बेतोडले गाडी हाँकेर कुनै जीवनको हरण गर्ने धनाढ्य संविधानसभा सदस्यको बारेमा लेखिएका कुरा कतै 'अति' भए भन्न हुन्न जस्तो लाग्छ ।

प्रबिण थापा said...

म एकलब्य ज्यु सँग पूर्ण सहमत छु

Anonymous said...

Nepal is full of these murders

खुल्लामन्च said...

प्रबिण थापा, एकलव्यको डायरी, पोस्तक श्रेष्ठ, सेखर के शी, Maverick जीहरु, लेख पढ्नुभएकोमा धन्यवाद ! जहाँ सम्मा घटनाको सत्यताको सवाल छ । म सम्पूर्ण मित्रहरुलाई यथार्थतामा विश्वाश गर्नुहुन आग्रह गर्दछु । त्यती आबश्यक नठानेर मैले म्रितकको नाम, थर र बतन उल्लेख नगरेको हो । हामी ब्लगरहरुले सधैं सत्यताको लागि आवाज उठाउने परम धर्म हुने हुनाले सार्वजनिक गरेको मात्र हुँ । अतएब ; कृपया भ्रममा नपर्नु होला ।

नेपालियन said...

प्राय राजेन्द्र खेतानलाइ उत्क्रिष्ठ तथा नया आयाम भएका युवा ब्यापारीको रुपमा प्रस्तुत गरिन्थ्यो। भनौ न उनि एक प्रकारका ब्यापारीक सेलीब्रेटी नै थिए।
यो त भयो बोक्रो बाहिर, बोक्रो भीत्र कती कुहिएका थिए बल्ल थाहा भयो। अझै कती कुहिएका होलान ?
ल है गोकुल जी मलाइ पनि धन्यबाद दिउं, तपाइले बेफुर्सतमा लेखेको लेख मैले फुर्सतमा केलाएको थिए। म छुटेछुके त्यो धन्यबादको लिष्टमा हा हा हा जिस्केको मात्रै है!

Luna said...

एकलब्य जि को कुरामा समर्थन ।

bidur said...

Never heard this thing.I thing writer is writing bullshit.If not, swasni poila jaada aandolan garne gorkhali haru tetro crime huda aandolaan nagari basthe?? Kasai sanga rish uthyo bhandai ma jatha bhabhi nalekhau na sathi haru.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !