February 13, 2009

भ्यालेन्टाइन डे, गुलाबी अभियान र “मानवता“को संकट: सन्दर्भ भारत

हालैमा छिमेकि देश भारतमा अचम्म अचम्मका घटनाहरु भइरहेका छन । हुन त अपराध र असमनाताको पर्यायबाचि हो भारत र यसको विषयमा कुरा गर्दा हामीले सामान्यतया नरुचाइएको मुलुक भएकोले पनि झट्ट अनावश्यक विषयवस्तु जस्तो लाग्न सक्छ तर विर्सन नहुने वास्तविकता के हो भने भारतमा हुने सकारात्मक भन्दा नकारात्मक कार्यहरु नेपालमा छिटो आइपुग्छन र हामी यसबाट कहिल्यै अछुतो रहन सक्दैनौं । मैले जान्दासम्म पनि पकेटमार भन्ने शब्द हाम्रो देशका सिमावर्ती शहरहरुमा बाहेक पहाडका वा मध्य भागका शहर बजारमा सुन्न वा भोग्न पाइन्थेन । सिधा भन्दा पोखरा बस्ने मान्छेले भैरहवा बुटवलतिर त पकेटमार हुन्छन रे जेब काटिन्छ रे भन्ने “दन्त्य कथा” सुनिन्थ्यो । त्यस्तै दाइजोको मोल मोलाईको विकृति पनि भारत हुदै तराई मार्फत नेपाल भित्र “डिफ्युजन”को क्रममा छ । अनि अहिले नेपालमा भइरहेको अपहरण, फिरौती र अहिले पुलिसद्वारा प्रयोगमा ल्याइन लागेको “इनकाउन्टर” शैली पनि दक्षिणतिरबाट नै देश भित्र “डिफ्युज” भएको हो । यसै सन्दर्भमा मैले गर्न लागेको कुरा स्वतन्त्रा चाहने र भारतिय समाजमा आंफुलाई समाजका ठेकेदार भनाउन चाहनेहरुको बिचको “भ्यालेन्टाइन डे”को अवसरमा हुन लागेको “भिडन्त” र पृष्ठभुमीमा सेलाइरहेका संवेदनहीन अपराधहरुको हो ।

केहि हप्ता अगाडि भारतको मंगलौर शहरमा पबमा रमाइरहेका “आधुनिक” युवतिहरु माथि दक्षिणपन्थि धार्मिक संगठन श्रिराम सेनाका कार्यकर्ताहरुले आक्रमण एवं अश्लिल अभद्र व्यवहार गरेका थिए जुन कुरा भारतमा अहिलेसम्म पनि तातो बहसको रुपमा नै छ । त्यति मात्रै नभएर उक्त संगठनले पुरुष साथिसंग हिड्ने केटिहरुलाई अभद्र व्यवहार गर्ने र धम्क्याउने जस्ता व्यवहार गरेका र एक घटनामा एक किशोरीले आत्महत्या नै गरेकि छन । अहिले यो विवाद भ्यालेन्टाइन डेसंग आएर जोडिएको छ । जसमा आंफुलाई “खुला विचारका र पब जाने महिलाहरु” भनाउने स्वतस्फुर्त समुह र परंपरालाई मान्ने भन्नेहरुका बिच “गुलाबी चड्ढी” र “गुलाबी कण्डम” अभियानका नामले चर्चित छ । खुला बिचारवाला महिलाहरुले देश एवं विदेश भरिबाट “गुलाबी चड्ढी” जम्मा गरेर श्रिराम सेनाका प्रमुखलाई उपहार पठाउंदैछन भने श्रिराम सेनाले ति महिलाहरुका नेतृहरुलाई आफ्नो संस्कारको प्रतिक स्वरुप गुलाबी सारी उपहार पठाउंदैछन । त्यति मात्रै हैन भ्यालेन्टाइन डेमा भेटिने जो सुकै जोडिको तुरन्त विवाह गराइदिने घोषणा श्रिराम सेनाले गरेको छ , त्यसकालागि त्यस दिन उनिहरु मंगलसुत्र र सिंदुर सहित वकिललाई साथ लिएर पब, रेस्टुरेन्ट वा पार्क पार्कमा घुम्नेछन । अर्कोतिर ती महिलाहरुलाई चरित्रहिन र समाजका विकृति भन्ने “शिक्षित” भनाउंदाहरु पनि ति महिलाहरुलाई देश विदेशबाट गुलाबी कण्डम उपहार पठाउंदैछन । यस सम्वन्धी बी बी सीको न्युज, आक्रमणको भिडियो र अभियानकर्ताहरुका प्रोफाइल तलका लिंकहरुबाट हेर्न सकिन्छ :

http://news.bbc.co.uk/2/hi/south_asia/7880377.stm

http://thepinkchaddicampaign.blogspot.com/

http://thepinkcondomcampaign.blogspot.com/

यी सबै अभियान वा खुला समाज वा संस्कारको दुहाई दिन दिनै बढे पनि र बु्द्ध आफ्नो देशमा जन्मेको भनेर झुटो बोल्दै हिडे पनि भारत अझै पनि महिलाहरुको लागि नर्क बराबर छ भन्ने कुरा त्यहां प्रत्येक ६ मिनेटमा एकजना महिला बलात्कृत हुने र दिनमा दर्जनौं महिलाहरु दाइजोको निहूंमा हत्या गरिने तथ्यले देखाउंछ । त्यति मात्रै नभएर महिनामा सरदर एक भन्दा बढि विदेशी पर्यटकहरु बलात्कारका शिकार हुन्छन र त्यसमा पहुचवालाहरुको संलग्नताको धेरै पटक खुलासा भइसकेको छ । केहि दिन अघि मात्र नया दिल्लीको कनाट प्लेसमा गत सेप्टेम्बर देखि डिसेम्बर सम्म भइरहेको लगातारको डरलाग्दो सिरियल रेप केसको खुलासा भयो जसमा टेम्पो चालकले युवति यात्रुलाई व्यस्त कनाट प्लेसवाट ट्राफिक जामको वहाना गरी सुनसान स्थानमा लिएर जाने अनि रड प्रहार गरी घाइते बनाए पछि लुटपाट गर्ने र बलात्कार गरी छाडेर जाने गरेका रहेछन । त्यस कार्यमा २ जना टेम्पो चालकहरुको संलग्नता रहेको र ३ महिनामा कैयौं पटक यो सिलसिला चलेको र कम से कम ८ जना युवतिहरु यसको शिकार भएको खुलासा भएको छ । अपराधको ब्रम्हाण्ड भारतका यस्ता विकृतिहरु हाम्रो देशमा आइपुग्न धेरै समय लाग्दैन, त्यसैले यस्ता कुराहरुमा अहिले देखि नै ध्यान दिन जरुरी छ । त्यति मात्रै हैन मेरो यो बेतुकको गन्थनको कमसे दुइ चार जनालाई भए पनि भारत भ्रमण गर्दा सजग गराउला भन्ने आशय हो ।


3 Comments:

Anonymous said...

सही हो

Dilip Acharya said...

केहि समय अगाडि कुनै कमेडी सो मा हेरको थीएँ। एकजनाले "भारत बढी अजिवो-गरीब देस है" अर्थात अजिव किसिमको गरीव देस भनेको थीयो । एकदम सहि हो ।

मुख्यतया आधुनिकता र प्राचिन संस्कृति बिच सामनजस्य कायम राख्न नसक्नु र धेरै हदसम्म 'double standard' मा जिउन खोज्ने भएकाले यस्ता समस्याहरु देखिरहन्छन भारतमा ।

अब यो मंगलसुत्र र सिंदुर सहित वकिललाई साथ लिएर पब, रेस्टुरेन्ट वा पार्क पार्कमा घुम्ने कार्यले के देखाउन खोजेका हुन?। यो जबरजस्तीकरण हास्यास्पद मात्रै भएको छैन यसले कानूनि राजको धज्जी पनि उडाउने छ ।

गजब छ !!

nepalean said...

भारतमा आधुनिकबाद र पुरातन संस्क्रितीको खाडल झन झन गहिरिइदै गएको छ। पान्डा जीले भनेको घटना यसैको रुप हो। कुरा रमाइलो सुनियत पनि यस्ले समजामा पक्कै पनि अस्थिरता निम्ताउंछ। आधुनिकताको नाममा खुलेआम यौन जन्य क्रिया गर्नु पनि भएन तथा संस्क्रितीको नाममा महिलालाइ थिचोमिचो गर्नु पनि भएन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !