February 10, 2009

देश रोएको शोक गीत

मर्नेहरू शहीद बने , मार्नेहरू राजा
बेहाल बयो जनताको मुलुक नर्क साझा
अचम्मको रित बस्यो लट्ठिवालको भैँसी
लूटेराको राज चल्यो शासक पर्‍यो दादा ।।

जनताको तन्त्र भन्छन् कानून कतै छैन
जसको शक्ति उसको भक्ति बन्दूकैको राज
जुन बोक्सी उही धामी कता उजूर गर्ने
देश दन्क्यो डढेलोमा, हामी पिल्सिएर मर्ने।।

भत्काएर संरचना विकासका सबै
छिनाएर टाउकाहररू जनताका उनै
छाएका छन् सलह झैँ,कहालीको राज भो
खै कसरी बाँच्ने हजूर, जीवन धान्न धौ भो।।

बल्दैन है बत्ति पनि , पानी बीना धारा
नया नेपाल व्यंग बन्यो, तड्पाउँदै सारा
राज्य बन्यो गूण्डा नाइके राक्षसी छन् दाह्रा
डासीहाल्ने , निलिहाल्ने मांशाहारी पारा ।।

कब्जा गर्छु सत्ता भन्छ,सत्तामै छ आँफू
सत्ता हो वा बिद्रोही कि चम्बलको डाँकू
राज्यको जो ढिकुटी छ पोस्छ आफ्नै गणलाई
राहतको कुरा गर्दै आहत पार्छ जनलाई ।।

सर्वहारा गणतन्त्र जहानिया राज भो
लोग्ने स्वास्नी भाइ बुहारी प्रचण्डको ताज भो
एउटा राजा फाल्यौँ भन्थे झन जब्बर पो आयो
चौटा रोज्दा झोल्मा डुब्ने विडम्बना भयो ।।


1 Comments:

ठरकि दादा said...

देसको बिडम्बना र (नेपालियनजीको शब्द सापटी लिंएर भन्दा) घाँस खाने नेताको सहि चित्रण।

कहिले सम्म हामीले यस्तै शोक गित मात्रै गाउनु पर्ने हो ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !