January 19, 2009

नेपाली नागरीक भारतिय मन्त्री !!!

नेपाली नागरीक भारतिय मन्त्री? कुरा उल्टो होइन सुल्टो नै हो। अहिले राम चन्द्र झा भारतीय नागरीक भएर नेपाली मन्त्री भएको कुराले नेपाली राजनिती तातेको बेला उता भारतमा नेपाली नागरिकता बोकेर भारतीय मन्त्री बनेको कुरा एका एक बजारमा आएको छ। कुरो त्यती पुरानो त होइन तर यो फेरी नया बनेर आएको छ जुन बखत राम चन्द्र झा को नागरिकता काण्ड मच्चिएको छ।

भारतिय जनता पार्टीले सिक्किमका मुख्य मन्त्री पवन चाम्लिगंले नेपाली र भारतिय दुबै नागरिकता लिएका छन भनेर आजै निर्बाचन आयोगमा चाम्लिगंको मुख्य मन्त्री पद खोसिनु पर्छ भनेर निबेदन दिएको छ। भा.ज.पाले उनि बिदेशी नागरिक भएकाले संबैधानीक पदमा बस्न नमिल्ने जिकीर गरेको छ। निबेदनमा भनिएको छ यो निर्बाचन आयोग, गृह मन्त्रलाय तथा पराराष्ट्र मन्त्रालयको दायरामा पर्ने हुंदा उनीहरुले यस्को सत्य तथ्य कुरा पत्ता लगाउनुपर्ने भनिएको छ। भा.ज.पाले चाम्लिंगको नेपाली नागरकिताको फोटोकपी पनि पत्रकार समक्ष पेश गरेको दाबी गरेको छ।

पवन चाम्लिगंले भने यो सरासर झुट भएको र उनलाइ फसाउन रचिएको भयकंर जाल हो भनेका छन। चाम्लिंग थप्छन नेपाली मुलका भारतीयले राज्य संचालन गरेकोमा रिसले झुटको खेती भएको छ। उनी भन्छन यो नेपाली मुलका सम्पुर्ण नागरिकको बेइजत गर्ने काम हो।

सिलगुडी लगायत भारतका बिभिन्न ठाउंमा भने चाम्लींगको पुत्ला जलाइएको छ। सिक्किममा भा.ज.पका सदस्यलाइ कसैले नछुन पनि भा.ज.पाले चेतावनी दिएको छ। भा.ज.पाले मु्द्दै दायर गरेको भए त पक्कै पनि केही दिनमा यस्को सत्य तथ्य बाहिर आउने नै छ। हेरौं भारतिया नगरिक भनिएका नेपालका मन्त्री राम चन्द्र झा र नेपाली नागरिक भनिएका भारतीय मुख्य मन्त्री को भाग्य कता तेर्सीने हो।



2 Comments:

Unknown said...

भनिन्छ नेपाल, चल्छ भारतीयहरुका आदेश । यस्तै छ सतिले सरापेको धिक्कार मुलुकमा ।

ठरकि दादा said...

लौ यो पनि हंगामा ने रहेछ । हैन दुबै देसको नागरिकता लीएको भने पछि यौटा त पक्कै नक्कली भयो । अब सक्कली चाहि कुन हो त ? निर्बाचन आयोगले त केहि निर्णय गर्ला नी ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !